Skip to content

विविध-विधा

गजल

  • by

सुन्दर फूल मासेर काडाको बोट रोप्नु भो हजुर
आफन्तलाई त्यागेर पराइलाई रोज्नु भो हजुर ।

अहं र अभिमान यति धेरै बढेछ कि यहाालाई
नाता सम्बन्ध र इष्टमित्रलाई नै तोड्नु भो हजुर ।

गजल

झन झन छाती चर्किदिन्छ बढिदिन्छ घाउहरु ।
मलाई रुवाउन छोपेकी छेउ रे अनेक दाउहरु ।

नखन खाल्डो भो किन यती दुख गर्छौ ।
उसैपनी मलाई डुबाउने धेरै छन तलाउहरु ।

गजल

कोही नहुनेको त, न नाम न थर हुन्छ नानू
हीरा बाटो मा भेटियो भने, पत्थर हुन्छ नानू

माया आखा बाट मन, मन बाट मुख मा आए
दुनिया लाई चियोचार्चा को, ख़बर हुन्छ नानू

गजल

दैब फकाउन अनेक उपाय बनाउछन पुजारिहरु ।
जता जता मन्दिर उतै शंख बजाउछन पुजारिहरु ।

ना घर बाट निस्किउन न भांचुन सिन्को कतै ।
बसी बसी छातिभरी तक्मा सजाउछन पुजारिहरु ।

गजल

त्यस पछी कहाँ कसैलाई किन गन्छन मान्छेहरु ।
हात जोड्ने भेटेपछी देउता बन्छन मान्छेहरु ।

उकालो लागें शत्रु बढे ओरालो लागें आफ्ना घटे ।
हर साँझ आफ्नाकै नाममा दोबाटो मन्छन्छन मान्छेहरु ।

गजल

  • by

उही प्रेम त्रि्रो लागि मात्र टाइम पास भो
मलाई सधै“ दोहोरिने दारुण इतिहास भो ।

आ“खा मात्र साक्षी दिए हाम्रो गोप्य सम्बन्धमा
तिनै आ“खाबाट आज सत्य पर्दाफास भो ।

जे पनि जन्ताकै लागि नै

  • by

जे पनि जन्ताकै लागि नै गरियाको भनियो
जन्ताको सूचीमा चैँ खै कोको परियो

नौलो बाली नयाँ धान गफ्फा चुटियो
मौसम बित्दा नि हलो अड्काकै देखियो

तीन हाइकु

१.भानु जयन्ती
नेपाली दाजुभाई
प्रफुल्ल मन

२. बिदेशी माटो
हरदम छ चटारो
भुल्यौ की बाटो

३.खुला आकाश
सबैलाई पियारो
यो स्वतंत्रता
(अनेसास जापान द्वारा आयोजित भानु जयन्ती मा वाचित )