गजल (गीत)
म कस्तो छु त
खनी जोती बिऊ बिजन छर्नु परे छर्छु मत
माटो त के ढुंगा संग लर्नु परे लर्छु मत
साथी संगी मरिमेट्ने सानै देखि बानी लाग्यो
माना पाथी जे भेटिन्छ भर्नु परे भर्छु मत
यात्रा गर्दा रोक्ने हरु छेक्ने हरु खबरदार
बाटो छेक्ने हरु सँग पर्नु परे पर्छु मत
मेची देखी काली सम्म जहाँ जानु पर्छ मैले
काम पर्दा भिर पाखा नदी नाला तर्छु मत
नम्लो ड़ोको कुटे बोकी हिड़ने मान्छे परियो
धामी बैध ज्योतिसीनि गर्नु परे गर्छु मत
मलाई तिम्रो डर लाग्छ ।
विदेशको भन्दा बढि स्वदेशकै भर लाग्छ,
त्यै भर पनि तोडी दिन्छौ मलाई तिम्रो डर लाग्छ ।
अन्धकारदेखि बिरक्तिएर ज्योति खोजी गर्दा,
किनबेचको बस्तु ठान्छौ विरोध गर्न कर लाग्छ ।
स्वाभिमानलाई थोक बजारमा बेच्न नसके पनि,
छानो चुहुने, ढल्न लागेको प्यारो मेरै घर लाग्छ ।
छद्म नाम र भेषमा विदेशको सयर भन्दा,
देशको सुगन्ध मिसिएको प्यारो मेरै थर लाग्छ ।
विदेशको भन्दा बढि मलाई स्वदेशकै भर लाग्छ,
त्यै भर पनि तोडी दिन्छौ मलाई तिम्रो डर लाग्छ ।
कुरा गर्छौ
कोहि हासेर पागल भए तिमि मर्ने कुरा गर्छौ
तिमि त रोएर राम कि सिता हर्ने कुरा गर्छौ
कसै कसैको आकाशमा बस्ति छ रे सुनियो
उसैको बैंक खातामा रकम भर्ने कुरा गर्छौ
क्यासिनोमा हजारौको बाजी हार्छन जित्छन
भाडा दिन नसकि नया कोठामा सर्ने कुरा गछौ
कोहि कोहि ले त चन्द्रमा बाट हामीलाई हेरे रे
केबुलकार छाडी हिडेर त्रिसुली तर्ने कुरा गर्छौ
म भन्दै नआऊ अब
तिमीलाई भुलीसके म भन्दै नआऊ अब
घरि घरि मेरो दैलो येसरी न धाउ अब
तिमीलाई भुलीसके म भन्दै नआऊ अब
स्वार्थी यो दुनिया रे ,तिमि पनि येसकै अंस
झुटो आसु देखाउन ति नयन नभिजाउ अब
तिमीलाई भुलीसके म भन्दै नआऊ अब
भन्छौ तिदिन भुली फेरि नया सुरुवात गरौ
भरिएको यो घाउमा भो मलम नदेखाऊ अब
घरि घरि मेरो दैलो येसरी न धाउ अब
मै भन्दै रुदै आयेउ तिम्रो छ कि कुनै जाल
चर्को तिम्रो मायाको तापले नसेकाउ अब
घरि घरि मेरो दैलो येसरी न धाउ अब
तिमीलाई भुलीसके म भन्दै नआऊ अब
रुझेको त्यो तिम्रो तश्बीर खेल्छ मेरो वोरीपरि
झरी पर्दा सधै लग्छ तिमि छेउ त्यो झरी भरि
रुझेको त्यो तिम्रो तश्बीर खेल्छ मेरो वोरीपरि
घामका ति पोल्ने किरण एकाएक लोप हुदा
त्यो नीलो गगन ढाक्ने कालो बादल सरिबरी
रमाउदै हेर्थेउ तिमि माथि आकाशमै घरि घरि
काला बादल थोपा बनि धरतीमा खसेपछि
पानीको थोपा संग तिम्रो यॊउवनको लडीबढी
सुन्दर नृत्य देखौथ्योउ आगनको डीलमा सरि
मयल फाली धरतीको कालो बादल बिलाई जादा
रिसाए झैँ नाटक गरि जन्थ्येउ अलि टाडा सरि
मैले बादल पठाए झैँ हेर्नेगर्थेउ आखा तरी
झरी पर्दा सधै लग्छ तिमि छेउ त्यो झरी झरी
रुझेको त्यो तिम्रो तश्बीर खेल्छ मेरो वोरीपरि
मनको कुरा भन्नलाई कोइ अघि सरेनन् नि
वोल्लो छेउ पल्लो कुना नजरैको हाना हान
मनको कुरा भन्नलाई कोइ अघि सरेनन् नि
तस्बिर नि साथ राखे तर मुख फोरेनन् नि
आज पनि त्येही कुरा भोलि पनि उस्तै उस्तै
अघि बढ्न भेटघाटमा कसैले आँट गरेनन नि
आखा आखा मात्र जुधे मुटुमा कोइ झरेनन नि
मनकोकुरा गर्ला उसले भन्दै बाटो हेर्दा हेर्दै
दोबाटो आइ छुटिएछन् एउटई बाटो परेनन् नि
तै नि मुटु साटम भन्ने आँट कसैले गरेनन नि
बाणले झैँ मुटु छेड्ने तिम्रो नजरको तिर
बाणले झैँ मुटु छेड्ने तिम्रो नजरको तिर
दोष लग्यो मलाई प्रिय तिम्रो त्यो नजरको
तिम्रो त्यो यौवन अनि गुलाबी त्यो अधरको
डुइपल नजर के जुधेथे कुरा काट्ने बाटो भयो
चर्चा सिखर चढाईदिए यो सिङ्गै सहरको
सारा सहर दिवाना भो झुटो प्रेम लहरको
कल्पनामै भए पनि दुइ दिन त रमायेछु
अमृतझैँ पिई हिडें प्याला त्यो जहरको
छिटो पनि परेननि त्यो तिम्रो प्रेम नहरको
हल्ला संगै बिलाई गयो तिम्रो मेरो साथपनि
साथी तिम्ले अर्कै रोज्दा हाँसो हाँसे यो रहरको
आखिरमा ढुंगा भए म यो प्रेम बगरको
के कुरा
के कुरा ?
चाल तिम्रो देख्दा आफ्नो हाल को के कुरा ?
रुपरंग साँच्चै तिम्रो बबालको के कुरा ?
पुर्णिमा को चन्द्रझैं तिम्रो मुहारको चमक ,
अझ झर्झर फिजिएका कपालको के कुरा ?
देख्दै लट्ठ पार्ने तिम्रा नशालु ति नयनहरु ,
अनि दिलमा मच्चिएको धमालको के कुरा ?
मुस्काउँदा देखिने ति सेताम्य दन्ते लहरहरु ,
अझ स्वच्छ दिल तिम्रो कमाल को के कुरा ?
गजल : सवाल जवाफ
गजल दोहोरी
बिजे “बिद्रोही”:
मलाई नै फ्याँक्यौ प्रीये अरुलाई भेटे पछि।
धेरै खुशी मिल्यो होला मेरो नाम मेटे पछि।
चन्द्र चाम्लिङ:
सजाएर राखेकोछु मन मुटुमा प्रिय तिम्लाई
तेसै खुशी कहा मिल्छ मनमा छुरा रेटे पछि
बिजे “बिद्रोही”:
सजाकोथें हृदयमा छुरा हानी गयौ तिमी,
आज आखाँ खुलेको छ, चोट पाइ चेते पछि।
चन्द्र चाम्लिङ:
कति खोजे तिमीलाई दुनिया सारा संसारमा
पछुतो मै जीएकोछु ऐले सामु देखे पछि।
बिजे “बिद्रोही”:
अप्सरानै भन्ने-ठानी, पूजा गरें हृदयमा
पराईको तब भयौ अरु सँग लेटे पछि।
चन्द्र चाम्लिङ:
कैयौ पल्ट संझे मैले प्रियालाई त्यो बेलामा
कतै तिमी/ कतै म रुने भो !!
लाएर यो प्रित/ कतै तिमी/ कतै म रुने भो
यस्तै हो भने /माया जाल/आब न बुने भो
चल्छ भने/यसै गरि /सम्झौता बिना सँधै
तिम्रो मेरो /सम्बन्धको /केअर्थ ? रहने भो
लाएर यो प्रित/ कतै तिमी/ कतै म रुने भो
साथ् संग/ छुट्यो आज /दुरीहाम्रो टाढा भो
प्रवासभो /क्षितिज भो /छुनखोजि न छुने भो
लाएर यो प्रित/ कतै तिमी/ कतै म रुने भो
कस्तो यो/मिलन हाम्रो/ घाम र जूनजस्तो
बिछोड को/बिछोड रह्यो/संगम हुँदै न हुने भो
लाएर यो प्रित/ कतै तिमी/ कतै म रुने भो
बिरही लामा
लम्जुङ्ग-सिम्पानी-९
बगैचा
हाल-साउदी हाईल
गजल्: बिरोध हैन
बिरोध हैन/ साथि मैले /फरक बिचार/ राखेको हुँ
भाग खोस्न /खोज्या हैन /आफ्नो हक/ मागेको हुँ
बात नलाउ/ बिना बित्था /सुर्य चन्द्र /चोर्यो भन्ने
तिम्रो हैन /आफ्नै आँखा /हत्केलाले /ढाकेको हुँ
गर्जो पर्दा/अ-इचो पैचो/ खोले फाँडो/बाँडी खाँदै
मिलिजुली/अघी बढ्ने/ प्रस्ताब अघी/ सारेको हुँ
एक अर्काको/ खुट्टा ताने/ दुबै खाल्डो / भित्रै म-र्छौ
गल्फत्तिले /भलो हुन्न /देखी भोगी/ जानेको हुँ
इमान जमान/ नभएमा /सबै बाद/ बात मात्रै
वाक्क भ-ई/ चिल्ला कुरा/ सुन्न अचेल/ छाडेको हुँ
आफ्नो कथा
आफ्नो कथा आफै भित्र,लुकाएर बाँचेको छु
प्रेमको चीनो आँखाबाट,बगाएर बाँचेको छु
हृदयभरी चोटै चोट,ओठभरी मुस्कान बोकी
बाध्यतामा दुनियांलाइ,झुक्काएर बाँचेको छु
फूल देख्दा टोलाउछु,जून देख्दा टोलाउछु
यसरी नै पागल मन,टोलाएर बाँचेको छु
हाँसोख़ुशी दुर भयो,भाग्य खोटो भए पछि
आँसुले नै जीन्दगी यो,नुहाएर बाँचेको छु
आशा अनि भरोसाको,दीयो निभेपछि यहाँ
जीन्दगीको सपनाहरु,तुहाएर बाँचेको छु
