रातले सोध्यो के भयो भनी
भन्न सकिन्न आसु झरिदियो
नसोचेकै बरु बेसै थियो
सोचेजस्तो आज के नै भयो
भुल्न खोज्दा भुल्नै गारो
बुझ्न खोज्दा बुझ्नै सारो ।
सोच्दा नसोच्दै हाम्रो भेट भयो
पीडा नै पीडा आज धेरै भयो
नभेटेकै बरु ठीकै थियो
हाासी रमाएको सबै व्यर्थ भयो
नसोचेकै बरु बेसै थियो
सोचेजस्तो आज के नै भयो
भुल्न खोज्दा भुल्नै गारो
बुझ्न खोज्दा बुझ्नै सारो
मायाको मीठो सपनालाई
ग्रहण बनी छाइदियौ
सुन्दर मेरो संसारलाई
उजाड किन बनाइदियौ
नसोचेकै बरु बेसै थियो
सोचेजस्तो आज के नै भयो
भुल्न खोज्दा भुल्नै गारो
बुझ्न खोज्दा बुझ्नै सारो ।
-विराटनगर
