Skip to content

जे पनि जन्ताकै लागि नै

  • by

जे पनि जन्ताकै लागि नै गरियाको भनियो
जन्ताको सूचीमा चैँ खै कोको परियो

नौलो बाली नयाँ धान गफ्फा चुटियो
मौसम बित्दा नि हलो अड्काकै देखियो

यता लड्दै उता ढल्दै जिन्दगी लत्रियो
मलम लाउनै नहुने गरी घावै बिगि्रयो

सडकबगर गाउँसहर झन्डैझन्डा हल्लियो
जन्ताको तीनकुने चैँ कठै छोपियो

बग्नसम्म रगत बग्यो आँसुले त्यो धोइयो
सुनको बिहान आउँछ भन्दै रुनसम्म रोइयो

नेपाल साप्ताहिक
अंक १३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *