पटुकामा
अनिकाल कसेर
कर्णाली रोएको बेला
म हुम्ला लेखिरहेछु
मेरो कविता –
समोसा भैदिएको भए
अक्षरका डल्लाहरू
केही त्यता पठाएर
केही यता बेचेर
कम्तीमा पनि
समोसा साहू त भइँन्थ्यो
त्यस्तो केही भएन
म बाँझो कवि
थारो कविता लेखिरहेछु ।
जिन्दगी
अब एउटा इनबक्स
दिनहु आउने कैयन् इमेलहरू
परििचत/अपरििचत ठेगानाबाट
वाञ्छित/अवाञ्छित प्रवेशको चाहनासग
आकर्ष/भद्दा शीर्षकहरूमा
सम्मोहित अनि दिग्भ्रमित बनाउदै छन् ।
म र मेरो अस्तित्व रहेको
खुशीले भावविभोर भएको क्षण
आफैभित्र उन्माद बोकेको
चारैतिर प्रस्फुटित मुस्कान
मदहोस ती दिनहरु
अदृश्य स्पर्शको आहट
गुद्गुदाउने त्यो पल
भुलेर जाउँ म कहाँ
प्रेमलाई दिगो बनाउन कलम चलाऊनेहरुलाई
संस्क्रिती सभ्यता र भाषाको भावनामा डुबी
चेतना लाई समाजमा पस्कन
कलम चलाऊनेहरुलाई
अज्ञान र गरिविको समस्या समाधान गर्न
आधा पेट खायर भय पनि खाली पेटहरुको
म ग्राहक छु त्यस अखबारको
त्यसैले हिजो जस्तै आज पिन
ढोकाअगाडि छोडेर गएको छ वितरकले
त्यसको नयाँ अंक
र भुइँबाट त्यसलाई टिप्नुपर्ने
एउटा परिस्थितिको बीचमा म घोरिएको छु
जीबन को यो एक
स्रिन्खलाबद्ध यात्रा
अनौठो र अनन्त
दुई ह्रिदएबिच मिलन को बिन्दु
बिशिस्ट र बिशाल गहिराइ
कैहिले गनतब्य एउटै
कैहिले फरक
कहिले हावा को उच्चबास सगै