Skip to content

गीत

मेरो एउटा आफन्त ,,,,,,

मेरो एउटा आफन्त,,,,,,,
मेरो एउटा आफन्त थ्यो चाइदा मात्रै बोलाउने ।
नाफा घाटा हिसाब गरी फाइदा मात्रै बोलाउने ।
,,,,,,,,,,,,,,,
अरुकोलाई पर पर आफ्नो लागि भर,
दिनुपर्दा हात काम्ने पाउँदा मात्रै बोलाउने ।
,,,,,,,,,,
आफू भने फलाक्थ्यो ऊ जिन्दगी यो सुखदुख,
उसको बोली जेजे हसहस खाइदा मात्रै बोलाउने ।
,,,,,,,,,,,
दिन दुखी सबको सेवा गर्नु पर्छ भन्थ्यो भेटदा,
झुत्रे झाम्रे टाढै सुट्बुट लाइदा मात्रै बोलाउने ।
,,,,,,,,,,,,,,,
एउटै थालमा खाने हामी भन्थ्यो चिल्लो घसिअरी,
गरीबहरू पत्रु भन्दै काइदा मात्रै बोलाउने ।

तिम्रो गीत ,,,,,,,

गाउने छैन तिम्रो गीत,,,,,,,,
गाउने छैन तिम्रो गीत बिर्सिएर पनि ।
पाउने छैन तिम्रो प्रीत सम्झिएर पनि ।
,,,,,,,,,,,,,
तिम्रो जुनको धुन पाउन बिर्सिदिए घाम ।
तिम्लाई पाउन त्यागेको थ्ये आफ्नै बाबुआमा ।
सियो बनी पसेकी थ्यौ कुल्च्यौ हात्ती बनी ।
गाउने छैन तिम्रो गीत बिर्सिएर पनि ।
,,,,,,,,,
लुकाएर आफ्नो दुख थिए तिम्लाई सघाएको ।
तिम्लाई ख्वाउन खाली पेटमै थिए म त अघाएको ।
बैगुनिलाई बैगुन दिउ त छैन म त धनी ।
गाउने छैन तिम्रो गीत बिर्सिएर पनि ।
,,,,,,,,,,,
सङ्गै हुन्थ्ये,सुन्थ्ये रुन्थ्ये तिम्ले दुख फुकाएको ।
तिम्रै दुख मेटछु भन्दै थिए गलो सुकाएको ।
एकान्तमा नआउनु सम्झनाको खिल बनी ।

म चुडिएको चप्पल ,,,,,,,,,,,,,

म चुडिएको चप्पल,,,,,,,,
सुकेको रुख काटिइञ्छ बालिञ्छ नै साथी ।
चुडिएको चप्पल आखिर फालिञ्छ नै साथी ।
,,,,,,,,,,,,,,,,
अँध्यारोमा अरु त के आफ्नै आँखा परदेशी
हुँदा गेडि अङ्गालो त हालिञ्छ नै साथी ।
,,,,,,
मेरा आफ्ना मनका माञ्छेछोड सबै वाईघात यो
मौरी मह दिन्न त घार टालिञ्छ नै साथी ।
,,,,,,,,,,,,
एउटै थालमा खाने माञ्छे भाञ्छे भई आयो भने ।
तरकारीमै चर्को नून हालिञ्छ नै साथी ।
,,,,,,,,,
बन्यौ भने सबले हेर्छन,बिग्र्यौ भने केर्छन
मसिनो भौ नत्र पिन्न चालिञ्छ नै साथी ।
,,,,,,,,,,रमेश त्रिपाठी निराला

सहर कस्तो छ नसोध आमा

सहर कस्तो छ नसोध आमा,,,,,
आमै! यहाँ रिस गरेर खुट्टा तान्नेहरू धेरै हुञ्छन ।
गर्न खोज्नेहरुभन्दा बोल्न जान्नेहरू धेरै हुञ्छन ।
,,,,,,,,
अघि लडन डराउछन् मार्चे गोरुहरू याँ ।
पिठिउ फर्केको बेला हान्नेहरू धेरै हुञ्छन ।
,,,,,,,,,
सहर कस्तो छ बाबू! मलाई नसोध आमा ।
माञ्छे मारेर ढुङ्गो देउता मान्नेहरू धेरै हुञ्छन ।
,,,,,,
कोही तनका भिखारी कोही मनका भिखारी ।
गाईको दुधमा रगत मिस्दै छान्नेहरू धेरै हुञ्छन ।
,,,,,,,
मनलाई रुवाएका जो धनले नुहाएका हुञ्छन ।
पैसा पैसालाई नै मित्र ठान्नेहरू धेरै हुञ्छन ।
-रमेश त्रिपाठी निराला

के के ले सजाउँ ?

पाखामा सजाउँ कि आँखामा सजाउँ
धनले सजाउँ कि मनले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?

मुहार तिम्रो पूर्णेको जून जस्तो
यौवन तिम्रो अकबरे सून जस्तो
तूलमा सजाउँ कि फूलमा सजाउँ
सूनले सजाउँ कि जूनले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?

मृग नयनी तिमि रेशमी केश छन्
तिम्रा सामु कुन अप्सरा शेष छन्
पारामा सजाउँ कि तारामा सजाउँ
चुराले सजाउँ कि कुराले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?

मयुरी चालमा बजेका मृदंग छन्
सुनकेस्रा ओठ तिम्रा सुकोमल अंग छन्
गहनामा सजाउँ कि चाहनामा सजाउँ
हातले सजाउँ कि मातले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?

भरम

भरम हो भरम हो भरम हो
यो जिन्दगानी एउटा भरम हो

आलो पालो गर्नु पर्ने
ऐंचो पैंचो तिर्नु पर्ने
गर्नु पर्ने तिर्नु पर्ने
यो जिन्दगानी एउटा परम हो
परम हो परम हो परम हो
यो जिन्दगानी एउटा भरम हो

दिन रात खट्नु पर्ने
मरी मेटी जुट्नु पर्ने
खट्नु पर्ने जुट्नु पर्ने
यो जिन्दगानी एउटा करम हो
करम हो करम हो करम हो
यो जिन्दगानी एउटा भरम हो

सफल मात्रै हुनु पर्ने
नाफा मात्रै लिनु पर्ने
हुनु पर्ने लिनु पर्ने
यो जिन्दगानी एउटा चरम हो
चरम हो चरम हो चरम हो
यो जिन्दगानी एउटा भरम हो

आफु पहिलो हुनै पर्ने
जीत आफ्नो हुनै पर्ने
हुनै पर्ने हुनै पर्ने

अचम्म

दु:ख गरे दह्रो हुन्छ सुख गरे दुख्छ
कुकुर चांहि लमक लमक हात्ती किन भुक्छ?

आकाशको जून पनि बिना बादल लुक्छ
कुवामा छ ज्वारभाटा सागर किन चुप छ?

फलेको रुख ठाडो छ रे नफलेको झुक्छ
सधैं अचूक मेरो तारो आज किन चुक्छ?

रामनामी साधु पनि बिहान देखि धुक्छ
कोठा भरी सुगन्ध छ लिखे किन थुक्छ?

डांडा कांडा हिन्ने मान्छे कालोपत्रे फुक्छ
हूलका हूल केटालाई केटीले पो ढुक्छ

विराग

/

कतार बसें दुबै बसें नेपाल बस्न सकिएन
बन्दुक बोकी भाइ मार्न जङ्गल पस्न सकिएन ।।

खानै पर्यो लाउनै पर्यो परिवार पाल्नै पर्यो
छाती माथि यसै तिखो छुरा धस्न सकिएन ।।

रात दिन घरबार धान्न धौ धौ हुँदा पनि
कसैलाई सामन्तीले जस्तो डस्न सकिएन ।।

आफ्नो ठाउँ आप्नो गाउँ किन किन प्यारो लाग्छ
अमेरिका छिर्ने सोखले कुम्लो कस्न सकिएन ।।

बेइमानीको कौडो पनि खाइएन जिन्दगीमा
इमान्दारी बेची बेची तल खस्न सकिएन ।।

के गर्नु र व्यवहार चलाउनै पर्दो रैछ
थाप्ला भरि सेतो विभुत घस्न सकिएन ।।

विराग

/

कतार बसें दुबै बसें नेपाल बस्न सकिएन
बन्दुक बोकी भाइ मार्न जङ्गल पस्न सकिएन ।।

खानै पर्यो लाउनै पर्यो परिवार पाल्नै पर्यो
छाती माथि यसै तिखो छुरा धस्न सकिएन ।।

रात दिन घरबार धान्न धौ धौ हुँदा पनि
कसैलाई सामन्तीले जस्तो डस्न सकिएन ।।

आफ्नो ठाउँ आप्नो गाउँ किन किन प्यारो लाग्छ
अमेरिका छिर्ने सोखले कुम्लो कस्न सकिएन ।।

बेइमानीको कौडो पनि खाइएन जिन्दगीमा
इमान्दारी बेची बेची तल खस्न सकिएन ।।

के गर्नु र व्यवहार चलाउनै पर्दो रैछ
थाप्ला भरि सेतो विभुत घस्न सकिएन ।।

बिर्सेको घाउ

बिर्सेको घाउ बल्झाउन तिमीसंग बोल्दिनँ म
सत्ये अब तिमी सामु हृदयलाइ खोल्दिनँ म

मन पराई तिमीलाई के भूल गरें अखिर
भइ गो! अब पिरथिका चिट्ठीहरू कोर्दिनँ म

न ता माया दियौ तिम्ले न ता घृणा गर्यौ मलाई
अब तिम्लाई विश्वास दिन यो छात्ती फोर्दिनँ म

एकपल्ट भूल गरेछु तिम्रो मन मागी हेर्नु
तर,अब कहिल्यै नि तिम्रो मन चोर्दिनँ म

नदीको दुइ किनारा भयो तिम्रो-मेरो मिलन
अब भेट्न आऊ भनी हात कहिल्यै जोड्दिनँ म

अहिलेकाे पिरति खै के हाे

ढिँडाे पनि पाेलेर खाकै हाे
चाेखाे मायाँ पनि लाकै हाे
माेबाइल सुबिधा थियन
हामिलाइ भाग्गेले दियन ।

मेलापात पनि धाकै थियाै
असारे गीत नि गाकै थियाैँ
पहिलाकाे पिरति बलियाे
अहिलेकाे पिरति खै के हाे ।।

पहिलेकाे पिरति दिगाे थियाे
अहिलेकाे पिरति खै के हाे
बिग्रेकाे मायाँ भत्केकाे चाल
कतिकाे भाछ याहाँ बेहाल ।।।

बिग्रेकाे मायाँ भत्केकाे चाल
कतिकाे भाछ याहाँ बेहाल

पर्नु पिर पर्यो

देउरालि उकालि चडेर
जीवनभर सङ्घर्स गरेर
तैपनि टुँगोमा ज्यान छैन
पर्नु पिर पर्यो मलाई पर्नु पिर पर्यो ।

दिन र रात गन्दैमा
केही होलाकि भन्दैमा
सबैले भन्लान् कस्तो मन
खल्तीमा छैन चाहेको धन ।।
पर्नु पिर पर्यो मलाई पर्नु पिर पर्यो

सोचाइमा गलतमै हुँला
सबैको हुन्न उस्तै मन
दिन दुखिको सेवानै
ठान्छु मैले ठुलो धन
पर्नु पिर पर्यो मलाई पर्नु पिर पर्यो ।।।

परेलीको थोपा

परेलीको थोपा कता झर्यो होला
ओंठको कुरा कता पर्यो होला

मनमा बोकेको भारी पनि थियो
फूल र काँडाको घारी पनि थियो

जून आएकै थिएन, अंध्यारोमा
एकलो पाइला कता सर्यो होला

खाली कागज एक हातमा थियो
कसैको नाम अर्को हातमा थियो

कलम पाएकै थिएन, त्यो गाह्रोमा
उसको माया कता मर्यो होला