Skip to content

उही प्रेम त्रि्रो लागि मात्र टाइम पास भो
मलाई सधै“ दोहोरिने दारुण इतिहास भो ।

आ“खा मात्र साक्षी दिए हाम्रो गोप्य सम्बन्धमा
तिनै आ“खाबाट आज सत्य पर्दाफास भो ।

जन्म जन्मस“गै बा“च्ने वाचा कसम खाए पनि
दर्ुइ-चार दिन मात्रै हाम्रो मीठो मधुमास भो ।

देवी देउराली सामु अमर प्रेम भाके पनि
किन फेरि तिमीबाटै प्रेमको उपहास भो –

कक्रिएछन् आ“खाहरू कु“जिएछ मुटु पनि
जहिलेदेखि चोखो प्रेमको हत्या भाको आभास भो ।

अधरमा जमाएको पवित्र त्यो निर्मल ‘मधु’
तप्प चुहियो बालुवामा कठै † त्यसै नास भो ।

नेपाल साप्ताहिक
अंक १३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *