बाहिर उज्यालो भइसकेको छ
ब्यूझिसकेको छ बस्ती
युगौदेखिको महानिद्राबाट
दृश्यमा आउन थालेका छन्
तुवालोभित्र हराएका डाडाकाडाहरू
शीतले ओसिएका खोच र भञ्ज्याङहरू
म पाठक
आमा मेरी पहिलो पुस्तक
मैले पढेको पहिलो पाठ
आमाका झरिला आ“खा
जहा“बाट हरदम वर्ष करुणा
मेरो कलेजो छेउछाउमा पञ्चामृतझै“ पसे
र त मेरो छातीमा नेपालको माया ढलोट भयो
लाग्छ, जसको छातीमा आमाले रोपेको
मुलुक माया गर्न ढुकढुकीको बिरुवा हर्ुकन सक्दैन
सायद, ऊ नै दर्रि्र नागरिक हो ।
खलपुत्रद्वारा पिता नजरबन्द गरिएपछि
ताजमहलको संगीत लाटो भएको
थियो
खलपुत्रद्वारा पितृहत्या र मातृविवाहपछि
टाइरेसियसको
भविष्यवाणी
महाविनाशको शढ्खघोष भएको थियो