Skip to content

लघु कथा

अबको मेरो धर्म

  • by

म शिकारको खोजीमा चारचौरास भौतारिरहेको थिएँ । त्यत्तिकैमा मेरा आँखासामु एक गर्भिणी मृग देखापर्यो । ऊ बच्चा जन्माउन ठिक्क तयार अवस्थामा थियो । बच्चाको दश प्रतिशत अङ्ग बाहिर देखापरिरहेको थियो ।

Read More »अबको मेरो धर्म

यही दुष्ट बाउले हो

  • by
NandaLalAcharya-09

पारिवारिक गाँठाहरू फुकाउन मोबाइलमा ब्यस्त थिएँ । त्यसैबेला सुनेको वाक्यले अधकल्चो मनलाई अरू मरणासन्न पारेको छ ।

Read More »यही दुष्ट बाउले हो

थुम्कोको कथा

  • by

जीवनराम एक दिन फलफूल को बगैंचा गोड्दै जैबिक मल बनाउदै गर्दा, सानी छोरी लताले पारिपट्टिको थुम्को देखाउदै सोध्छिन्,”बाबा किन होनि त्यो थुम्कोमा पहिरो गएको ? अनि मानिसहरू नबसेका ?”

Read More »थुम्कोको कथा

शङ्का

  • by

सिन्दुर लाउँदै गर्दा सीताको हातबाट ऐना खस्यो । डर र आशङ्काले उसको मनको धरहरा गर्ल्याम्मै ढल्यो । आत्तिँदै ऐना उठाई, “धन्न फुटेनछ । ए बीचबाट चक्केछ । छ्या ऐना त दुई भागमा पो बाँडिएछ ।”

Read More »शङ्का
renova

तपै भा के गर्नुहुन्थ्यो ?

  • by
NandaLalAcharya-09

“तपैँले गल्ती गर्नु भो ।”

“ठिक गरेको भए त जीवन घिसार्नै पर्दैनथ्यो । कसैले आश देखाउँदै थाङनामै सुताउन्नथ्यो ।”

Read More »तपै भा के गर्नुहुन्थ्यो ?

पोइलको भ्रम

  • by

राधा आँखामा राखे पनि बिझाउन्नथी । पीडाको दहमा हर्दम पौडी खेल्नु परे पनि अत्तालिन्नथी । ऊ आफ्ना दुई बहिनीकी दु:ख नासिनी दिदी थिई । छोरीछोरी मात्र जन्माई भनेर हजुरआमाले आमासँग गरेको गनगनले भने उसको मुटुमा बज्र हानिरहन्थ्यो । अँझ बाबुको कुटपिट र लछारपछार असह्य हुन्थ्यो उसलाई ।

Read More »पोइलको भ्रम

शङ्कालुहरु

HomSuvedi

अफिसबाट साँझ साँझ पर्न लाग्दा लक्ष्मणजी घर आइपुगे । घरमा आउनासाथ हातमुख धोएर उनलाई चिया नास्ता खाने बानी छ । आज पनि त्यही उपक्रम सुरु भयो । सुनिताले चिया खाजा दिइन् । चारजनाको जहानमा अहिले दुई जना मात्र छन् । छोरा छोरी पढ्न विदेश गएपछि घर सुनसान भएको छ ।

Read More »शङ्कालुहरु

बाल बाल बाँचेको म

  • by
LokmaniGiriSarthak

सिरानी भित्तामा अडेस लगाई अर्धचेत अवस्थामा म पल्टिरहेको छु । तर मेरो शरीरमा आधुनिक विज्ञानका अस्त्र र यन्त्र प्रयोग भैरहेको तथा दाँया हातमा सलाइन चढिरहेको बारेमा सचेत छु । Read More »बाल बाल बाँचेको म

आमा र बाको झगडा

एकदिन बिहान अकस्मात आमा र बा को झगडा पर्यो।

आमा – किन तपाई आजभोलि हामीसँग नाराज हुनु भएको छ? किन भनेको मान्नु हुन्न? यी भएका गहना बेचेर भोलि के गर्ने? म त गहना बेच्न दिन्न।

बा – मलाई धेरै नसिकाऊ। मसँग धेरै कचकच नगर । यी गहना मेरा पनि हुन। मेरो पनि हक छ। बेच्न नदिने भए कि मैले भनेको मान कि अर्को बाटो समातेर जाऊँ।

BishalDewal

निर्माताको अभिनय

‘आर्टिस मोड, रोल, एक्सन’ निर्देशकले नायकलाई आदेश दिए । नायकले भने अनुसार दुई प्रतिशत पनि अभिनय गर्न सकेन ।

निर्देशक अवाक भयो । नायक बम्कियो ‘म निर्माता हुँ, मैले लगानी गरेको छु, जसरी हुन्छ त्यसरी मलाई रोल खेलाऊ, अरू कुरा म जान्दिनँ ।

प्रतिकार

गाउँ छेवैको प्रहरी थाना सुनसान खडा छ । दुई युवती जम्ला हात गरिरहेका छन् । अगाडिको कुर्सीमा बस्न सकस मानिरहेकी हबल्दार दिदी अक्कनबक्क छिन् । वातावरणमा निर्जनता छाइरहेको छ ।

“चेलीहरू हो ! गर्नसम्म गरेछौँ । कानूनको मुखमै कालोमोसो दलेछौ । तिमीहरूलाई इज्जत नदिऊँ भने आफ्नो भूल स्वीकारेर कानूनको शरणमा आएका छौ । अर्कातिर आफ्नै विभागको धज्जी उडाउने काम गरेका छौ ।” हवल्दार आँखा मिच्दै थप्छिन्, “अरू हाकिमहरू अन्तै जानुभएको छ । यो थाना उहाँकै नेतृत्वमा थियो । उहाँ पछिको वरिष्ठ वरियाताक्रममा म नै पर्छु । अब म कसो गरूँ ?”

DhamalaBhattarai

दाइजो

त्यतिबेला हामी सानै थियौँ । हाम्रो गाउँमा एक जना अधवैंसे मान्छे साइकलमा टीका–धागो बेच्न आउँथे । उनी आफ्नो पुख्र्यौली घर सप्तरी जिल्ला बताउँथे । झापातिर व्यापार गर्न आएको भन्थे । उनलाई हामी सम्मानले ‘भैया’ भनेर बोलाउँथ्यौँ । तर, बुबाले उनी तिमीहरूभन्दा ठुलो मान्छे भएकाले काका भनेर बोलाउनुपर्छ भन्नुहुन्थ्यो । हामीले काका भनेर बोलाउँदा उनी एकदमै बुढो भएको अनुभव गर्थे । हाम्रो भाषामा दाजुलाई ‘भैया’ भनेर बोलाइन्छ, त्यसैले तिमीहरूले मलाई भैया नै भनेर बोलाउनु भन्थे ।

फरक

ठुलाहरू भन्दै थिए -“सिंहदरबार गाउँ गाउँमा पुर्‍याउछौँ ।”

नभन्दै मौका मिल्नासाथ ठुलाले द्रुतगतिमा गाउँ गाउँमा सिंहदरबार लगे ।

कुनै पनि काम समयमा पूरा नभइरहेकोमा यो काम चाहिं समय अगावै सम्पन्न भएकोमा ठुलाले प्रशंसा ब्यौछार गराए ।

व्यापारिक प्रतिस्पर्धा

सारै दुःख भो पतिको निधनपछि हरिमायालाई । भएकी एक भर्खर आठ पुगरे नौमा हिँड्दै छे । छोरी सानै भएकोले हुर्काउन पढाउन अझ समस्या । तै सानोसानो घर भने थियो । यसैले डेराभाडा परेन । सानो नाङ्ले व्यापार थालिन् र एक दुई रुपियाँ कमाइ गरेर खाइनखाई जीवन धान्न थालिन् ।

हरिमायाले चिनेको मान्छे भएकोले एक दूध डेरीका मान्छेले घरबाटै दूध बेच्ने बन्दोबस्त गरिदिए । अलिक केही राम्रो हुन ता खोज्यो तर प्रतिश्पर्धा हुन सकेन सिधै पारिपट्टि अर्की साहूनीले उही व्यापार थालिन् ।

जुत्ता लगाउने बचपनको त्यो रहर !!

आठ दश बर्षको उमेर सम्म पनि चप्पल मात्रै लगाउन्थ्यौ जुत्ता थिएन । त्यहि चप्पल पनि कतै जाँदा बिर्सेर आइन्थ्यो र फेरी पछि खोज्न जाँदा पाइन्नथ्यो। कत्ति चोटी रुख बाट ओर्लेर चप्पल लगाउन भुलेरै हराएको हुन्थ्य्यो र यता घरमा बुबाको गालि र पिटाइ त छँदै थियो त्यसमाथि जत्ति राति भएपनि त्यो खोज्न जानु पर्थ्यो जब कि रात परेपछि एक्लै गोठ या मन्दिर सम्म जान पनि डराउथ्यौँ । एक चोटी शायद यस्तै सात आठ वर्षको उमेर थियो कि कुन्नि अङ्कल को घर छेउ एउटा घोए आँप को ठुलो रुख थियो र लटरम्म पाकेको समय भएकोले हामी जगनाथ दाइ र मैले झटारोले हान्दै झारेर राम्रा राम्रा आँप जम्मा पार्दै थियौं । त्यत्तिकै मा अण्टि पनि आउनुभो र

प्रश्नको मुद्दा

उनी न्यायाधीश हुन् । उनलाई गाडीको सुविधा छ । क्वार्टर सुविधा छ काम गर्ने एक कामदार पनि छ । न्यायाधीशज्यूकी पत्नीलाई आराम छ ।

छोरो बीस वर्षको छ उसलाई मोटर साइकल किनिदिएका छन् बार पास गरेपछि । उसकी बहिनी भर्खर १० वर्षकी मात्र हुँदैछे । बडो जिज्ञासु छे । घरमा नानु भनेर सबैले बोलाउँछन् । घरै उज्यालो पारेकी छे । यिनै न्यायाधीशका क्वार्टरमा विश्वकर्मा बाबाको पूजाका दिनको कुरा हो ।

लघु कथा: प्लाज्मा

मेरो टोलमा एक तरकारी ब्यापारी कोरोना सङ्क्रमित भएपछि उनी बसेको घर शील भो । तेस्रो चरणमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि उनी डेरामा फर्के तर उनको घरबेटीले उनलाई घरबाट अपशब्द प्रयोग गर्दै गाली गरेर निकालिदिए । धेरै ठाउँमा उनलाई कोठा दिइएन कारण थियो उनका घरबेटी । आफ्नो टोलमा मात्र होइन अलि परकै टोलमा समेत समाजसेवीको नामले प्रख्यात घरबेटीरहेछन् । बल्लतल्ल कोठा मिल्यो एक ठाउँमा ।

यमराजको सजाय

‘मान्छेले धर्म गर्नुपर्छ । धर्म गरे स्वर्ग गइन्छ र पाप गरे नर्कमा परिन्छ । नर्क पर्नेहरुलाई यमराजले आगोको भुङ्ग्रोमा नाङ्गै खुट्टाले हिंड्न लगाउँछन् । ततातो आगोमा हुत्याई दिन्छन् र तिखो झिर रोपीरोपी सजाय दिन्छन् । धर्मशास्त्रको आदेश नमान्नेहरू सबै अधर्मी, पापी हुन् र यिनीहरू यमराजको सजायको भागिन्दार हुने छन् ।’ यस्तै प्रवचन दिन्दा दिन्दै एकदिन धर्मगुरुको मृत्यु भयो ।