Skip to content

तीन मुक्तक (वकिल)

  • by

एक
वकिल-न्यायालयले पनि निर्धैलाई पेल्छन्
बुख्याँचाहरू जनताका सपनासँग खेल्छन्
देशको कानून दैव जानून् उसै भन्या होइन
मान्छे मार्ने उन्मुक्त छन् गोरु मार्ने जेलछन्

दुई
मिलेर जिन्दगीमा दु:ख सहनुको मज्जै बेग्लै छ ।
तिमी मेरो र म तिम्रो भइरहनुको मज्जै बेग्लै छ।
वहन दिऔं न प्रेमको यो, सुगन्धित हावालाई
वास्ना छरेर ! वरिपरि, वहनुको मज्जै बेग्लै छ ।

तीन
जोवन ! चलेकै हो, तन चलेकै हो ।
रुपैयाँ,पैसा,दौलत, धन चलेकै हो ।
आऊ-नआऊ त्यो,तिम्रो विचार हो
तिमी नहुँदा पनि,जीवन चलेकै हो ।

✍️ सूर्य चेम्जोङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *