संगीत/कला समीक्षा

शुभकामना !

ईजरायल भूमिको पहिलो पाईलासँगै यो भूमिमा मगमगाइरहेका नेपाली साहित्यिक र साँगितिक फूलहरू चुम्ने सुबर्ण मौका पाउँदै आएको छु । यसै क्रममा सांगितिक कोशेली “ईशारा” स्वयम रचयिता लक्ष्मी अनुरागीद्वारा प्राप्त गरेको थिएँ । आजसम्म बिबिध कारण मैले आफ्नो श्रोता हुनुको धर्म निभाउन नपाउँदा आफैलाई खल्लो लागिरहेको अवस्थामा आज दुई शब्द ढिलै भए नि शुभकामना बिस्तार गरिदिएँ ।

मैले तिम्रो “ईशारा”लाई बुझ्न सकिन पहिले
त्यही पल सम्झिएर मुटु दुख्छ अहिले ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तेस्रो टोरोन्टो नेपाली चलचित्र महोत्सव सम्पन्न

  • by

२०१० देखि टोरोन्टोमा अध्ययनरत् नेपाली विद्यार्थीहरूको प्रयासबाट शुरुभएको टोरोन्टो नेपाली चलचित्र महोत्सव (TNFF)ले आफ्नो तेस्रो महोत्सवलाई दुई दिनसम्म दसवटा कथानक तथा डकुमेन्ट्री चलचित्रहरूको प्रदर्शन गराएर मनायो ।

महिला दिवसका दिन गत ८ मार्चमा क्यानाडाका लागि महामहिम राजदूत डा. भोजराज घिमिरेको समुपस्थितिमा शुभारम्भ भएको महोत्सवमा सुजाता थापाले स्वागत मनतव्यबाट सम्पूर्ण प्रायोजकहरू, स्वयम्सेवक तथा उपस्थित दर्शकलाई स्वागत तथा कृतज्ञता प्रदान गर्नु भएको थियो भने चलचित्र निर्णायक मण्डलीका तर्फबाट प्रदर्शन गरिने चलचित्रका बारेमा मञ्जुश्री थापाले जानकारी गराउनु भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जीवनमा कलाको आवश्यकता

  • by

जीवन कलायुक्त हुनुपर्छ । कलाविहीन हुनु मानव हुनुबाट बञ्चित हुनु हो । भनिन्छ, शिव सर्वकलाले सम्पन्न थिए, कृष्ण पनि सोह्र कलाले सम्पन्न थिए साथै राम समेत केही कलाले युक्त थिए । आजका हामी मान्छे कलाकारितामा विश्वास नराख्ने भुल गरिरहेका छौँ । खालि धनोपार्जनमा ध्यान लगाइरहेका छौँ । कलाले धन मात्र उपार्जन गर्दैन, जीवको धरोहर समेत निर्माण गर्दछ । अतः कलाको सम्मान हुनुपर्छ । सानो काम भनेर तुच्छरूपमा लिने सोचको विपक्षमा नउभिई हामी जीवनवोध गर्न सक्दैनौँ । हामीमा के–कस्ता कला छन् र के–कस्ता कामकाजको सम्मान गर्न सक्नुपर्छ भन्ने कुराको आभाष दिन र लिन व्यवहारोपयोगी जम्मा चौसठ्ठी वटा त्यस्ता कलाको अध्ययनमनन र चिन्तन आवश्यक हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रोदी

  • by

ने.रा.प्र.प्र. को वृहत् नेपाली शब्दकोशमा रोदीको अर्थ यसरी गरिएको छ – ‘विशेषत ः गुरुङ जातिमा प्रचलित राति निश्चित ठाउँमा ठिटाठिटीहरू भेला भएर गीत गाउने ख्याल ठट्टा गर्ने आदि मनोरञ्जन कार्यक्रम ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साङ्गीतिक क्षेत्रमा सप्तरी

  • by

मानवले आफ्नो जीवनको प्रादुर्भावको स्वर्णिम विहानीदेखि अस्तको कालो सन्धासम्म सङ्गीतलाई अस्तित्वको रूपमा स्विकार गर्नुपर्छ । मानव जीवनमा सङ्गीतले नछोएको अध्याय नै छैन । मानव सङ्गीतमय वातावरणमै जन्मन्छ र सङ्गीतमय वातावरण हुँदै श्मसानघाटसम्म पुग्छ । मृत मानिसलाई ‘राम नाम सत्य’ जप्दै श्मसानघाट लग्ने प्रथा यसकै ज्वलन्त उदाहरण हो । प्रकृतिको कणकणमा सङ्गीत लुकेको हुन्छ । सङ्गीतको मुटु स्वर हो । स्वर आत्माको नाद हो भने आत्मा परमात्माको स्वरूप हो । आत्माको सम्बन्ध परमात्मा भएझैँ स्वरको सम्बन्ध आत्मासँग भएको मानिन्छ । यसलाई नादब्रह्म भनिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई गीति संग्रह

  • by

मानवीय भावनाका भुल्काहरू बान्की मिलेर आउँदा गीत बन्छन्। त्यस्ता गीतले स्तरीय संगीत र मीठो गला पाए भने ती कालजयी हुन्छन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘राजमति’ लोकगीतको भाषिक गुम्फन र विचलन पक्ष राजमति गीतको नेपाली शब्दानुवाद

  • by

राजमति कुमति जिके वःसा पिरति : राजमति कुमति मसित आए पिरति
हाय बाबा राजमतिचा : हाय् बाबा राजमति (चा)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

त्यो क्षण

  • by

म नेपाली लोकगीत सङ्गीतलाई माया गर्ने एक व्यक्ति । लोकगीत हाम्रो पहिचान बचाउने गीत हो । यसको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन हुनु पर्छ भनेर त्यसैको अध्ययनमा लागेको एक विद्यार्थी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

घटनाले जन्माएका गीत

  • by

अधिकांश लोकप्रिय गीतको पृष्ठभूमिमा छन् घतलाग्दा प्रसंग ।

जागिरको एकनास दिनचर्याबाट वाक्क भएर राजेन्द्र थापा काठमाडौँबाट पूर्वतिर हान्निए । झापामा पुगेपछि उनलाई पहाडकी रानी इलाम जाने इच्छा भयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चित्रमा दैनिकी

  • by

मानव जन्मदेखि नै हरक्षण हर पल केही नयाँ कुरा देखिरहेको वा अनुभव गरिरहेको हुन्छ । यही अनुभव नै उसको जीवनमा सिकाइको अभ्यास पनि हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उच्चकोटीका नेपाली दृश्यचित्र

  • by

आधुनिक युगको नेपाली माटोमा जन्मी हुर्की पाश्चात्य शैलीमा नेपाली चित्रकलाको विधामा नयाँ आधुनिक स्रष्टा चन्द्रमानसिंह मास्के (वि.सं. १९५६-२०४१) लाकृतिहरू राष्ट्रिय धरोहरको रुपमा रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नटाँगिएको चित्रकला

  • by

कलाकार कुलमानसिंह भण्डारीले जनआन्दोलनका विषयमा रचना गरी बनाएको चित्र (कला) प्रदर्शनीमा किन टाँगिएको थिएन ? अहिले पनि मेरा मनमा नबिर्सने छाप रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

किरात राईका मौलिक बाजाहरू

  • by

प्राचिन जाति किरात राईहरू आफ्ना सम्पूर्ण संस्कार मुन्दुमद्धारा निर्देशित हुन्छ । मुन्दुम शास्त्र सङ्गीतबद्ध रूपमा प्रयोग हुनका साथै कतिपय अवसरमा बाद्ययन्त्रहरूको पनि प्रयोग भएको पाईन्छ । त्यसैले किरात राईहरू गीत, सङ्गीत तथा नृत्यमा आफूलाई सीपयुक्त प्रस्तुत गराउँछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली पर्दामा बुद्ध

