Skip to content

बाल कथा

हनुमानले सूर्य निले

  • by

एउटा रमाइलो जङ्गल थियो । त्यहाँ एक दिन एउटा बाँदरले चिटिक्क परेको बच्चा जन्मायो । बच्चा अचम्मको थियो । जन्मेको केही छिनमै ऊ आकासमा उड्न थाल्यो । ऊ निकै फुर्तिलो थियो । रूखको एउटा हाँगाबाट अर्को हाँगाम

परिवर्तन

सदा झै आज पनि आफ्नो तुनाबुना बोकेर एउटा माझी बिहानै माछा मार्न पोखरीतिर लाग्यो।घन्टौको प्रयासपछि आफ्नो जालमा एउटा ठुलो माछा पक्रीन पाउदा ऊ धेरै नै खुसी र उत्साहित देखिन्थ्यो।

छट्टु साथी

एकपटकको कुरो हो । रामको स्कुलमा दसैँको छुट्टी भयो । दसैँको छुट्टी मनाउन ऊ मामाघर जान चाहन्थ्यो । उसले बाबुआमासँग ‘मामाघर जाने’, ‘मामाघर जाने’ भनेर किचकिच गर्न थाल्यो । बाबुआमाले पनि हुन्छ भन्नुभयो । राम भोलिपल्ट मामाघर जाने पक्का भयो ।

एकता र साहस

  • by

कोसी टप्पुमा धेरै खालका जीवजन्तुको वासस्थान थियो । त्यहाँ हात्ती, बाघ, भालु, अर्ना, मृग, जरायो आदि बस्तथे । त्यहाँ हात्तीको बथान निस्कँदा सम्पूर्ण झाडी नै सखाप पार्दथे ।

हराएकी उनी र जूनकीरीहरू

  • by

उनी यता कुदिन् । उता कुदिन् । यता पो बाटो हो कि ? उता पो बाटो हो कि ? चारैतिर हेर्दै कुदिन् । अहँ, कतै पनि छैन बाटो । ‘घर जाने बाटो कता होला ?’ एकछिन सोचिन् । ‘ए ! यता पो हो कि ?’ झाडी पन्छाउँदै अगाडि बढिन् । अहँ, त्यहाँ पनि बाटो छैन । अब के गर्ने होला ? उनलाई डर लाग्न थाल्यो । मुटु ढुकढुक गर्न थाल्यो । आँखाबाट आँसु पनि र्झन लागे ।

शीर्षक के हो ? (मुना २०६६ साउन )

  • by

वर्षाका कारण तराईका अधिकाँश गाउँ डुबानमा परेका थिए । भवानीपुर पनि बाढीकै कारण पूरै जलमग्न भएको थियो । भवानीपुरका सबै घरपरिवार बाढीबाट प्रभावित भएका थिए । कसैको घरबारी बाढीले बगाएको थियो भने कसैका गाईवस्तु बगाएको थियो । गाउँ नै बाढीपीडित भएको थियो । घरमा खानका लागिसमेत केही बाँकी थिएन ।

नयाँ वेद

“आज विद्यालय चाँडै छुट्टी भो’ ! विद्यालयमुनि बराजुको घरमा कथा लाग्या छ नि ! म पनि हेर्न सुन्न गा’थेँ । पर्खालमा बसेर सुनेँ । कथामा वेदका कुरा आ’थ्यो । बराजुहरूको वेद छ रे ! वेदमा ज्ञानगुणका कुरा छन् रे ! मान्छे कसरी बुद्धिमान हुन्छ सबै कुरा वेदमा छ रे ! त्यो वेद जनै लगाउने बराजुहरूले मात्रै पढ्न सुन्न हुन्छ रे ! मलाई पनि जनै लाइदिनुस् न । म पारिघरे पण्डित बराजुकोमा वेद पढ्न जान्छु, हुन्न हजुरबा ? मलाई पनि ज्ञानगुण पढेर बलियो हुन मन छ ।

असल साथी

  • by

अनिषा, विनिताको असल साथी थिई । उनीहरू एउटै कक्षामा पढ्दथे । घर पनि सँगसँगै जस्तो थियो । अनिषा सरल, मृदुभाषी, लगनशील र सहयोगी थिई । विनिता छुच्चो स्वभावकी थिई । अनिषा विनिताको दुःख-सुखमा साथ दिन्थी । विनिताको गृहकार्यमा सघाउनेदेखि कहिलेकाहीँ स्कुल जाँदा-आउँदा बस भाडासमेत तिरिदिने गर्दथी अनिषा । विनिता भने मौका पर्‍यो कि अरू साथीहरूसँग गएर कुरा काट्न थाली हाल्थी – बाबै अनिषा त कस्ती घमण्डी ! यस्ता उस्तालाई त मान्छे नै गन्दिन । त्योसित कोही पनि नमिल है ?

शीर्षक के हो ? (मुना २०६६ असार)

  • by

शैलजा र सपना बोर्डिङ स्कुलको कक्षा ८ मा पढ्छन् । उनीहरूबीच आपसमा धेरै मेल छ । बेला-बेलामा सपनाले राम्रा राम्रा कुरा ल्याएर देखाउँछिन् । मीठा मीठा क्याडवरी चकलेट ल्याएर शैलजासँग बाँडेर खान्छिन् र भन्छिन् – “यो मेरो मम्मी-ड्याडीले अमेरिकाबाट पठाइदिएको ।”

नाक

  • by

रमा धेरैबेर आफ्नो अनुहार ऐनामा हेर्ने गर्थिन् । उसको यो बानी देखेर घरका सबै जना वाक्क भएका थिए । रमाकी आमा त सधैँ ऐना रमाले नभेट्टाउने ठाउँमा लगेर लुकाउँथिन् । रमा भने ऐना जसरी भएपनि खोज्थिन् । रमाको यो बानी देखेर घरका सबैजना उसलाई कहिले गाली गर्थे भने कहिले हाँस्ने गर्थे ।

शुभारम्भ

  • by

“आमा ! आमा ! हेर्नुस् न मलाई दाइले कथाको किताब पढ्नै दिँदैन ।” भन्दै शुभ हातमा एउटा किताब समात्दै दगुर्दै दगुर्दै आमा नर्मदेश्वरीको पछाडि लुक्न गइन् ।

वर्णहरूको झगडा

  • by

एउटा किताबमा स्वरवर्ण समूह र व्यञ्जनवर्ण समूहका अक्षरहरू बस्थे । तिनीहरूले बोली र लेखाइमा कब्जा जमाएका थिए । दुवै समूहलाई आˆनो समूह महìवपूर्ण छ भन्ने ठूलो घमण्ड थियो । तिनीहरू सधैँ झगडा गरिरहन्थे तर सँगै जोडिएर बस्नुपर्ने बाध्यता थियो । कुकुर र बिरालाजस्ता एकछिन नमिल्ने तर सँगै बस्नुपर्ने । सँगै बस्दा लात्ती त लाग्छ नै । लात्ती त के मन नपरेकाको सास पनि गनाउँछ भनेझैँ तिनीहरू एकअर्कालाई आफूबाट टाढा राख्न खोज्थे । चाहेर मात्र के हुन्थ्यो र ? तिनीहरूको त लगनगाँठो नै कसिएको थियो । त्यसले छुट्टनिै दिँदैनथ्यो । सधैँ झगडा गरेर एकै ठाउँ बस्नुभन्दा छुट्टनिु बेस ठानी तिनीहरू तर्क गर्न लागे ।

मिट्ठू

  • by

बाँदरहरूको चटक त तिमीले धेरै देखेको होलाऊ । मदारीको इशारामा बाँदर कस्तो-कस्तो नक्कल गर्छ, उसको जिस्काइ पनि तिमीले देखेको हुनुपर्छ । तिमीले उसलाई घरबाट कपडा लिएर भागेको देखेको हुनुपर्छ । आज म तिमीलाई एक यस्तो स्थितिका बारेमा सुनाउँछु, जसबाट बाँदर पनि बालकहरूसँग मित्रता गर्न सक्छ भन्ने थाहा हुन्छ ।

जन्मदिनको उपहार

  • by

स्नेहा पाँच कक्षामा पढ्दैछिन् । उनको स्कुल घरदेखि अलि पर छ । उनी स्कुल जाने बेलामा र स्कुलबाट र्फकने बेलामा एकजना बूढो मान्छे सधैँ बाटोमा बसेर माग्न बसेको देख्छिन् । उसको जिउमा बाक्लो र न्यानो लुगा पनि हुँदैन । जाडोमा लगलग काम्दै माग्न बसेको त्यो बेसहारा बूढो मान्छेलाई देखेर स्नेहालाई निकै नरमाइलो लाग्छ र दुःख पनि लाग्छ । उनी त्यो बूढो मान्छेलाई एक छिनसम्म हेरिरहन्छिन् र हेर्दैहेर्दै जान्छिन् ।

शीर्षक के हो? (मुना २०६६ जेठ)

  • by

रमेशले पुरस्कार पाउँदा सबैले ताली बजाएको सुवासले हेरिरहेको थियो । उसलाई त्यतिबेला खल्लो लागिरहेको थियो । उसले मनमनै सोच्यो – “मैले खेल्न सक्ने खेल पनि भइदिएको भए, मैले पनि यसरी नै पुरस्कार पाउँथे होला ।” यिनै कुरा सोच्दासोच्दै उसको मन कटक्क खायो । उसले अँध्यारो अनुहार लगाएर आˆनो वैशाखीमा हेर्‍यो ।

सबै बराबर

  • by

रक्षा स्कुल जाँदै थिइन्, अचानक बाटोमा अगाडिको ढुङ्गामा ठेस लागेर लडिन् । मनले कड्केर आँखालाई गाली गर्‍यो- “धत् आँखा ! राम्ररी हेरिदिनु पर्दैन ? हेर बिचरी रक्षा कसरी लडिन् ।”

आँखाले पनि आँखा मर्काउँदै मनलाई उल्टै हपार्‍यो- “मैले त परबाट आइरहेको साँढेलाई देखेर त्यसबाट कसरी जोगाउने….भनेर वरपर हेर्दै पो थिएँ त! तिमीले नजिकमा पनि खतरा हुनसक्छ भनेर सम्झाउनु पर्दैन ?”

खै, मैले त देखिनँ

  • by

साँझको बेला । झमक्क हुन लाग्दा पनि लोडसेडिङले गर्दा बिजुली बल्ने छाँट थिएन । मैनबत्ती बालेर हजुरआमा कोठामा पस्नुभयो । हजुरआमा बस्न नपाउँदै केटाकेटीहरू वरपर झुम्मिए ।”हजुरआमा, गाउँखाने कथा भन्नोस् न ।” अनन्तले भन्यो ।

“हो हो हजुर आमा, आज गाउँखाने कथा भन्नोस् ।” सुनिताले पनि थपी । राजु त हजुरआमाकै काखमा बस्नपुग्यो । उनीहरू गाउँखाने कथा भनेपछि हुरुक्कै हुन्थे । त्यसमा पनि हजुरआमाले भन्नुहुने कथा ज्यादै रमाइलो हुन्थ्यो ।

के छ गधाले बोकेको फलामको बाकसमा ?

इरान देशमा पहिले राजा थिए । उनी जनताको भलाइ गर्न सधैँ अगाडि सर्थे तर पनि देशका पहाडी जिल्लाहरूमा बस्ने मानिसहरू गरिब थिए । धेरैले भेंडा चराएर आˆनो जीवन चलाउँथे । उनीहरूको जीवन भेंडा गोठालामा नै बित्थ्यो । एउटा गाउँमा दारा नाम गरेको एउटा भेंडा गोठालो थियो । अरू गोठालाहरू जस्तै उसले पनि लेख्न पढ्न जानेको थिएन । ऊ कहिल्यै पनि स्कुल गएन । तर ऊ धेरै बुद्धिमान र सरल थियो ।