सपनी नै देखेँ कि (मुक्तक)

सपनी नै देखेँ कि वा देखेँ बिपनी
आफूलाई कहाँ कम लाग्छु म पनि
जसो भन जसो भन सहेकै ता हो
तिमी नै हौ मरो मनको सदा जपनी ।।

सपनी नै देखेँ कि वा देखेँ बिपनी
आफूलाई कहाँ कम लाग्छु म पनि
जसो भन जसो भन सहेकै ता हो
तिमी नै हौ मरो मनको सदा जपनी ।।

१)
जसरी खाली र फोहोर जमिनमा झार उम्रिन्छ
उसै गरी दुषित दिमाखमा खराब विचार उम्रिन्छ
पैला चट्टानमा खियाऊ आफूलाई काममा लगाऊ
तिमी फलाम हौ, र तिमीमा आफै धार उम्रिन्छ
दुई मुक्तकः
१
माग पूराका कनिका छरिराखौँ कि !
यसपटककाे वैतर्नी तरिराखौँ कि !
भाेलि के कसाे हुन्छ कसलाई थाहा छ र
बिसौँ अनसनकाे वार्ताटाेली गठन गरिराखौँ कि !!
२
उनकै लागि धसिए पनि मिठोमसिनो सुनिएन बोली
धेरै पटक खाएको छु उनका मुखको तातो गोली
सहनैमा कल्याण छ नत्र अत्याचार गर्नेको लिस्टमा दरिनेछु
उनबाट न हिजो केही प्राप्ति थियो न हु्न्छ भोलि ।।