Skip to content

बाल कथा

शीर्षक के हो ? (मुना २०६७ साउन)

  • by

कुनै गाउँमा फुर्के नाम गरेको केटो बस्दथ्यो । उसलाई छिमेकीहरू ‘फुर्के’ माइला भनेर बोलाउँथे । उसको स्वभाव अनौठो किसिमको थियो । कसैले उसलाई केही काम लगायो भने फुरुक्क भएर गरिहाल्थ्यो । उसको बुबाले उसलाई पढाउन विद्यालय पठाउने निधो गरे । उनले गाउँको एक विद्यालयमा उसलाई भर्ना गरिदिए । शिक्षकहरूले पनि उसको व्यवहार अनुसार अर्ति, उपदेश दिएर पठाउन थाले ।

राजु र ख्याउटे

  • by

सिन्धुपाल्चोक जिल्लाको एउटा गाउँमा ख्याउटे बोकाको जन्म भएको थियो । त्यस घरमा राजु भन्ने सात वर्षको बालक पनि थियो । राजुले ख्याउटेलाई सानैदेखि असाध्यै माया गर्थ्यो । त्यस घरमा राजु, उसकी बहिनी रीमा, बा, आमा र उसका हजुरआमा पनि बस्नुहुन्थ्यो ।

श्राप

माथि माथि आकासको कुनै ग्रहमा स्वर्ग नाम गरेको एउटा देश थियो । त्यो देशका नागरिकहरूमा इमानदारी र अनुशासन भगवान्ले कोची कोची हालिदिएका थिए । सबैले सबैलाई आदर गर्थे । देशले बनाएको व्यवस्था अनुसार सबै नागरिकहरूले ठीक समयमा ठीक काम गर्थे । मान्छेहरू लगायत त्यहाँका जीवहरू जन्मनासाथ नवजवान हुन्थे र नवजवान नै रहिरहन्थे । त्यहाँ सधैँ वसन्त ऋतुमात्र भइरहन्थ्यो ।

विश्वासघाती साथी

  • by

रमेश र भुवन एउटै विद्यालयमा पढ्थे । एकदिन उनीहरू विद्यालयबाट घर र्फकने क्रममा कुराकानी गर्दै थिए । कुराकानीको क्रममा धेरै टाढाको यात्रा गर्ने योजना पनि तय भयो । ती दुई जनामध्ये रमेश धेरै बलियो र बुद्धिमानी थियो भने भुवन चाहिँ एकदमै डरछेरुवा र कमजोर थियो ।

रमेशलाई कमिलाले पाठ सिकायो

  • by

रमेश एक सुशील, इमानदार, मिहिनेती र बुद्धिमानी केटो हो । ऊ परिवारको एक मात्र सन्तान हो । त्यसैले उसलाई केही अभाव र दुःख छैन । कक्षामा पनि ऊ राम्रोसँग पढेर सधैँ प्रथम हुन्छ । रमेशको यस्तो चरित्र देखेर स्कुलका शिक्षकहरू पनि दङ्ग छन् । तर, रमेश पढ्दै जाने क्रममा कक्षा सातमा पुगेपछि केही बदमास साथीको सङ्गतले बिग्रिन थाल्यो । पढाइप्रति चासो दिन पनि छाड्यो । बिगि्रएको साथीको लहैलहैमा बदमासी काम गर्दै हिँड्न थाल्यो । कक्षा सातको वाषिर्क परीक्षा पनि भयो । विडम्बना ! रमेश फेल भएको नतिजा निस्कियो ।

काल

  • by

धेरै वर्ष पहिलेको कुरा हो । बर्दिवास गाउँमा धेरै हरियाली थियो । घना जङ्गलहरू थिए । मानिसहरू खोलाको किनारमा बस्थे । दिनभरि माछा मारेर, ढुङ्गा कुटेर, बालुवा चालेर समय बिताउँथे । रात परेपछि पनि राम्ररी सुत्न पाउँदैन थिए । घरका कुनाकाप्चामा रोएको आवाज सुनिन्थ्यो । मानिसहरू मान्छे मर्दा शोकले रोएको आवाज निकालेर रुन्थे तर त्यो रुवाई गोहीको आँसु झैँ खेर जान्थ्यो ।

नचिनेको मान्छेको भर नपर

  • by

एकादेशमा एउटा दरबार थियो । त्यहाँको खाटमा एउटा उडुस बस्थ्यो । ऊ रात परेपछि मात्र खाटको दुलोबाट निस्कन्थ्यो । अनि राजाको रगत खान्थ्यो । एकदिन त्यो खाटमा एउटा उपियाँ आयो र उडुससँग बास माग्यो । उडुसले उसलाई नचिनेको हुनाले बास दिन मानेन ।

शीर्षक के हो ? (मुना २०६७ बैशाख)

  • by

आर्या कहिले पनि कर्कलोको परिकार मन पराउँदिनन् । घरमा जब आमाले कर्कलो पकाउनु हुन्छ तब ऊ आँखाभरि आँसु पार्छे । “बङ्गुरले खाने कुरा म खान्न ।” ऊ जिद्दी गर्छे । कर्कलो पकाएको दिन आमासँग ऊ घुर्की लाउँछे, रिसाउँछे । उसको यो चालादेखि आमा आजित भइसक्नुभएको छ । आज पनि आमाले कर्कलो पकाउनु भएकोले उसले घुर्की लगाएर खाना नखाइकनै सुती ।

शिक्षक बन्ने रहर

  • by

सूर्यबहादुर शिक्षक बन्न चाहन्थे । शिक्षक बन्न त निकै पढाइ चाहिन्छ । उनले त दुई कक्षा पढेर स्कुल छाडेका थिए । उनीसँग पढ्ने पैसा पनि थिएन । उनले मनमनै सोचे- “अब शिक्षक बन्ने कसरी हो ?”

जामुनेको प्रगति

  • by

नेपालको कुनै गाउँमा एक जना रतनलाल नाम गरेको दलित बस्दथे । उनको परिवार ज्यादै गरिब थियो । सधैँजसो कुनै न कुनै खोलाबाट माछा मारेर ल्याउँथे अनि बजारमा बेच्थे र आएको पैसाले बिहान बेलुकाको छाक टार्दथे ।

साथी

धेरै वर्ष पहिलको कुरा हो त्यतिखेर पशुपंक्षीहरू पनि मानिस जस्तै बोल्दथे । त्यसताका जनावर र पशुपंक्षी वाहेक मानिसको जन्म भैसकेको थिएन । पशुपंक्षी र जनावरहरूको अधिपत्य नै थियो । चरा जाती र जनावर जाती वीच आपसमा द्वन्द भयो । उनीहरू जो कमजोर देखियो कि मारेर आफनो आहारा बनाउन थाले । चराहरूले जनावरलाई एक्लै भेट्यो भने मारी खाने र जनावरले पनि चरालाई भेटे सम्म मारेर खान थाले । सवतिर भयावहको अवस्थाको सृजना भयो । कसैको पनि जीवनको ग्यारेन्टी भएन । बुद्धीमानी जन्तुहरूले त्यो समस्या सुल्झाउन निकै प्रयास गरे ।

कागभन्दा कोइली चलाख

काग आफूलाई निकै चतुर र बुद्धिवान् पक्षी हुँ भन्ने घमण्ड गर्दथ्यो । आफूलाई मानिसले समेत पूजाआजा गरेकोमा ठूलै दम्भ कागको थियो ।
एउटै रूखमा गुँड लगाई बसेको कोइली चरालाई भने आफूले मीठो स्वरमा गाउन सके पनि कुनै दम्भ थिएन । कोइलीले सधैँ वसन्तयाममा मीठो स्वरले गाउनुपर्ने प्राकृतिक नियम थियो । वासन्ती पालुवामा लुकेर कोइली सधैँ कुहु-कुहु गर्दै कराउँदथ्यो ।

शीर्षक के हो ? (मुना २०६६ मंसिर )

  • by

स्कुल छुट्छ । विद्यार्थीहरू घरतर्फ लाग्छन् । सौरभ र दीपा पनि घर र्फकँदै छन् । स्कुलमा सामुदायिक एकाइ खोलिएको छ । त्यहाँको अध्यक्ष, उपाध्यक्ष पनि यिनीहरू हुन् ।
मानिसहरूको हुलले यौटी अधबँैसे महिलालाई लखेटिरहेको उनीहरू देख्छन् । उनीहरू त्यहाँ गएर विस्तृत विवरण बुझ्छन् । सत्य कुरा थाहा पाउँछन् ।

साँच्चैको हिरो

बिहानको नौ बजेको थियो । म नागपोखरीको पार्कमा बसिरहेको थिएँ । त्यति नै बेला मैले दस-एघार वर्षको एकजना केटोलाई देखेँ । ऊ सबैसँग हात फैलाउँदै एक-दुई रुपियाँ मागिरहेको थियो तर कसैले पनि उसको पुकार सुनिरहेको थिएन ।
हात फैलाउँदै केटो मेरो नजिक आइपुग्यो । मैले ट्वाल्ल परेर उसको अनुहारमा हेरिरहेँ । एकछिन त ऊ मसँग डरायो पनि । मैले मुसुक्क हाँसेर उसको हातमा पचास रुपियाँको नोट राखिदिएँ । केटोले मलाई क्वारक्वार्ती हेर्न थाल्यो ।

बाई बाई विनिता

  • by

“अचेल प्रयाग राम्रोसाग कुरा पनि गर्दैन । स-साना कुरामा रिसाउने र र्झकने गर्छ । अचेल उसलाई के भएको छ ?” आमाले प्रशंसालाई सोध्नुभयो ।
“खै ? मलाई यसबारेमा त्यति धेरै थाहा छैन । अचेल ऊ स्कुलमा पनि पढाइमा त्यति ध्यान दिादैन रे । उसका साथीहरू यसै भन्छन् ।” प्रशंसाले भाइ प्रयागको बारेमा आफूलाई थाहा भए जति कुरा आमालाई भनिन् ।

शीर्षक के हो ? (मुना २०६६ असोज )

  • by

मिहिनेतपूर्वक पढेर कोही डाक्टर भए त कोही इञ्जिनियर र कोही हाकिम भए । अर्थात् उसका सबै साथीहरू जागिरे भए । उसले पढाइमा ध्यान दिएन र खराब सङ्गतमा लागेर उर्वर समय त्यत्तिकै खेर फाल्यो । कति वर्ष परीक्षा

लोभ लाभ विलाप

  • by

रानीवनमा चंखे फ्याउरोको एक जोडी बस्दथ्यो । फ्याउरा फ्याउरीले वनमा भएको एउटा ओडारलाई आफ्नो घर बनाएका थिए । उनीहरू दिनभरि वनमा पाइने चराचुरूङ्गी, चराका फूल वा जङ्गली फल खाएर आफ्नो गुजारा चलाउँदथे । वनमा

फुच्चे रोबोट

  • by

ज्ााडोको महिना । सात बजेको छ । गर्मीको महिना हुँदो हो त सात बज्दा उज्यालै हुन्थ्यो । अहिले त सात बज्दा मध्यराति जस्तो । त्यसमाथि सुमन घरमा एक्लै छ । आमा मामा घर जानुभएको छ । बाबा अफिस । अफिसबाट घर आउन

कस्तो फुरु फुरु परेको छ

  • by

बाहिर पूर्व रातो भइसकको थियो । लुनु सुत्ने कोठा नजिकै झ्यालमा आएर भँगेराहरू ‘ट्याउँ ! ट्याउँ ! च्याँ ! च्याँ ! चिरिरिरी !’ कराए ।

फुर्तिली नवीना

  • by

“आमा ! आज बजार घुम्न जाऔँ न ! बजारमा राम्राराम्रा खेलौनाहरू पाइन्छन् । आज बिदा पनि छ ।” नवीनाले जिद्दी गरेर भनी । बाह्र वर्षकी नवीना ज्यादै जिद्दिवाल छे । उसलाई आज बजारमा घुम्न जाने रहर जागेको छ ।