  • by

चलचित्र जगतमा धार्मिक भावनाले प्रेरित भइ चलचित्र बनाउने चलन नयाँ हैन । नेपालमा भने त्यस्ता उदाहरणहरू थोरै मात्र छन् । यसै क्रममा “पटाचारा” चलचित्र सबैभन्दा नयाँ उदाहरणको रूपमा अगाडि आएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा शास्त्रीयसङ्गीत

  • by

शास्त्रीयसङ्गीत १३ औं शताब्दीदेखि मुसलमान र हिन्दु संस्कृतिको सम्मिश्रणबाट विकसित हँुदै आएको उत्तर-भारतीय शास्त्रीयसङ्गीत जसलाई ‘हिन्दुस्तानी शास्त्रीयसङ्गीत’ पनि भन्ने गरिन्छ । हिन्दुस्तानी शास्त्रीयसङ्गीत भन्नाले सितार, सरोद, हार्मनियम, तबला आदि जस्ता बाजाहरू ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
KumarBablu

मानव जीवनमा संगीतको महत्व

मानव जीवन संगीतकै साथमा जन्मछ र संगीतकै साथमा अस्त पनि हुन्छ । धर्तीलाई स्पर्श गर्नासाथ बालक सर्वप्रथम रुन्छ । त्यो एक प्रकारको संगीत नै हो । मानिस मर्दा पनि रामनाम सत्य हो भन्ने महामन्त्र जप्दै दाहसंस्कारमा लगिन्छ । त्यो पनि संगीत नै हो । यी दुबै कुराले संगीतलाई सूत्रात्मक तवरले बाँधेको भने पाइन्न किनभने यसको आयाम वृहत् हुन्छ । आजसम्म संसारमा जन्मेका स्वस्थ बच्चा नरोई रहन सकेका छैनन् । त्यस्तै मृत्युसंस्कारमा संगीतको गुञ्जायमान नगरी अर्थीको दाहसंस्कार गरिएको पाइन्न । जीवन नै संगीतले बाँधिएको छ । कोइलीको सुरिलो र कोमल आवाजलाई मन पराएर नै उक्त पक्षीलाई सबैले मन पराएका हुन् । मयुर त सुन्दर पक्षी हो तर यसले आफ्नो सौन्दर्यताभन्दा उत्तम तवरले नृत्य देखाउँछ जसले सबैलाई चकित तुल्याएको हुन्छ । कोमल र सुरिलो स्वर भएका मानिसलाई सबैले मन पराउनुको तात्पर्य पनि संगीतकै हात भएकाले हो । खराव कुरा पनि मीठो भाकामा र स्वरमा भनियो भने मीठै लाग्दछ । यी सम्पूर्ण वास्तविकताहरुमा संगीतको लोकप्रियताको भूमिका छ । मानव सभ्यताको विकासपूर्व या नि मानव भाषाको विकास अघिदेखि नै संगीतको विकास भएको विचार विद्वान् मैक्समूलरको छ । यस कुरालाई काट्ने ठाउँ कतै छैन ।

हिन्दू संस्कारअनुसार नामाकरण, कर्णछेदन, मुन्डन, विद्यारम्भ, जनैधारण, विवाह, मृत्युसंस्कार आदि गरी जम्मा १६ संस्कार छन् । ती सबै संस्कारको शुरुवात र अन्त संगीतबाटै हुन्छ । हामी मनाउने त्यस्तो कुनै पर्व छैन जसमा संगीतको भूमिका नभएको होस् । दिनभरि कठोर श्रमले दिएको थकानलाई बाँसुरीको मीठो धुनले क्षणभरमै मेटाइदिन सक्छ । बालिनाली रोप्न शुरु गर्दा होस् या भित्र्याउँदा होस् संगीतकै आधार लिइन्छ । नाच्दै, गाउँदै, मन बहलाउँदै गरिएका कार्य शुभ हुन्छन् भन्ने मान्यतालाई स्तापित गर्न समेत संगीतकै हात छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संवेदनाको कङ्क्रिटमा उभिएर

  • by

जब म झ्यालबाट बाहिर चिहाउन खोज्छु, सिमेन्टका बाक्ला जङ्गलहरूमा ठोक्किएर दृष्टि आफैँतिर फर्किन्छन् । कुनै बेला यही राजधानीलाई भानुभक्तले ‘अमरावती कान्तिपुरी नगरी’ भनेर स्वर्गको पनि शिरमा राखेका थिए । आज यो अमरावती धूँवा, धूलो र अनेकन प्रदूषणभित्र निसास्सिएर क्षयरोगी भएको छ । मान्छे त छन्, त्यसैले यसलाई बस्ती नभन्नु सार्थक नहोला तर मानिसभित्रको संवेदना अब राजधानीले समाहित गर्न नसक्ने भएको छ । राजधानी अब मानिसको चेतना र भावनाबाट बिस्तारै पाषण स्वभावमा रूपान्तरित हुँदैछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नव गीतकार तथा प्रस्तुतकर्ता मणिराज बस्नेतको “फाटेको मन”लाई चिरफार गर्दा

नव गीतकार मणिराज बस्नेतद्वारा लिखित तथा प्रस्तुत गीति-एल्बम “फाटेको मन ” नेपालका हरेक बजारमा आउने तयारीमा छ । पृथक आवाजका धनी गायक शिव परियारले संगीत बद्ध गरेको यो एल्बममा बिभिन्न नयाँ पुराना गायकहरू लगायत शिव आफैंले पनि स्वर दिएका छन । गीतहरू प्राय:भावुक छन । गीतकार स्वयं परदेशमा रहेर परदेशको पीडा भोग्नु परेको कारणले यो एल्बममा प्राय गीतका शब्दहरू परदेशको भोगाइ, आफन्तसँगको बिछोडका घातहरू पोखिएको छ ।

एल्बमको शीर्ष गीत “फाटेको मन” शब्दमा संगीतकार स्वयंले स्वर दिएका छन । यो गीतको शब्द धोका, पीडा, र विह्वलताले सजिएको छ । शब्द अनुसार गीतको मेलोडीले पनि साथ दिएकै मान्न सकिन्छ । गीतकारको प्रथम प्रयास भएकोले कतिपय कमी कमजोरीमा चुक्नु पनि स्वभाविक हो । त्यस्तै गेरेर दोश्रो गीत “हरेक साँझ तिम्रो यादले सताउँछ यहाँ मलाई” शब्द पनि आफन्त या आफ्नी प्रियसीको सम्झनामा रचिएको आभाष हुन्छ । उक्त गीतमा पनि शिवकै आवाज सजिएको छ । एउटै संगीतकारको संगीत भएको कारणले होला पहिलो र दोश्रो गीतका धुन झन्डै एउटै र निरश नै सुनिन्छन ।

तेश्रो गीत भने अलिकति असहज झैँ लाग्दछ । शब्द पनि मीठो छ । धमेन्द्र सेवानको आवाजमा जादु त छँदैछ । तर एउटा सही समीक्षकको आँखाले हेर्ने हो भने गीतको शब्द भावले सबै स्वदेशी मनहरू बिदेश भासिएको गुनासो गरेको छ भने । गीतको लयले भने खुशी ब्यक्त गरेर खुशीयालीमा रमाउँदै गाएको आभाष हुन्छ । भन्नुको अर्थ संगीत आफ्नो ठाउँमा मीठो छ । शब्दले देशबाट बिदेशिएका युवाहरूप्रति बेदना पोखेको छ तर यी दुई शब्द र लयको तार्तम्य अलिक नमिलेको हो कि जस्तो महसुश हुन्छ । यो लयमा भने शब्द अलिकति जोश, जाँगर भरिएको अर्थात बिदेश छाडेर स्वदेश भित्रिएको खुशीयालीको शब्द भर्दा उत्तम लाग्ने थियो । अनी यो शब्दमा भने संगीत (लय) अलिक मार्मिक, भावुक र स्लो भएको भए गीत र संगीत अझ अब्बल दर्जाको हुने थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20101031_GovindaSinghRawat

एउटा नाटकले खोतल्यो टोरोन्टोको आतङ्ककारीको कथा

  • by

साहित्य र समाज एक अर्काका पूरक हुन् । त्यसैले साहित्यलाई समाजको दर्पण पनि भनिन्छ । संसारका जुनसुकै भाषामा पनि साहित्य र समाजबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । समाजबिना साहित्यको कल्पना गर्न सकिंदैन र साहित्यबिना पनि समाज अधुरो हुन्छ । समाजमा साहित्यले निकै ठूलो प्रभाव पारेको हुन्छ । साहित्यका कथा, कविता, उपन्यास, निबन्धजस्तै नाटक विधाले समाजमा बेग्लै प्रकारको प्रभाव छोडेको पाइन्छ । नाटक साहित्यका अरु विधाभन्दा बेग्लै स्वरूपको हुन्छ । नाटक एक वर्णनात्मक कला हो, यसमा कथाको वर्णन हुन्छ, घटनाको वर्णन हुन्छ, परिवेशको वर्णन हुन्छ अनि यसमा पात्रको सम्पूर्ण जीवनको वर्णन हुने गर्दछ । नाटकको प्रभाव समाजमा चाडै नै पर्ने भएको हुनाले यसलाई साहित्यको सशक्त माध्यमका रूपमा पनि लिने गरिन्छ । साहित्यका अरुविधा पठनीयमात्र हुन्छन्, हिजोआज तिनलाई पनि मञ्चनीय रूपमा प्रस्तुत गर्न सकिन्छ, तर नाटक पठनीय सँगसँगै मञ्चनीय पनि हुने गर्दछ । त्यसैले नाटकलाई श्रव्य र दृश्य दुवै काव्यका रूपमा लिईन्छ ।

सामाजिक जागरणकालागि होस् वा राजनैतिक विरोधका लागि, नाटकले राजनैतिक विषयवस्तुलाई समातेको हुन्छ । रुसको क्रान्तिसँगै राजनैतिक नाटकले गतिलिन थालेको देखिन्छ । राजनैतिक नाटक दलहरूकालागि जनमानस समक्ष सजिलै पुग्न सक्ने सशक्त माध्यम भएकोले यसलाई दलहरूको सांस्कृतिक हतियार पनि भनिन्छ । विरोधका लागि जनसभामा प्रस्तुत हुने राजनैतिक नाटककले रुसमा राम्रो छाप छोडेपछि यसको प्रभाव युरोप अमेरिकामा पनि पर्न थाल्यो । अनि बिस्तारै बिस्तारै सम्पूर्ण विश्वमा राजनैतिक नाटकको विभिन्न रूपहरू देखापर्न थालेको पाइन्छ । राजनैतिक नाटकले समाजको अतीतका विसंगतिपूर्ण पाटाहरुलाई वर्तमानको खुला र व्यक्ति स्वतन्त्रताबीच भिन्नता देखाएर मानवीय अधिकारबाट बञ्चित समुदायलाई आफ्नो हकका लागि मुठ्ठी कस्न प्रेरित पनि गराउछ । राजनैतिक नाटककै रूपमा सडक नाटकको पनि जन्म भएको मानिन्छ । सडक नाटक भन्नुनै राजनैतिक नाटक हो र सडक नाटकले राजनैतिक विचारलाई मुखारित गरिरहेको हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •