Skip to content

गजल (गीत)

आँफै पैसा छाप्न सकिन ।

गजल

आफ्नै मुटु आगो बाली ताप्न सकिन ।
छुट्टीएर जाने मन गाब्न सकिन ।

धन देख्यौ ठुलो कुरा माया चाहिनौ
तिम्रो लागि आँफै पैसा छाप्न सकिन ।

बिछोडले मन चर्की आँखा रसिदा
बग्ने आँसु अंन्जुलीमा थाप्न सकिन ।

जती चोट दिन्छौ तिमी लिन्छु हाँसेर
आसिश नै दिन्छु म सराप्न सकिन ।

आँफै सामु ल्याउँ भन्छु जान्छौ टाढेर
भावनाको दुरी हाम्रो नाप्न सकिन ।

प्रेम कौशल

DSCN9271-1[1]

ठुली कान्छीको भट्टीमा बस्न पाए हुन्थ्यो

गजल
ठुली कान्छीको भट्टीमा बस्न पाए हुन्थ्यो ,
अङालोमा उनलाई सधैं कस्न पाए हुन्थ्यो ।

मात एक बाहना हो एक दुई चुस्की रक्सिको,
हिजो अस्ती जस्तै आज डस्न पाए हुन्थ्यो ।

बोतलको तीनपानीले मताउन छाड्यो मलाई,
मदहोशी अधरमा अधर घस्न पाए हुन्थ्यो ।

सोम रस् को दोष हो कि दोष उनको यौवनको,
पुरै रात उन कैमा बास बस्न पाए हुन्थ्यो ।

पाइलाहरु लरबराए मात धेरै चढे जस्तै गरी ,
सम्हालिदै उनको काखमा खस्न पाए हुन्थ्यो ।

कति धाउनु उनको भट्टी दिक्क लाग्न थाल्यो,
उनको दिल मा सधैं सधैं पस्न पाए हुन्थ्यो ।
Copyright @ मोहन बिहानी
भक्तिपुर-७ सर्लाही

समुन्द्र त्यो उर्ली आयो किनारमा के छ त्यस्तो

समुद्र त्यो उर्ली आयो किनारमा के छ त्यस्तो
छाल झैं म अस्थिर छु निधारमा के छ त्यस्तो

तिमीभन्दा राम्रो छु म मैले बो’ल्या ठिक भन्छौ
साँच्चै भन तिम्रो मात्रै बिचारमा के छ त्यस्तो

तिम्लाई देख्ने मेरा आखा

तिम्लाई देख्ने मेरा आखा धमिला भा छन् अचेल
तिम्रा छाया टाढा भ र कमिला भा छन् अचेल
कति टाढा हुन्छौ सानी माया बिरानो पारि
कहिले कहिँ त सम्झिदेउ न मैले सम्झे गरि

दुइटा नाउ मा पाऊँ राखी हिंड्न वाध्य पारेउ मलाई

हिजो अस्ति म आउँदा तिमिले आँखा तारेउ मलाई
जिन्दजी को दोसाध मा खार्नु सम्म खारेउ मलाई

सुखमय जीवन जिउन के के सम्म गरिन मैले
आखिर घर को नत घाट को बनाएर मारेउ मलाई

सन्तती को नत माया नत माया मेरो गर्यौ
आफ्नै घर पराई बनाई किन बसाइ सारेउ मलाई

संसार अट्थ्यो तिम्रो मन मा येति कुरा अटायेनौ
दुइटा नाउ मा पाऊँ राखी हिंड्न वाध्य पारेउ मलाई

हिजो अस्ति म आउँदा तिमिले आँखा तारेउ मलाई
जिन्दजी को दोसाध मा खार्नु सम्म खारेउ मलाई
योग राज

मुन्टो बटार्ने रे !

कुराकानी नगर्ने रे, मन दुख्ता खेरि
बाटो कुरी नबस्ने रे, रिस उठ्ता खेरि
मन मिल्दा एकै साथ, कति बसेका थ्यौं
अब कतै भेट भए, मुन्टो बटार्ने रे !!

झसङ्ग भै हेर्ने गर्छेउ, आँखा कोर्ख्याऊदै
अब मिलन् हुनेछैन, भन्ने दर्साउंदै
वियोगको बाछिटाले, को को रुझ्छ भरे

विछोडको क्षणमा

माया भनी सजाए तिम्लाई अरु भनी होइन
दुई दिन लाई भनी माया लाएको नि होइन

फुल भनी टिपेको हुँ मैले काडा भनी होइन
विछोडले दिएको घाऊमा सिएको नि होइन

तिमीलाई आफ्नो बनाउनु गल्ती मेरो होइन
साथ देउ भनी हठ मैले लिएको नि होइन

समाजले बनायो टाढा बाध्यताले नि होइन
सगै मर्ने बाचा कसम त खाएको नि होइन

विछोडको पिरमा यस्तै हुन्छ भन्ने कोही छैन
तिमीबाट छुटनुपर्दा मन खिएको नि होइन

संगिनी

किन किन अरू भन्दा तिमि सार्हो राम्री देख्छु
भुल गरेकी पाप गरे जता ततै तिमि देख्छु
बर्णन गर्न कति गार्हो तिम्रो जालमा परि सके
तिम्रो नाम जप्दा जप्दै लौन म त मरि सके //

हजारौम तिमि एउटा मन परेकी मान्छे परयेउ
मेरै दिल म़ा बास बस्ने तिमि मेरो भान्छे परेयु
तिम्रो आँखा भन्दा राम्रो अरू कुनै देख्या छैन
मुटु भरि तिम्रै नाम अरू कुनै लेख्या छैन //

तिम्ले टेक्या पाइला पनि हेरू हेरू जस्तो लाग्छ
डेरा जमाई तिम्रै दिलमा सरू सरू जस्तो लाग्छ
कस्तो रोग तिम्रो सर्यो रोगि बनि बाचु जस्तो
सधै भरि तिमि लै अंगालो म़ा बाधु जस्तो

हिरो मात्र होइन राजेस सुपर स्टार भयौ

हिरो मात्र होइन राजेस सुपर स्टार भयौ
भौतिक शरीर ढल्यो केबल सम्झना मा रह्यौ

शृष्टिको नियम हो जानुपर्छ एकदिन सबले
दुनियालाइ रुवाएर अर्कै लोकमा गयौ

नसोचेको पीडा भोग्यौ गृहस्थि त्यो जिन्दगीमा
आफ्नै छाँयाले साथ छोड्दा सबै दु:ख सह्यौ

सबै भन्थे राजेस खन्ना बालक देखि बुढासम्म
दर्शकहरुको मन मस्तिस्कमा केबल तिमी छायौ

भावपूर्ण श्रद्दान्जली फिल्मी नायक तिमीलाइ
अमर रहोस तिम्रो आत्मा आखिर के नै लग्यौ

आफ्नै मान्छेलाइ पनि पराइ देख्छ मान्छे

आफ्नै मान्छेलाइ पनि पराइ देख्छ मान्छे
जति सहयोग गर्यो उल्टै टाउको टेक्छ मान्छे

स्वार्थि दुनिया यस्तै छ कसलाइ के भन्नु खै
अरुको प्रगतिको बाटो मात्र छेक्छ मान्छे

सधै भरि अरुको आलोचना गरेर नथाक्नेले
सत्यकुरा तोडमोड गरी झुटा कुरा लेख्छ मान्छे

आफुलाइ महान ठान्छ गर्न केहि नसके नि
दिनरात घमन्डको राप सेक्छ मान्छे

अरुको लुट्न खोज्छ आफ्नो दिन्न रौं पनि
गुन सबै बिर्सिएर घांटी अंचेट्छ मान्छे

दिल

राप नै रापको तापमा जले पनि
भुल्नै गाह्रो हुदो रैछ
सम्बन्धको तागारो नै भत्के पनि
यो कस्तो दिल हो, मैले जान्दै जानेन।

नजर अन्दाज जति फेरे पनि
घेरो त्याँही बाँधि बस्छ
किन होला, दिल कै वारीपारी
दिललाइ सोध्यो,बुझ्दै बुझेनन् ।

तापै तापले जल्दै गयो
छैन यहाँ हरभर, जल
जिवनले कोल्टे फेर्दै, रूपै फेर्र्यो
फेरी यहाँ दिल नै भयो मरूस्थल।

माया मारेर भन्छेउ मैले के बिगारें ।

माया मारेर भन्छेउ मैले के बिगारें ।
एक्लो पारेर भन्छेउ मैले के बिगारें ।।

जिद्धि गरिन मैले तिमी खुसि हौली भनी
आँसु झारेर भन्छेउ मैले के बिगारें ।
माया मारेर भन्छेउ मैले के बिगारें ।।

संसार जितौला गर्थेउ, म देखि टाढा हुदा
ऐले हारेर भन्छेउ मैले के बिगारें ।
माया मारेर भन्छेउ मैले के बिगारें ।।

सिङ्गो देशले एकैस्वरमा भन्नुपर्छ अब

सिङ्गो देशले एकैस्वरमा भन्नुपर्छ अब
जेठ १४ मै संबिधान बन्नुपर्छ अब

अरु कुनै बिकल्प नै छैन हामी संग
सहमतिको गोरेटो खन्नुपर्छ अब

सर्बोच्चले तोकिदियो जेठ १४ नै अन्तिम भनी
कति घन्टा बांकि छ गन्नुपर्छ अब

सधैभरि दोधारमा किन पर्छौ नेता तिमी
कुनबाटोमा देशलाइ लाने छान्नुपर्छ अब

अहिलेको उपलब्धि नि गुम्ने त होइन कतै?
जनबिरोधि शक्तिसंग लड्नुपर्छ अब

फेरि भिषण युद्धतिर तानिने पो होकि देश

फेरि भिषण युद्धतिर तानिने पो होकि देश
असफल राष्ट्रको सूचिमा छानिने पो होकि देश

दिनहुं जसो हुनथाले बन्द हड्ताल चक्कजाम
बन्दै बन्दको जन्जिरमा बांधिने पो होकि देश

ॠणै ॠणको भारीले थिचिसक्यो मुलुकलाइ
बिदेशीको भिखले मात्र धानिने पो होकि देश

रोकिएन बेरुजु र अनियमितता अझै पनि
भ्रष्टाचारीको मुलुक भनि जानिने पो होकि देश

मेटिदैछन् बुद्धका पाइलाहरु धर्तिबाट
बिश्वकै अशान्त ठाउं मानिने पो होकि देश

बिछोड

तिम्रै याद मै तडपियर पर्छ जिउन किन मलाई
सधै याद आउछ तोम्रो
तिमि सँग बिछोड भई बच्नु पर्छ किन मलाई

जहिले पनि सपनी मा झस्काउ छेउ किन मलाई
मन को कुरा भन्छु भन्थे
बीच मै एक्लै तड्पाए र छोडी जान्छेउ किन मलाई

सँगै जीवन जिउछु भन्थेउ पारेउ एक्लै किन मलाई
झुटा सपना देखाएर
दोबाटो मै तड्पाए छोडी गएउ किन मलाई

बिते का ति दिनहरु सम्झाउछेउ किन मलाई
सन्चो हुनलाको थियो बिछोड को घाऊ मेरो
पिडा माथि पिडा थपी छोडी गएउ किन मलाई

विश्वासका बिहानी

विश्वासका बिहानी

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

विश्वासका हरेक बिहानी छरिदियौ ममा
मुटुका छिद्राहरुमा माया भरिदियौ ममा

एउटा रुकाई जिन्दगीको अन्त्य हैन रैछ
पाइला पाइला खुशी छोड्दै सरिदियौ ममा

नजिक आउँदै ढुक्ढुकीले मेरो मन छुँदै
न्यानो न्यानो पन्ले लुट्पुटिदै झरिदियौ ममा

सुम्सुमाउँदै दु:खाई मेरो आफूमा थापेर
थोपा थोपा लौ मुस्कान बन्दै परिदियौ ममा

उज्यालो देखिँरहेँ जीवनमा तिम्रो प्रिती छायो
रमाई रहेँ रसिलो प्रेम गरिदियौ ममा

अभाव र पीडामा बांच्नु पर्दा रुन्छिन् सहिदकी आमा

अभाव र पीडामा बांच्नु पर्दा रुन्छिन् सहिदकी आमा
छोराको मृत्यु सम्झेर भावबिह्वल हुन्छिन् सहिदकी आमा

बलिदानलाइ सत्ताको भर्याङ मात्र बनाउनेहरुको
भ्रष्टरुप देख्दा आंखा थुन्छिन् सहिदकी आमा

शान्तिको नाउंमा परिबर्तनका थुप्रै एजेन्डाहरु
छोड्दै गएको खबर सुन्छिन् सहिदकी आमा

पार्टी भित्रको स्वार्थि गुट उपगुट देखेर
धिक्कार्दै हातले निधार छुन्छिन् सहिदकी आमा

तैपनि छोराको सहादतले सार्थकता पाउने आशमा
आंफुलाइ सम्हाल्दै आंसु धुन्छिन् सहिदकी आमा

BhimBirag

नबोलाऊ कसैलाई यहाँ राति राति

  • by

नबोलाऊ कसैलाई यहाँ राति राति
होशमा हुँदैनन् कोही राति राति

गन्दैन एक्लो जूनलाई कसैले
तारा गन्ने चलन यहाँ राति राति