हास्यव्यङ्ग्य
नगरपालिका जग्गा महात्म्य
श्रीमान् नगर–रक्षक महोदय,
म धेरै कुरा जान्दिनँ । धेरै सोच्न पनि सक्दिनँ । जे जहाँ छ, त्यही देख्छु । नभएको देख्दिनँ । भएको छोड्दिनँ । लेख्न बसेँ भने भएको कुरा लेख्छु । नभएको कुरा लेखी कलमको निब खीयाउँदिनँ । आजलाई मात्र लेख्दिनँ । भोलिका लागि छाड्दिनँ । र, पो हैरानी थाप्लोमा लिएको छु । जानी–जानी आफ्नै कपाल दुखाएको छु । नपत्याए आफैं हेर्नुस् । चारैतिर चहार्नुस् । तपाईंको नगर कस्तो छ, आफैं अघाउञ्जेली प्रदक्षिणा गर्नुस् ।
लेखकलाई अत्यन्त जरुरी सूचना
-प्रिय लेखकज्यू !
-पारिश्रमिक पाइन्न, कमसल कुरा चाहिन्न ! लेख्नुस् र पठाइहाल्नुस् ! बन्दा लेखक बन्नुहुन्छ ! धन्दा नमान्नुस् !
कुरा सोझो गर्नुपर्छ । सपना ठीक्कको साँच्नुपर्छ । धर्ती नछाडी सगरमाथा टेक्नुपर्छ । मूल्य दिन मन छ, सित्तैमा लिने मन छैन । मूल्य तिर्न थालेँ भने पत्रिकाको प्रकाशक/सम्पादक हैन, झोली-तुम्माको मालिक हुनुपर्छ । साहित्यको उचाइ वृद्धि गर्न, परम्परा जिउँदो राख्न र तीतो पाटोलाई मीठोमा बदल्न भएको कुरा लेख्नै पर्यो ।
जय फेसबुक
पहिला पहिला धेरै चाडहरू पात्रो नहेरेको कारणले छुट्थे । तर आजकाल पात्रो हेर्नु नपर्ने भएको छ । केही दिनअघि हिन्दु महिलाहरूको ठुलो चाड हरितालिका तीज पनि सकियो । हरितालिका तीजको बारेमा पनि फेसबुकमा १ महिनाभन्दा अगाडिदेखि दरखाने कार्यक्रमदेखि लिएर तीजको कार्यक्रम सबै फेसबुकमा नै देख्न पाइयो । आज यहाँ दर खाने कार्यक्रम छ । आउनुहोस हैदेखि लिएर धेरै शुभकामना फेसबुकमा देख्न पाइयो ।
हाँस्न मनाही छ
हिहिहि…, हाहाहा…, हा…हा….हा…., होहोहो…, ह्याह्याह्या…, छिस्छिस्छिस्…, खित्खित्खित्… यी सबै हाँसोका तालहरू हुन् । मान्छेपिच्छेका हाँसो फरक फरक हुन्छन् । कोही चरा धपाए जस्तो बडा धिमा गतिमा हा…हा…हा… गर्दै हाँस्छन् त कोही गधा कराए जस्तो हि..हि…हि… गर्छन् । कसैको हाँसो पात खसेजस्तो छिस्छिस्छिस्…. गर्ने हुन्छ त कसैको गाउँटोलै वा अफिसै कम्पन ल्याउने होहोहो वा ह्वाह्वाह्वा… गर्ने खालको । एउटी आमाको लागि एक बर्षे बालकको हाँसो मनै लोभिने र प्रसव बेदना नै भुलाउने हुँदोरहेछ । यसरी हाँसोको बारेमा चर्चा गर्न लागियो भने एउटा महाकाव्य नै बन्ला ।
लोकतन्त्रको परिभाषा
विहानको सूर्योदयसँगै राम भुजु, बगरे बजारको एउटा कुनाको सानो चिया पसलको पलङ्गमा बसेर खलियाँ कुर्मीको शरीरको आगाडिको आकर्षक भागतिर दृष्टीगोचर गर्दै त्यसैको मजामा चियाको चुस्की र बिँडीको सर्को तान्ने तरखरमा थियो । खलियाँ त्यस्तै ३५/३६ की हुँदी हो । सानो चिया दोकानबाट घर गुजारा गर्नु पर्ने । यसो निहुरिएर चनाको तरकारीमा हाल्नको लागि जीरा र खुसार्नी पिँधिरहेकी छे । यसै बेला उसका अलि अलि फाट्न लागेका कपडाबाट आधा जति बाहिर चियाउन लागेका लाजतिर हेर्दै रामभुजु निकै रातो पिरो भई सकेको छ । यत्तिकैमा “चिया खाइसक्यौ, राम भुजु ?” भन्ने शतिबार रावतको आवाज सुनेर रामभुजु झसङ्ग हुन्छ ।
तरकारी महिमा : कुभिन्डो र लौका (तितो-पिरो)
कुभिन्डो
यो सन्त महाराजको शैलीमा खरानी घसेर कतै छाना माथि टुसुक्क ध्यान मग्न हुन्छ त कतै तर्ल्याङ्ग तुर्लुङ्ग झुन्डिएर झुला बाबा आशनमा झुन्डिराखेको देख्न पाइन्छ । यो बाबा जस्तो तरकारी बजारमा आफ्नो प्रभाव बढाउन सकेको चाहिँ छैन । यो मान्छेको लागि लोक परिय नभए पनि देवीको लागि प्रिय नै छ । त्यसैले यसलाई भागवतीको लागि बलि चढाइदै आएको पाइन्छ ।
प्रेम भन्नु धोखा हो
आजको संसारमा माया र प्रेमलाई सरल तरिकाले रुपान्तरित गरी भनिन्छ कि- प्रेम पूजा हो, प्रेम नै संसारको यथार्थ हो, प्रेमले मानिसलाई जिउन सिकाउँछ, प्रेम नै मासिनको अमूल्य रत्न धन हो र प्रेमले नै जीवनको यथार्थलाई सक्षम तुल्याउँछ न जाने यस्तै के के हो के के होले हामीलाई प्रेमको परिभाषा सुन्दर लाग्दै गएको छ । कसैले पनि यसलाई उल्टो परिभाषित गर्न चाहेनन् ।
तर मेरो विचारमा प्रेमलाई सुन्दर शब्द मात्रै नभएर विकृति र विसंगतिको शब्द भित्र राखेर एकपटक हेर्यौं भने यसको फाइदा जति छ त्यो भन्दा पनि कैंयौं गुणा वेफाइदा पनि छ भन्ने लाग्नेछ । मानिसको जीवनको शुरुआँत देखि जीवनको समाप्तसम्म यसले पारेको नकारात्मक प्रभावलाई विर्सेर क्षणिक सन्तुष्टि र क्षणिक आत्मरताको साइनोलाई ओगटेर यसले गर्ने सकारात्मक पक्षलाई मात्रै प्रेमको पल्लुभित्र राखेर त्यसैमा लुटुपुटु हुँदै जीवनलाई कुन मोडमा लगेर दुर्दशा र दुर्गतिको गहिरो खाडल भित्र पसाल्दैछ भन्ने कुरालाई आत्मसाथ गर्न सकेका छैनौं ।
थुइक्क तोरीलाहुरेहरू (कटाक्ष) – केशु बिरही
हिजो जस्तो लाग्छ लप्टन बाजेले भनेका यी शब्दहरू । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सबैले उनलाई लप्टन बाजे नै भन्थे । लप्टनबाजे फरासिला स्वभावका नभए पनि गोक्ते स्वभावका भने पक्कै थिएनन । जमानामा ठूलै सैनिक जिम्मेदारी सम्हालेका बुढा गाउँघरमा पनि त्यही शासन चलाउन खोज्थे । बुढा खरा स्वभावका थिए । शारीरिक सुगठनमा पनि बुढा कम थिएनन । आना मानाको घिउ खाएका रे । गाँठे हुन पनि काठ जस्तै दह्रा थिए । बाह्रै घण्टा आफ्ना महातहत सैनिक जनावलाई कज्याएर राखे जस्तो उनी सबैलाई कज्याइरहन चाहन्थे । क्षणभर पनि कामगर्नेहरू उनको आँखाबाट टाढा हुनु हुँदैनथ्यो । अलिकति यताउता भए कि बुढा कड्की हाल्थे र भन्थे- ए तोरीलाहुरेहरू हो’ । काम गर्नु पर्दै न त्यसै खान पाइन्छ । त्यसै लाद्रो भरिन्छ । जङ्गिहाल्थे बुढा मान्छे । अरुलाई गाली गरे पनि बुढा केटाकेटी प्रति भने दयालु स्वभावकै थिए । कहिल कही बुढाले केटाकेटीलाई वोकेर हिड्थे र गालामा मोही पनि खान्थे । त्यसरी कहिलेकाहीं बोकिइनेमा म पनि पर्थें ।
