Skip to content


सङ्कटकालीन सहरमा कल्पना गर्नोस्
यहाँ सूर्य पहिले उदाउँछ कि
स्टोभ पहिले बल्छ ?
भगवान्ले बचाएका मान्छेहरू छन् कि
मान्छेले लुकाएका भगवान्हरू ?
अझै पनि यहाँ कवितामा भन्दा
भाषणमा विश्वास गर्ने पापीहरू छन्
विषले मर्ने भन्दा
नेताको विश्वासले मारिएका जनताहरू छन्
अनुमान गर्नोस्
यो पुसको घाम हो कि असारको वरसात…
तैपनि सोच्नका लागि स्वतन्त्रता छैन यहाँ
सोच्नोस् !
यो उज्यालोको छटपटी हो कि
अँध्यारोको ताप
यहाँ झन्डामा भन्दा बढी
झगडामा विश्वास गर्छन् मान्छेहरू
अझै पनि मान्छे यहाँ
रात र दिन छुट्याउन नसकेर
निद्रामा रोइरहेका छन्
भन्नोस् !
यो प्रश्न हो कि उत्तर ?
यो सत्य हो कि गलत ?
तर पनि मान्छे यहाँ बोल्नुमा भन्दा
चुप हुनुमा शान्ति देख्छन्
यो कस्तो शान्ति युद्ध हो
हार्नेका लागि भन्दा
जित्नेका लागि पश्चात्ताप छ
मर्नेका लागि भन्दा
बाँच्नेका लागि अपसोच छ । …

नेपाल साप्ताहिक
१३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *