Skip to content


बाहिर उज्यालो भइसकेको छ
ब्यूझिसकेको छ बस्ती
युगौदेखिको महानिद्राबाट
दृश्यमा आउन थालेका छन्
तुवालोभित्र हराएका डाडाकाडाहरू
शीतले ओसिएका खोच र भञ्ज्याङहरू
सुनिन थालेको छ
झरनाको कलकल
र कोयलीको कुहुकुहु
स्वागत गर्दै मिर्मिरे उषाले
हामी सबैलाई
एउटै पङ्क्तिमा उभिन आहृवान गरेको छ
स्वीकार्य छैन हाम्रो लागि
युगौदेखि हाम्रो घाटीमा झुण्ड्याइएको
दासत्वको सिक्री
जसले हाम्रो जातिमा
अवरोध उत्पन्न गरेको थियो
आˆनै मझेरीमा पनि
पराइपनको परिचय दिएको थियो
अब छिनिसकेको छ
त्यो निरङ्कुश
सिक्रीको माला
हाम्रो घाटीबाट
ए, तिमी छिटै यता आऊ
अब कण्ठ खोलेर
गीत गाउनुपर्छ
स्वतन्त्रता र मुक्तिको गीत
जसले हाम्रो नव-जीवनमा
नया श्वास-प्रश्वास
र विश्वास जन्माइदिएको छ
ए, झ्याल खोलेर हेर त
कहा पुगिसेका छन्- चीन, रुसका मित्रहरू
कति ठूलो प्रगति गरिसके छन्
कोरिया र जापानका हितैषीहरूले
हामीमात्र निष्त्रिmयताको बन्धनभित्र
अल्मलिरहेका रहेछौ
अहिले-
कसले ˆयाकिदियो
त्यो निष्त्क्रियताको घुम्टो
र कसले उघारिदियो
हामी अघि बढ्ने
क्रान्तिको ढोका
त्यही ढोकाबाट
बाहिर निस्केर
हेरौ, हाम्रो देश
र नियालौ
अन्तर्राष्ट्रिय गतिविधिहरूलाई
हामीहरू पनि पङ्क्तिबद्धरूपमा
प्रगतिपथमा लाग्नुपर्छ
अन्तर्राष्ट्रिय दााजोमा देश पुर्‍याउन
सङ्घर्ष गर्नुपर्छ
हामीलाई थिचेर राख्ने अवरोधको विरुद्ध
हाम्रो अभिमुख
कसिङ्गर ल्याएर तगारो हाल्नेहरूको विरुद्ध
अनि मात्र हामी उद्देश्यअनुरूप
गन्तव्य पुग्न
र विजय हासिल गर्न सक्षम बन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *