सुमार्ग को बाटो छाडी गल्ली भित्र नपसौ है
देश को लागी केही गरौ अल्छी गरी नबसौ है
हिमाल रोयो पहाड रोयो तराइ पनि रोएको छ
धेरै पुत्र होइन देश लाई एउटै सपुत चाहिएको छ
राजनितिको समुन्द्रमा बल्छी थापी नबसौ है
देशको लागि केही गरौ अल्छी गरी नबसौ है
मुखले ठीक्क कामले दिक्क धेरैनै छन् पर्ने हरु
अब एक जुट हुनुपर्छ देशलाई माया गर्ने हरु
बाहिर धर्म भित्र पाप राखी छुरी नधसौ है
देशको लागी केही गरौ अल्छी गरी नबसौ है
