Skip to content

त्याग

  • by

विकास र सर्मिष्ठा उच्च शिक्षाको दौरान टाढा हुँनुपर्दा जीवन शहयात्रीको रुपमा जोडिन नपाए पनि आत्मीय जोडी थिए । लामो समयपछि भेटिएको सहपठी जीवनयात्राको अनुभव साटासाट गर्न एकान्त स्थल पुगेर एक अर्कामा नलुकाई, गृहस्थी भोगाइ भन्न लागे ।

सर्मिष्ठा – “तिमीबाट टाढा गएपछि प्रत्येक प्रहर शून्य शून्य महसुस गरें । त्यो सामिप्यताको सम्झानाले धेरै रातहरू छटपटीमा बिते । मेरो घरबेटी सधैं श्रीमतीलाई शंकाले हेर्ने गर्थ्यो र दिनहुँ झगडा परिरहन्थ्यो । श्रीमतीको पीडा देखेर समाधान हेतु, लोग्नेलाई पट्ट्याएर आफ्नो नियन्त्रणमा ल्याएँ । केही समयको अन्तारालपछि एकदिन श्रीमतीलाई सुटुक्क जानकारी गराएर उसको लोग्नेसँग ह्रासलीला गर्दैको बखत प्रत्यक्ष प्रमाण पुग्ने गरी कोठामा प्रवेश गर्न लगाएँ । सधैं श्रीमतीलाई बात लगाउने लोग्ने आफैं चुकेको दिनदेखि मिलेर बस्न लागे । मैले आफ्नो शरीर सुम्पेर ठिक गरे वा गरिन मलाई थाहा छैन । तर त्यो दम्पती मिलेर जीवन अगाडि बडाएको देख्दा मलाई औधी खुशी लागेको छ….।”

विकास – “हो र? तिम्रो जस्तै मेरो नि त्यस्तै अनुभव छ । कामको सिलसिलामा घरभन्दा टाढा पुगें । भाडामा बसेको घरमा छोरा, बुहारी र आमा गरी तीन जनाको परिवार रहेछ । केही समयपछि, आमाको कचकचले गर्दा छोरा मुग्लान हिँड्न बाद्य भएको कुरा पछि थाहा पाएँ । आमा-छोरी जस्ता देखिने सासू बुहारीबीच दिनहुँ झगडा सुन्दा वाक्क लाग्थ्यो । वस्तविकता बुझ्न बुहारीलाई खुसुक्क मेरो कोठामा बोलाएँ । मायाकी भोकी, कुरा गर्दा गर्दै मेरो अङ्गालोमा बाँधिई र लामो समयदेखिको देह सुखको प्यास मेटाएर आफ्नो कोठातिर गई ।”

एक दिन, प्लान मुताविक सासूको अङ्गालोमा बेरिएर बसेको बेला बुहारीको प्रवेश गराएँ । सधैं बुहारीलाई बात लगाउने सासू आफैं फन्दामा परेको दिनदेखि दुवै सासू बुहारी मिलेर साथी बनेर कहिले लोग्ने मान्छे नचाइने गरी आपसमा यौन आनन्द प्राप्त गर्न थाले ।”

“सासू बुहारीको मिलन गराएकोमा मन धेरै आनन्दित छ, तर सधैं आफूले जीवनसाथीलाई धोका दिएँ भन्ने आत्मा ग्लानि भइरहन्छ…।”

रमेश सुवेदी
ललितपुर – १३, कुसुन्ती ।
२०७८–८–२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *