बुधवा बन्यो बाल साहित्यकार
बुधवा सानैदेखि पढाइमा तेज थियो । स-साना कुरा पनि उसले निकै समयसम्म भुल्दैनथ्यो । उसको तीक्ष्ण बुद्धिका कारण थारू समुदायमा बस्ने उसका किसान बा आमा अौधी खुसी थिए । बुधवाको बाले आफ्ना श्रीमतीसँग भन्थे- हाम्रो पालामा ‘हलो, कोदालो चलाउँदै जुनी बित्यो । त्यसैले, पढ्ने वातावरण नै भएन, यो छोरालाई भने धेरै पढाउनु पर्छ है बुधेकी आमा ।’
