Skip to content

कहाँ थियौ तिमी


कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ
समयले जवानी लुटेपछि आयौ

तिमी र म सँगसँगै गर्नु हुन्थ्यो यात्रा
जिन्दगीलाई बोक्ने गाडी छुटेपछि आयौ

ओइलिएका रहरहरू पलाउँछ कि फेरि
सम्झनाको असिनाले चुटेपछि आयौ

स्वर – शिव परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *