बाल कथा

बुधवा बन्यो बाल साहित्यकार

  • by

बुधवा सानैदेखि पढाइमा तेज थियो । स-साना कुरा पनि उसले निकै समयसम्म भुल्दैनथ्यो । उसको तीक्ष्ण बुद्धिका कारण थारू समुदायमा बस्ने उसका किसान बा आमा अौधी खुसी थिए । बुधवाको बाले आफ्ना श्रीमतीसँग भन्थे- हाम्रो पालामा ‘हलो, कोदालो चलाउँदै जुनी बित्यो । त्यसैले, पढ्ने वातावरण नै भएन, यो छोरालाई भने धेरै पढाउनु पर्छ है बुधेकी आमा ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामबहादुरको मिहिनेत

  • by

कुनै एउटा गाउँमा हर्कबहादुर नाम गरेको मानिस बस्थ्यो । सम्पत्तिको नाममा उसको आफ्नो केही थिएन । जीवन निर्वाहका लागि ऊ अर्काको घरमा हली बसेको थियो । हलीको काम गर्नु नै उसको दैनिकी थियो । उसको परिवारमा ऊ अनि छोरो रामबहादुर मात्र थिए । रामबहादुर वर्षको छँदा उसकी आमा रामप्यारीको क्षयरोगबाट मृत्यु भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महेशको खुल्दुली

  • by

महेशलाई आज पढ्नमा खासै ध्यान गएको छैन । कक्षामा पढ्नमा राम्रो र अनुशासित विद्यार्थी मानिए पनि उसको व्यवहार आजअलि फरक भएको उसका शिक्षक प्रकासले बुझिसकेका छन् । आज महेशको ध्यान अन्त कतै मोडीएको छ भन्ने उसलाई लागिसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शीर्षक के हो ? (मुना २०६७ चैत)

  • by

बिनी आज निक्कै खुशी छ, खुसी हुनका लागि उसँग थुप्रै कारण छन् । एक त आज बिनीको जन्मदिन हो, त्यसमाथि बिनीका बाबुले छोरीको जन्मदिनका लागि, ‘ह्याप्पी बर्थडे बिनी’ लेखेको ठूलो केक घर ल्याइदिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आफ्नो घर

  • by

सुन्दर जङ्गलमा चारवटा चरा-चुरुङ्गीहरू आफ्नो नयाँ बासस्थानको रूपमा प्रयोग गर्न आइपुगे । जसमध्ये एउटा थिई जुली (जुरेली) । आफ्नो समूहमा अति राम्री र मधुर स्वरकी धनी । उनी गाउने नाच्ने गर्दै दिनहरू बिताउन थालिन् । उनी सौखिन प्रवृत्तिकी थिइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शीर्षक के हो ? (मुना २०६७ माघ)

  • by

आकाश उमेरमा सानो छ तर ठूला मान्छे भन्दा पनि असल र ज्ञानी छ । घर, टोल, छरछिमेक र स्कुलमा ऊ अनुशासित बालकको नमूना बनेको छ । शिक्षक-शिक्षिका लगनशील विद्यार्थीको उदाहरण दिनुपरे आकाशलाई नै छान्छन् । स्कुलमा त आकाश मिहिनेत गरेर पढ्छ नै घरमा समेत अध्ययन गरिरहन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गुनमाथिको बैगुन

  • by

एउटा दुर्गम पहाडी गाउँको कुरा हो । अनिलको घरबाट उसले पढ्ने स्कुल निकै टाढा पर्थ्यो । स्कुल जाँदा बाटामा एउटा ठूलो जङ्गल थियो । हुन त गाउँको बाटाबाट पनि घुमेर स्कुल पुगिन्थ्यो तर त्यो बाटो धेरै लामो र घुमाउरो थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रुखको विलौना

  • by

‘रुखले वातावरणलाई सन्तुलित बनाइराख्नमा मद्दत गर्छ । बाढीपहिरो रोक्छ र मानिसलाई नभइनहुने अक्सिजन प्रदान गर्छ । त्यसैले रुख मानिसका लागि धेरै गुणी वनस्पति हो । रुखलाई काट्यो भने उसलाई पनि मानिसलाई जस्तै दुख्छ ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आगलागी

  • by

”आगो लाग्यो ! आगो लाग्यो !!”

अचानक मेरो कानमा मानिसहरूले चिच्याएको, कराएको, हल्ला गरेको आवाज पर्‍यो । म र दिदी भर्खर स्कुलबाट आएर टुसुक्क मात्र के बसेका थियौं – टोलमा त आगो लागेको हल्लाले उत्पात मच्चाउन थालिहाल्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रङ्गीन माछा

  • by

काठमाडौंनजिकको एउटा रमणीय गाउँमा बस्थ्यो, रमेशको परिवार । उसका दाजुभाइ थिएनन् । ऊ गाउँकै स्कुलमा पढ्थ्यो । हिसाब पढ्न ऊ निकै रमाइलो मान्थ्यो । आकाशमा उडेका चरा हेर्दै, गाइने कीरा र पुतलीसँग जिस्कँदै रमाउँथ्यो, रमेश । ऊ अहिले सात वर्षको भयो । विज्ञानका नौला र रमाइला कथा पढ्न खुब रमाउँथ्यो ऊ । कक्षाका अरू साथीभन्दा निकै फरक किसिममा प्रस्तुत हुन्थ्यो, रमेश ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शीर्षक के हो ? (मुना २०६७ मंसिर)

  • by

रोशन आमाबाबुको एक्लो छोरो हो । ऊ अहिले १२ वर्षको भयो । रोशन आफ्ना आमाबाबु र फुपू दिदीका साथ राजधानीमा बस्छ । उनीहरूको पुख्र्यौँली घर यहाँ होइन । उनीहरू खोटाङबाट १० वर्ष अगाडि बसाइ सरेर यहाँ आएका हुन् रे । यो कुरा उसले आफ्ना बाबुबाट सुनेको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उपकारी बाँदर

साँझको समय थियो । डुब्न लागेका सूर्यका किरण पहाडका टुप्पामा रातो भएर फैलिएका थिए । चिसो हावाको सिरसिरले जङ्गल नै आनन्दमय र रमाइलो बनेको थियो । यस्तो बेलामा जसलाई पनि खुला हावामा घुम्न मन लाग्नु स्वाभाविकै हो । आ-आफ्ना गुँडहरूमा र घरमा बसिरहेका पशुहरू र चराहरू पनि विस्तारै बाहिर निस्केर जङ्गलमा यताउता घुम्न थालेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सानी गीता र पानीको समस्या

  • by

“के गर्नु छोरी ! हाम्रो धारामा पानी नै आएन । अब भात पकाउन पनि पानी छैन । भाँडा माझ्न पनि पानी छैन ।” रित्तै गाग्रो बोकेर धाराबाट फत्फताउँदै गीताकी आमा फर्किन् ।

आमाको दुःख देख्न सक्दिनथी गीता । घरमा दिनहुँ जसो पानीको समस्या परिरहन्थ्यो । नेपाल पानीको दोस्रो धनी देश हो भनेर गीताले पढेकी पनि थिइन् तर उनलाई त्यो कुरामा कत्ति पनि विश्वास लाग्दैनथ्यो । गीताको टोलभरि पानीको दुःख थियो । धारामा पनि ठूलो लाइन लागेको हुन्थ्यो । पानीको समस्या टोलबाटै समाधान गर्न पाए गीता खुसी हुन्थी होला ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ब्याक्टेरिया र भाइरसको सपना

दिउँसो साथीहरूसँग घुम्न जाँदा ग्रीष्मले बाटोमा चट्पटे र फोहोर पानी खाएको थियो । अहिले साँझ उसलाई बेस्सरी पेट दुख्न थाल्यो । चिसो बरफ पनि खाएको थियो । साँझ परेपछि उसलाई हनहन जरो पनि आउन थाल्यो । ग्रीष्मको आमा-बाबु चिन्तित हुन थाल्नुभयो । ग्रीष्म पनि पेट दुख्यो भनेर कराउन थाल्दा बाबाले डाक्टर अङ्कललाई फोन गर्नुभयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पछुतो

  • by

एउटा गाउँको एउटा घरमा उसकी आमा र राम मात्र बस्दथे । रामको बुबा पैसा कमाउन विदेश गएका थिए । त्यो घरमा कहिल्यै पनि राम्रो हुन सकेन । लक्ष्मी पनि त्यस घरदेखि पर-पर भाग्थिन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

त्यो अबोध बालक

एकादेशमा एउटा बालक थियो । त्यसको नाम हरि थियो । उसका बुबाआमा ज्यालामजदुरी गर्दथे । केही समयपछि बुबाआमाको पनि मृत्यु भयो । घरमा ऊ एक्लै बस्दथ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

घमण्डी माछो

म एक दिन बिहानै पोखरी पुगेँ जहाँ घमण्डी माछो, चलाख भ्यागुतो र मूर्ख सर्पहरू बस्दथे । म त्यहाँ प्रत्येक दिन जस्तो पुग्दथेँ । जहिले जाँदा पनि त्यो घमण्डी माछोले त्यहाँका भ्यागुताहरूलाई दुःख दिइरहेको हुन्थ्यो । त्यहाँका सर्पहरूले पनि त्यस माछोलाई केही गर्न सक्दैन थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिरक

  • by

“हिजोआज सिरकको कति पर्छ बा ?” पुस-माघको दाँत बज्ने ठिहीमा अगेनाको छेउमा आगो तापेर बसिरहेका बासँग कुमुदले सोध्यो ।

“किन तिमीलाई ओढ्ने पुगेन ?” छोराको सोधाइको अर्थ बुझ्न खोज्दै बाले भने । “हो ! मुन्टो हल्लाउँदै कुमुदले भन्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फुच्चे घर छाड्दैन

  • by

व्यञ्जना र अनुराग दिदीभाइ हुन् । उनीहरू घरबाट टाढा डेरामा बसेर पढ्छन् । गाउँमा हाइस्कुल नभएर त्यसो गर्नुपरेको हो ।

व्यञ्जना र अनुरागको घरमा एउटा फुच्चे बिरालो पनि थियो । उनीहरूको बाबा एउटा प्राथमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँलाई विद्यालयको काममा बरोबर सदरमुकाम र अन्य ठाउँमा गइरहनु पथ्र्यो । त्यसैले उनीहरूका आमा एक्लै पर्नुहुन्थ्यो घरमा कहिलकाहीँ । त्यही फुच्चे बिरालो मात्र अनुरागकी आमाको साथी हुन्थ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो साथी पुतली

  • by

‘मेरा त खेल्ने साथी पनि छैनन् । म कोसँग खेलूँ ?’ जिज्ञासु आमासँग प्रश्न गर्दै तल ओर्लियो ।

पानी परेर आँगन चिप्लो थियो । ऊ आँगनमा चिप्लेर डङ्रङ्ग पछारियो । आठ वर्षे जिज्ञासुले चारैतिर पल्याकपुलुकक हेर्‍यो । वरिपरि कोही पनि थिएनन् । ऊ जर्‍याकजुरूक्क उठ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •