Skip to content

संस्मरण

वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्वास्थ्य दिन प्रतिदिन बिग्रँदै गएको कुरा प्रचारमा आइरहेका थिए । त्यतिबेला म हालखवर दैनिकमा संवाददाता पत्रकार थिएँ । त्यस समयमा हालखवर अपराहृन अड्डा छुट्ने बेलामा निस्कन्थ्यो । यौटा पत्रिकाको मूल्य दुई पैसा पथ्र्यो । लक्ष्मीप्रसाद देवकोटाको बारेमा समाचार सङ्कलन गर्न सम्पादक दाताराम शर्मासँग सल्लाह गरेँ ।

वाद-प्रतिवादमा बीपी र चाउ एनलाई

  • by

तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको निमन्त्रणामा चिनियाँ प्रधानमन्त्री चाउ एनलाई २०१७ वैशाख १४ गते नेपालको चारदिने भ्रमणमा आएका बेला रमाइलो पारामा कूटनीतिक सवालजवाफ भएको थियो, जो म अहिले पनि सम्झिन्छु । म त्यसबेला कानुन सहायकमन्त्री थिएँ । चीन भ्रमणका क्रममा थाँती रहेको शान्ति र मैत्री सन्धि यसै भ्रमणका क्रममा हस्ताक्षर गरेर टुंग्याइएको थियो । आर्थिक सहायतासम्बन्धी सातबुँदे सहमतिमा पनि यसैबेला हस्ताक्षर भएको हो ।

त्रिभुवनसँगका रोचक प्रसंग

  • by

घटना मातृकाबाबु प्रधानमन्त्री हुँदाको हो । पूर्वराजा ज्ञानेन्द्रकी आमाको विवाह श्री ५ महेन्द्रसँग भएपछि कारणवश उनको मृत्यु भयो । तत्पश्चात् श्री ५ महेन्द्रले स्वर्गीय महारानीकै बहिनी रत्नसँग प्रेम भएक

महाकवि देवकोटा केही संस्मरण

  • by

प्रकृतिको यो विशाल साम्राज्यमा मानिस मात्र एउटा यस्तो प्राणी छ जसले आफ्नो बुद्धि र विवेकले सबै विषय र वस्तुलाई नियालेर हेर्छ र त्यसको यर्थातातिर इंगित गरेर अरूलाई चिनाउने कोशिस गर्छ । त्यस्ता व्यक्तिक

कर्मयोगी लक्ष्मण सर

  • by

विसं २०१६ को कुरो हो, पद्मोदय हाइस्कुलमा म ६ कक्षामा पढ्थेँ । ईश्वरराज अर्याल नयाँ शिक्षकलाई लिएर छिँडी-तलामा रहेको हाम्रो कक्षामा प्रवेश गर्नुभयो र चिनारी गराउनुभयो, “अब तिमीहरूलाई उहाँले अंग्रे

भीरको खोजी

  • by

जीवनलाई विसङ्गतिमयरूपमा साहित्यमा व्याख्या गर्ने परम्परा विश्वमै धेरै पुरानो हो । ठूलाठूला महाकाव्य र ग्रन्थहरू यसै मान्यतामा लेखिएको भेटिन्छन् । ग्रीक मिथक सिसिफसको कथा विसङ्गतिको प्रतीक हो जसको अत्य

बाइस्कोप, मुभी, सिनेमा

  • by

पराल छ्याएको भुईं र जाडोको याम थियो। ठूलो पालभित्र भुईंमा पलेँटी मारेर दर्शकहरू बसेका थिए। आमाको दूध छाडिनसकेको म उहाँकै काखमा थिएँ। सामुन्नेको पर्दामा एक मोटो र दुष्ट पुरुषले एउटी गरिब दुखियारी आइमाई

ठूलो घर

  • by

त्यसो त त्यो घर ठूलै थियो सामान्य नेपाली घरभन्दा। चोकको चौगिर्दा घर थियो। साथै थप-घर, पुलघर र चौर, बारी, गोठ, तबेला अनि मोटर ग्यारेज समेत थिए। तर त्यसलाई आकारले मात्र ठूलो घर भनिएको होइन। अनेकार्थी थि

मनमा गढेको पीडा र गर्व

  • by

बोर्निओको सारावाक टापुमाथिको दाबीलाई लिएर इन्डोनेसिया र मलाया (मलेसिया)का बीच सन् १९६२-६५ मा भीषण लडाइँ चलेको थियो, जसमा म पनि सामेल थिएँ । मैले बेलायतको उपनिवेश रहेको मलायाका तर्फबाट त्यो युद्ध

छाप्रोमै बसेर लेखेँ

  • by

कठिन सङ्घर्ष र निरन्तर योगदानले गर्दा नै होला ‘जगदम्बाश्री’ जस्तो गरिमामय पुरस्कार पाउन सकेँ । मैले आफ्नो जीवन सङ्गीत क्षेत्रमै समर्पण गरेर लागिपरेको छु, यसरी लाग्ने क्रममा गर्नुपरेको सङ्घर्ष र भोग्नु

मलायामा गुरिल्लाविरुद्ध लड्दा

  • by

ज्यान कतिबेला जाने हो, कुनै ठेगान नहुने । लुकेर कतिखेर प्रहार गर्ने हुन्, कुनै पत्तो छैन । त्यस युद्धमा बिताएको तीन वर्ष ज्यादै कष्टकर रह्यो ।

निजत्त्व पाठ र महाकवि

  • by

महाकवि लक्ष्म्ाीप्रसाद देवकोटाको शतवाषिर्कीमा विशेषाङ्क निकाल्न धेरै पत्रिका जुर्मुराएका स्पन्दन मोबाइलमा बज्छन् अनि बिजुलीपत्रमा निस्किन्छन् आजकल । सुखद अनुभव हो । कताकता लाग्छ अब फेरि देवक

प्रोफेसर डाक्टर निरक्षर

  • by

छयालीस सालमा पुना विश्वविद्यालयबाट पिएचडी गरेपछि र चौवन्न सालमा त्रिभुवन विश्वविद्यालयको प्राध्यापक भएपछि सन्ताउन्न सालमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा नेपाली भाषा विशेषज्ञ भएर काम गर्न पेइचिङ जाँदा म डाक्टर भएको एघार वर्ष र प्राध्यापक भएको तीन वर्ष पुगेको थियो तर चीन पुगेपछि म निरक्षर भएँ । आफ्नो पृष्ठभूमि बिर्सेरभन्दा सम्झेर निरक्षर हुँदा बेग्लै स्वाद आउँदो रहेछ ।

पर्चा छर्दाको हलचल

  • by

बनेपामा नेपाली कांग्रेसको नेतृत्वमा हुने हरेक कार्यक्रममा राजदास श्रेष्ठमार्फत नै सरकि हुने गर्थें । त्यसबेला बनेपामा कांग्रेस समर्थक कार्यकर्ता औँलामा गन्न सकिने संख्यामा थिए । तर, उनीहरूलाई परचिालित गरेर राम्रै उपलब्धि हासिल भएको थियो । राजदासका राजनीतिक गुरु भने सुन्दरराज चालिसे हुन् ।

यसरी बच्यौँ मृत्युदण्डबाट

  • by

पुराना कुराहरू सम्झिंदा मन त्यसै रोमाञ्चित हुन्छ । भन्न त जिउँदो सहिद पनि भन्छन् । तर, वर्तमान भने कहालीलाग्दो छ । कसैको सहाराबिना केही गर्न सक्दिनँ । दिसापिसाबसमेत ओछ्यानमै गर्नुपर्ने अवस्था छ । बोली लड्खडाउँछ । मनका कुरा शब्दमा व्यक्त गर्न सक्दिनँ । कहिलेकाहीँ त दिमागले पनि काम गर्न छोड्छ । नानाथरीका कुराहरू खेल्छन् । त्यसै कता हो कता पुग्छु, बड्बडाउँछु । केही चीज ठेगानमा नभएजस्तो लाग्छ ।

अमेरिका र टोपी किस्सा

  • by

चार भिन्न रङका टोपी भए अमेरिका जाँदा । लुगाप्रति विशेष अनुराग नभए पनि विदेशमा टोपीको पहिचानले आत्मियता जगाउँछ भन्ठानी टोपीहरू चार थान बोकेको थिएँ । वास्तवमा यही एउटा खास चिनारी त छ हाम्रो पोशाकको ।
अमेरिका बसुन्जेल टोपीका केही अनुभवहरू रहे । तीता-मीठा अनेक छन् तोपीका अनुभव र अनुभूति मेरा ।

ब्रेल लिपिमा पढाइ सुरु गर्दा

  • by

विसं २०२० मा ल्याब्रोटरी स्कूल नछिरुन्जेलसम्म मलाई नेत्रहीनहरूले पनि पढ्ने लिपि छ भन्ने ज्ञान थिएन । त्यसबेला अमेरकिी महिला इशाबेल ग्रान्ड, जो स्वयं नेत्रहीन थिइन्, ले नेत्रहीनहरूका लागि अमेरकिामा गरेका कामका बारेमा खुबै चर्चा थियो । त्यहाँ नेत्रहीनहरूका लागि छुट्टै स्कूलको व्यवस्था त धेरै पहिलेदेखि थियो तर सामूहिक रूपमा आँखा देख्ने र नदेख्ने सबैलाई एउटै थलोमा राखेर एकीकृत अभियान अन्तर्गतको शिक्षा भने भर्खर-भर्खर सुरु भएको थियो ।

घर एउटा कविता

  • by

तिनताक म राष्ट्रिय वाणिज्य बैंकको बुढानीलकण्ठ शाखामा प्रबन्धक थिएँ । शुक्रबार आधा दिनमात्र चल्ने भएकाले म बैंकको दैनिक कारोबार बन्द गर्ने तरखरमा भएकै बेला ईश्वरबल्लभ दाइको फोन आयो । उहाँले घरमा आउने निम्तो गर्नुभयो, त्यही दिन ।

अरिष्ट र गरिष्ट हुँदै वरिष्ठ भएँ

  • by

सुन्ने र पढ्नेलाई प्रस्तुत रचनाको शीर्षक देखेर अवश्य अनौठो लाग्न सक्छ । म आफैँलाई पनि त्यस्तो लाग्न सक्छ किन कि मैले जे भन्न खोजेको छु त्यो अनौठो नै छ र खासगरी म व्यक्तिसँग सम्बन्धित छु । अर्थात् मेरो आफ्नै बारेको, खासगरी बाल्यकालदेखि सङ्घर्ष गर्दै आएर जवानीसम्म पुगेको कुरा । खास गरी मैले यसमा तीनवटा त्यस्ता विशेषण बुझाउने शब्दलाई मेरो आफ्नै जीवनमा प्रयोग गरें ।