बाल कथा
शीर्षक के हो ? (मुना चैत २०६५)
एकदिन विद्या दाइले भने लमजुङ जिल्लाको दुराडाँडा भन्ने ठाउँमा एउटा जल्किनी भन्ने गाउँ रहेको पाइन्छ । त्यो जल्किनी गाउँमा एउटा पण्डित नरहरि अधिकारी भन्ने गुरु हुनहुन्थ्यो ।
जल्किनी गाउँको पश्चिम उत्तरतिर खुरिखन्न एउटा गिरगिरे डाँडा रहेको थियो । त्यहाँ २००७ सालमा प्रजातन्त्र आए लगत्तै सबै गाउँलेहरू मिलेर एउटा सहयोग सदन पाठशाला स्थापना गरेका थिए ।
स्वार्थी राक्षस र स्वर्गका बालक
एउटा राक्षस थियो । उसको बगैँचा निकै राम्रो थियो । स्कूलबाट घर र्फकँदा केटाकेटीहरू राक्षसको त्यो बगैँचामा खेल्न मन पराउँथे । उनीहरू दिनहुँजसो यहाँ खेल्न आउँथे । बगैँचाको भुइँ हरियो दुबोले ढाकिएको थियो । बगैँचाका ठाउँठाउँमा सेता फूलहरू फुलेका हुन्थे मानाँै ती फूलहरू केटाकेटीहरू खेलेको हेरिरहेका थिए । त्यो बगैँचामा बाह्रवटा आरूका रूखहरू पनि थिए । वसन्त ऋतुमा ती आरूका रूखहरूमा सेता र गुलाफी रङ्गका राम्रा-राम्रा फूलहरू फुल्थे । शरद ऋतुमा लटरम्म आरू फल्थे । रूखमा आई चराहरू रमाई-रमाई गीत गाउँथे । केटाकेटीहरू चराका गीत सुनेर खेल्न पनि बिर्सन्थे । उनीहरू भन्थे, “कति रमाइलो, हामी कति खुसी छौँ यहाँ!”
चेतना
कक्षा चारमा पढ्ने रविनका साथीहरू उसलाई ‘छुस्के’ स्वभाव भएको मान्दथे । उसका आफन्तहरू पनि उसलाई ‘उपद््रया केटो’ को दर्जामा राख्दथे । उसलाई भने सधैँ नयाँ नयाँ कुरा बुझ्ने, अनुभव गर्ने इच्छा भइरहन्थ्यो । अरूले जुन कुरा गर्नुहुन्न भनेको छ, उसलाई त्यही कुरा गर्न नपाएर छटपटी भइरहन्थ्यो । ऊ अनायासै त्यै ‘गर्न नहुने’ कामप्रति आकषिर्त भइरहन्थ्यो । परिणाम स्वरुप उसले एउटा न एउटा बिघ्न गरेर कहिले आफँै दुःख पाउँथ्यो । कहिले उसका कारणले अरूले दुःख पाउँथे ।
पश्चाताप
एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँमा सडक पुगिसकेको थिएन । त्यहाँका मानिसहरु सहरसम्म जानलाई ४ घण्टाको बाटो हिँडेर जानुपथर्यो । त्यहाँ स्वास्थ्य चौकि पनि थिएन गाउँमा निकै बाक्लो बस्ती थियो । गाउँको एउटा कुनामा सानो झुपडी थियो जहाँ एउटा रामु भन्ने केटो र उसकी आमा मनमाया बस्दथे । रामु एक गरिब परिवारको भएपनि पढ्नमा निकै अगाडि नै आउँथ्यो । त्यसैले उसलाई गाउँका सबैले माया गर्थे । तर दुःखको कुरा रामुले एउटा खुट्टा गुमाएको थियो ।
के भने झै गर्नुपर्छ र ?
कुनै एउटा गाउँमा जीवन नाम गरेको केटो बस्दथ्यो । ऊ कक्षा ६ मा अध्ययनरत असल, इमानदार र मिहिनेती छात्र थियो । उसको बुबा कार्यालयमा काम गर्नुहुन्थ्यो । उसकी आमा सफल गृहिणी हुनुहन्थ्यो । उनीहरुको परिवार सुखी एवम् सम्पन्न थियो ।
एकदिनको कुरा हो, जीवको विद्यालय बिदा थियो । त्यसैले ऊ घरमै बसिरहेको थियो । उसकी आमाले हिन्दूहरुको धार्मिक ग्रन्थ, श्रीमदभागवत गीता पढेर अरु मानिसहरुलाई सुनाउँदै हुनुहन्थ्यो । यसै क्रममा उहाँले भन्नुभयो – “हामीले गरिब, दुःखी, अशक्त र असहायलाई दया गर्नुपर्छ र हामीले उनीहरुलाई सहयोग गर्नुपर्छ।”
फुलबारीका फूल
चारैतिर हरियाली वातावरण, ठूलाठूला पहाड वरिपरि डाँडाले घेरिएको बीचमा एउटा सानो गाँउ छ । सबै जातजातिको बसोबास भएको धेरैजसो घरहरु बाहुन र क्षेत्री अनि एकदुइ घरलाइ सानो जात भनेर हेप्ने गरिएको छ । त्यस परिवारमा तीनजना सदस्यहरु छन् । बाबाको नाम सुनिल, आमाको नाम सुनिता र एउटा भर्खर डेढ वर्ष पुगेको सानू बालक उसको नाम चै सागर । जातिको आधारमा सानो भएता पनि उनीहरुको हृदय सफा र ठूलो छ । आफ्नो गाउँ, समाज र देश परिवेशलाई औधी माया गर्छन् । त्यही समाजमा एक घर अलि धनि थियो । गाउँलेहरु उक्त घरलाई मुखिया बा को घर भनेर चिन्दछन् । मुखिया बाहुन जातिको ब्यक्ति थिए । उनले घरमा एकजना भान्छे बाहुन राखेका थिए ऊ बाहेक अरुले पकाएको खाना उनि खादैनथे । उसको पनि एउटी छोरी थिई, उनको नाम पूजा थियो ।
सानो घरकी आमा
ठूलो खोला थियो । खोलाको वारिपारि घरहरू थिए । खोला ज्यादै ठूलो भएकोले साँघु हाल्न मिल्ने कुरै भएन । त्यस जमानामा उड्ने बायुपङ्खी घोडा पाइँन्थे, तर ती साह्रै महँगा थिए । हुने-खानेहरू त सजिलै त्यस्ता घोडा चढ्थे र वारिपारि आउने-जाने गर्थे । तर नहुने भने आकाशमा हेरेरै चित्त बुझाउँथे । कोही-कोही भने घर खेत बेचेर भएपनि बायुपङ्खी घोडा चढ्ने रहर पुर्याउँथे । हो, यिनै खोला वारी र पारिपट्टिका दुइ गाउँका एक-एकवटा घरको कथा हो यो ।
राम र श्याम दुबै बेस्सरी रोए
रामले श्यामको गालामा चड्याम्म हिर्कायो । सबै साथीहरू अचम्म मान्दै हेर्न थाले । बिहानको समय थियो । सबै विद्यार्थीहरू लाइन लागेर प्रार्थना गीत गाउने तरखरमा थिए । अचानक यस्तो दृश्य देख्नुपर्दा एकछिन सबैजना अलमलमा परे ।
‘ल अब घमासान झगडा पर्ने भयो ।’ रोजनले रामेशलाई खुसुक्क भन्यो । रामेशले उसलाई चुप लाग भनेर इसारा गर्यो ।
अनौठो जादुको भाँडो
कुनै गाउँमा दुई बूढाबूढी बस्थे । उनीहरूको घर अग्लो ठाउँमा थियो । होचो जमीनमा अरू गाउँलेहरूको घर थियो । त्यो होचो ठाउँ तलाउजस्तो आकारको थियो । गाउँलेहरू अलि दुष्ट मिजासका भएका हुँदा उनीहरू गाउँबाट अलि माथि बसेका थिए । साँझ परेको थियो । दुई बूढाबूढी रातको खाना खाई ढोका बाहिर गफ गरिरहेका थिए । गाउँमा केटाकेटी कराएका र कुकुर पनि लगातार भुक्न थालेकोले उनीहरूको गफमा बाधा पर्यो । कुकुरको भुकाई र केटाकेटीको हल्ला झन् झन् नजिकिन थाल्यो ।
