Skip to content

संस्मरण

प्राज्ञिक जीवनको मोड

  • by

एकदिन म अमेरिकाबाट फर्किएकी एक आफन्तलाई लिन एयरपोर्ट गएको थिएँ । यो सन् १९८५ को कुरा हो । उहाँलाई घरमा ल्याइपुर्‍याएर आफ्नो मोटरसाइकलमा विभागतिर लागेँ । विभागमा मेरा एक जना गुरु मलाई कुरिरहेका रहेछन् । उनी कीर्तिपुरमा विभागीय प्रमुख भएर प्रवेश गरेका रहेछन् । डीनले आफ्नो पदावधि समाप्त हुनुअगाडि उहाँलाई कीर्तिपुरमा विभागीय प्रमुख बनाएर पठाइदिएका थिए । यो मेरा लागि एउटा ठूलो विस्मात् थियो । सन् १९७८ देखि केन्द्रीय विभागमा विभागीय प्रमुखका रूपमा पूर्ण समर्पण र इमानदारीसाथ काम गरेको थिएँ । मबाट कुनै गल्ती भएको थिएन । मसँग एक शब्द पनि नसोधी बिनाकारण मलाई विभागीय प्रमुखबाट हटाइएको थियो ।

पारिजातका पात्रहरू

  • by

२०२० को दशकमा चर्चाको शिखर टेकेकी ‘शून्यवादी पारिजात ‘राल्फा’ र ‘कम्युनिस्ट’ भएपछि पनि आफ्ना दर्जनौं कृति र जीवनशैलीमार्फत समेत चर्चित छन् ।

पारिजातसँग मेरो दोहोरी थिएन । मेरो २०२७ सालमा छापिएको ‘लिलाम’ उपन्यास पढेपछि उनले मलाई पहिलो पत्र लेखिन् । प्रतिष्ठित लेखिकाको प्रशंसात्मक पत्र पाएर मलाई सुखद आश्चर्य भयो । डेढ वर्षको त्यस दोहोरीमा मसँग एउटाको उतारसमेत उनका सात थान पत्र छन् । अरू केही थिए, हराए ।

इतिहासको साक्षी तस्बिर

  • by

देश र प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने महान् व्यक्तिहरूका जीवनगाथा र राणाविरोधी संघर्षका क्षणहरू सुन्दै जाँदा ममा क्रान्तिकारी भावना बढ्दै गएको थियो । विसं १९९७ को घटनाले त मेरो जीवनमा ठूलै हलचल र परविर्तन ल्याइदियो । त्यसपछि मैले मनमनै आफूलाई राणाविरोधी क्रान्तिकारी मोर्चामा संलग्न गराउने निधो गरेको थिएँ । मेरा दाइ चित्रबहादुर केसीलाई नेपाल प्रजापरष्िाद्को काण्डमा काठमाडौँ उपत्यकामा आउन नदिने गरी डाँडा कटाइएको थियो । यस घटनाले पनि मलाई क्रान्तिकारी मोर्चामा संलग्न हुन उत्प्रेरति गर्‍यो ।

त्यो रोमाञ्चित विगत

  • by

नेपालमा बीपी कोइरालाजस्तो दूरदर्शी अर्को नेता नै जन्मिएन । त्यसबेला पनि नेतृत्वप्रति चर्को वितृष्णा हुँदा बीपीप्रति कसैको कुनै गुनासो थिएन । नेतृत्वका अन्य सदस्यको विरोध गरे पनि बीपीको सबै तारिफ नै गर्थे । बीपीकै कारण दुई कांग्रेस एक भए, साथसाथै अन्य सानातिना पार्टीहरूलाई पनि उहाँले मिलाएर लैजानुभयो ।

एउटा घमाइलो मध्याह्न

  • by

जिन्दगानीसँग छुटाउनै नमिल्ने दुःखसुख जत्तिकै अन्योन्यासि्रत लाग्छन्, अम्बर गुरुङका कालजयी संगीतकर्महरू । तिनले भित्रैसम्म छुन्छन् र निरन्तर छोइरहन्छन् । उनका गीतसंगीतले कहिले ‘ए कान्छा, मलाई सुनको तारा खसाईदेउ न…’ भनुँ-भनुँ पार्छ, कहिले ‘रातो र चन्द्र सूर्य’ गाइरहँदा दबिएको देशप्रेम सुषुप्त ज्वालामुखीझैं मनको सतहमा विस्फोट हुन्छ त कहिले ‘प्रश्नलाई पनि प्रश्न छ’ मेरो भनेर भोगाइको गुढ रहस्यमा अल्झाएर रनभुल्लमा पार्छ । कहिले ‘सम्हालेर राख, सँगालेर राख’ भन्दै छोटो जीवनको बेफुर्सदीमा मायालाई अजम्बरी बनाउने गुरुमन्त्र सिकाउँछ ।

पुरेतको भेषमा बीपी र कृष्णप्रसाद

  • by

बीपी कोइरालाको पहिलो काठमाडौँ आगमन र उहाँसँग जोडिएका केही रमाइला प्रसंग मेरो स्मृतिपटमा ताजै छन् । कृष्णप्रसाद भट्टराईलाई साथ लिएर बीपी काठमाडौँ आउँदा उहाँहरूलाई भूमिगत राखेर सुरक्षाको बन्दोबस्त मिलाउने काम तत्कालीन नेपाली कांग्रेसका ‘कोरग्रुप’का सदस्यका अतिरिक्त संगठन विस्तारमा लागेका हामीहरू जस्ताकै थियो ।

म गीतकार पनि भइहालेँ

  • by

आमाको गर्भमा रहँदादेखि नै मैले मीठो गीत सुन्न पाएँ। मीठो गायन सुन्न पाएँ। कति भाग्यमानी म! बहुत थोरैले पाउछन् यस्तो मौका। यस्तो मौका पाएकैले होला म गीतकार पनि भइहाले। यस्तो मौका नपाएको भए सायद म गीतकार हुन सक्दिनथे होला।

कोही कोही त भन्छन्, ‘तिमी त अघिल्लो जन्ममा पनि गीतकारै थियौ होला र त लेख्छौ यति राम्रा गीतहरू!’

जे महेन्द्रलाई थाहा दिइएन

  • by

“दुई कांग्रेस मिल । नेतृत्वका लागि विभाजित नहोओ । म तिमीहरूलाई जस् तो पनि सहयोग गर्न तयार छु ।” तत्कालीन राजा त्रिभुवनले मलाई भेट्नासाथ भनेको पहिलो वाक्य यही थियो । “म देश र प्रजातन्त्रका निम्ति ज्यानको आहुति दिन पनि तयार छु ।” बडो भावुक हुँदै त्रिभुवनले भनेका यी वाक्य सम्झँदा मलाई अहिले पनि कताकता मन चसक्क घोच्छ । अहिलेको राजनीतिक परिवेश र स्वयं नेपाली कांग्रेसकै अवस्था देख्दा पनि नरमाइलो मात्र होइन, मनै दुखेर आउँछ ।

बेलडाँगी सम्झना-बिर्सना

  • by

झापा दमकदेखि उत्तरतिरको धुलौटे पिच बाटोमा आधा घन्टाको मोटरसाइकल यात्रापछि एउटा ठाउँ आउँछ, बेलडाँगी शरणार्थी शिविर । टाटीले बारेका एकनासका मसिना छाप्रा लहरै छन् जहाँ हजारौं भुटानी शरणार्थी १६ वर्षदेखि जीवन बिताइरहेका छन् । दमक नगरपालिकाको ५ नम्बर वडा पर्ने बेलडाँगीमा तीन शिविर छन् । यीमध्ये अधिकांश शरणार्थी भुटानी सरकारको भेदभाव र अत्याचार सहन नसकेपछि दक्षिण भुटानको आफ्नो थातथलो छाडेर यहाँ आइपुगेका हुन् ।

रातभर चन्द्रमा खसिरह्यो…

  • by

पुराना दिन पुराना लुगा होइनन्, मन लाग्दा टक्टकाउन मिल्ने। पुराना कैयौं दिन यस्ता हुँदा रैछन्, जो भित्री दिमागमा चेप्पिएर बसेका हुन्छन्, कहिलेकाहीँ ती चेप उक्किन्छन्। शिवरात्रीको तयारीसहित पशुपतिका भर्‍याङ, चेप र घुम्तीहरूमा धुँवा बेस्मरी उड्न थालेपछि, नङ्गा बाबाहरूले हातमा झाडू समाएर आशिर्वाद दिने तयारी गरिरहँदा अचानक पुराना दिनहरू मेरा आँखाभरी झल्झली आउन थालेका छन्, एकपछि अर्को। एल्बमका पाना पल्टाएजस्तो।

हजाममार्फत त्रिभुवनसँग भेट

  • by

२००७ सालको क्रान्तिले ल्याएको प्रजातन्त्रलाई मानिसहरूले सही रूपमा व्याख्या गरेको म पाउँदिनँ । मानिसका आ-आफ्नै किसिमका धारणा आइरहेका छन् । इतिहास मनगढन्ते र व्यक्तिपरक हुनुहुँदैन । सबै मानिस आफूलाई केन्द्रमा राखेर इतिहासको बखान गर्छन् । तर, इतिहास वास्तविक र सत्यमा आधारित हुनुपर्छ । जित्नेको मात्र होइन, हार्नेको पनि सही इतिहास लेखिनुपर्छ ।

चिराग तो जलाओ, बडा अन्धेरा है

  • by

निकै वर्षअगाडि सुनेको यो गजलको अर्थभन्दा पनि मर्म आजको यो निस्सासिँदो अन्धकारमा बुझ्दा मनमा आत्मग्लानि सोच आउँछ र छटपटी हुन्छ । र, सोच्न थाल्छु-किन हामी आवश्यक परेको बेला मात्र अनावश्यक भनेर फालेका कुराहरूको सम्झना गर्दै पछुतो गर्छौं ? किन हामीले भोगिसकेका भइपरि आउने त्यस्ता संकटहरूका समाधान अघिबाटै गर्ने पहल गर्दैनौं ? आज हामी असह्य भएर भोगिरहेको यो अन्धकार यसै वर्षबाट सुरु भएको समस्या होइन । हामीले यो संकेत अघिबाट पाइसकेका थियौं । तर के गर्ने ?

डलर काण्डमा दरबारसमेत लाग्यो

  • by

गरीब देशहरूलाई पैसाको प्रलोभन दिएर गरिने कारोबारलाई ‘मनि लन्डि्ङ्’ भनिन्छ । विश्वका अधिकांश गरबि देशमा यस्तो प्रक्रिया अपनाएर गैरकानुनी कार्यहरू सञ्चालन गर्ने पुरानै तरिका हो । इन्डोनेसियाजस्ता देशमा त मनि लन्डिङ्को बिगबिगी नै छ । नेपालमा पनि यो डलर काण्डका रूपमा चर्चित रह्यो ।

सयरको साटो सीडीओ

  • by

त्यसबेला वाणिज्य विभागको डेपुटी डाइरेक्टर भए पनि डाइरेक्टर नभएकाले मलाई नै कार्यवाहक सुम्पिएको थियो । मैले सचिवलाई भनेँ, “पछि गएर यो खतरनाक हुन्छ, अन्तिममा भारतलाई मात्र होइन, हामीलाई पनि ठूलो नोक्सानी पुर्‍याउँछ । अन्ततः ठूलालाई केही हुँदैन, बढी मार हामीजस्ता कमजोरलाई नै पर्ने हो । हामी यो काम नगरौँ ।”

त्यो दिन यसरी आयो

  • by

२००७ कात्तिक २० गते बिहान शीतल निवास पस् ने विचारले श्री ५ त्रिभुवन ठूलो पहेँलो मोटरमा एक्लै सवारी भएको थियो । यसबारे कसैले थाहा पाएका थिएनन् । मौसुफको सोच पनि भारतीय दूतावासमै पस् ने थियो । त्यहीँ रहेका हामीले मौसुफ त्यहाँ एक्लै सवारी हुनु राम्रो हुँदैन, परविारसहित सवारी हुनुपर्छ भनेर अनुरोध गर्‍यौँ । सोही आग्रहबमोजिम कात्तिक २१ गते नागार्जुनमा सपरविार वनभोज र सिकार गर्ने निहुँ पारेर प्रधानमन्त्रीको अनुमतिका लागि मौसुफबाट खबर भएछ ।

सूर्तीको स्वाद

  • by

मैले सबैभन्दा धेरै आशिर्वाद आगो ओसार्दा पाएको छु । अर्थात् बाल्यकालमा चुरोट, बिँडी तथा सूर्ती सल्काउन चुल्होबाट आगो ल्याइदिँदा गाउँघरका धेरै अभिभावकहरूबाट मैले थुप्रै आशिर्वाद पाएँ ।

यसरी सहिद भए गंगालाल

  • by

शोभाभगवतीमा दशरथ चन्दलाई गोली हानिरहँदा छेवैमा बाधिएका गंगालाल राणाशाहीलाई गाली गररिहेका थिए । त्यो देखेर रिसले चुर भएका नरशमशेरले गंगालालको घुँडा र तिघ्रामा तीन गोली हाने । गंगालाल भने आफूलाई लागेको गोली गन्दै थिए । यो सबै अत्याचारको दृश्य हेररिहेको दोस्रो पोडे, जसलाई गंगालाललाई गोली ठोक्न ल्याइएको थियो, त्यसलाई नरशमशेरले आखिरी गोली हान्न अह्राए । तर, त्यसले मरिगए गोली हान्न सकेन, बरु रुन पो थाल्यो ।

ती साहसी महान सहिद

  • by

विसं १९६२ सालतिर हुनुपर्छ, चन्द्रशमशेरको पालामा सिंहदरबारको एउटा महासभामा शुक्रराज शास्त्रीका पिता माधवराज जोशीलाई शास्त्रास्त्रका निम्ति निम्त्याइको थियो रे ! उनले त्यहाँ मूर्तीपूजाको विपक्षमा आफ्नो विद्वतापूर्ण मत राखेछन् । त्यसपछि त के थियो, उनीमाथि त्यहीँ मारपिट भयो । रगताम्य पारयिो । त्यतिले नपुगेर उनलाई सहर घुमाई दुई वर्षको कैद तोकी जेल हालियो । उनका अनुयायीलाई पनि सजाय भयो । केहीलाई त वर्षदिनसम्म पशुपतिनाथ मन्दिरको दर्शन गरी चन्दन लगाउने सजाय पनि सुनाइएको थियो रे !

हाँसीहाँसी मृत्युवरण

मेरो जिजुबुबाको ल्याइतेपट्टिकी फुपू जुलियानासँग दशरथ चन्दको मायापिरती बसेको कुरा सुनेको थिएँ । तर, त्यतिबेला सबै थाहा पाउने कुरै भएन । किनभने, म नौ-दस वर्षको केटाकेटी नै थिएँ । दशरथ चन्दले रामनगरबाट वन विभागमा जागिर खाएको कुरा उल्लेख गर्दै मेरो बुबालाई चिट्ठी लेखेपछि भने उहाँले सबै कुरा खुलस्त पारिदिनुभयो । त्यसपछि मात्र हामी सबैले उनको मायापिरतीका बारेमा औपचारिक थाहा पायौँ ।

डलर टिप्ने यात्रा

  • by

बिदेश बिदेश बिदेश याने कि मनी मनी मनी !!! पन्जाब होसियारपुर का पाजी हरु पछी बिदेश हात खुट्टा नै फ्याकेर डौडने मा हामी नेपाली हरु दोस्रो मा पर्दछौ क्यारे । पढेर १८० कै डिग्री लेका हुन कि ० डिग्री सम्म का सब लाई बिदेश नै प्यारो भलै घर को भैंसी बेचेर बिदेश भेडा चराआउन नै किन नपरोस , भलै घर को दुधे बच्चा छोडेर बिदेश मा बेबी सिटिङ नै किन गर्न नपरोस , भलै घर का बुढा आमा बाबु छोडेर बिदेश मा सिनियर को सेवा गर्न किन नपरोस झर्नु पर्‍यो डलर !!1