Skip to content

संगीत/कला समीक्षा

हरायो हाँसो

  • by

हास्य र व्यंग्य भनेको जेरी र स्वारी जस्तै हो । स्वारी मात्रै देख्यो भने जेरीको याद आइहाल्छ, जेरी मात्रै देख्यो भने स्वारीको याद आउँछ । हास्य र व्यंग्य भनेको अलिअलि हामी ‘मह’ जोडी जस्तै पनि हो, मदन कृष्णलाई एक्लै देख्यो भने हरिवंश खै त भनेर सोधिहाल्छन्, हरिवंशलाई एक्लै देख्यो भने जोडी किन छुटेर हिँडेको भन्छन् । हास्यव्यंग्यको जोडीचाहिँ आजकल नेपालमा सँगै हिँडेको देख्नै छाडिसक्यो, जताततै व्यंग्य व्यंग्य मात्र देखिन्छ, हास्यचाहिँ कतै देखिँदैन ।

यक्ष प्रश्न मैमाथि

  • by

‘कलाले वास्तविकताको पुनरुत्पादन गर्छ र विचारलाई बढी सम्प्रेषणीय बनाउँछ’ सायद बढी भनिएको र धेरै सम्झिएको भनाइ हो यो । कलाको बारेमा प्रत्येक हप्ताजस्तो मैले केही न केही लेख्नैपर्छ, खासगरी नेपाली कलाको बारेमा । माध्यम, शैली, इतिहास, गतिविधि, आन्दोलन, मोड, दावी, नयाँपन । यो केही विषय हुन् लेखनका । थपमा कलाबाट बचाइ र दिगोपन, सरकारी दृष्टि र सहयोग, पुरस्कार, सम्मान र सामाजिक रूपान्तरणमा कलाको भूमिका र यस्तैयस्तै कैंयन विषयहरू ।

कायम रहेन जता माया उतै नजर

  • by

बेनीको बजार गीति सङ्कथनमा एउटी युवतीको आत्मगत प्रस्तुति छ । यसमा विशिष्ट लयले युवतीको संवेगात्मक स्थितिलाई प्रखर बनाएको छ । यस संकथनकी समाख्याता युवतीको आत्मकथनबाट सामाजिक जटिलतामा जेलिएको पारिवारिक द्वन्द्वको अवस्था उद्घाटित भएको छ ।

रेडियोबाटै उदाएकाहरू

  • by

आधुनिक नेपाली सङ्गीतको विकासमा रेडियो नेपालले जुन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, त्यो हिजोआज ओझेलमा परेको जस्तो देखिएको छ । वास्तवमा स्थापनाकालदेखि नै रेडियो नेपालले आधुनिक, लोक, शास्त्रीय, स्वदेश गान तथा भक्ति-सङ्गीत रेकर्डका साथै प्रसारणमा विशेष जोड दिएको देखिन्छ ।

वर्षाद गराउछ सङ्गीतले

  • by

सा, रे, ग, म. प, ध, नि. सा, सङ्गीतका यिनै सात सुरबाट संयोजन पश्चात् निकालिने आवाज । ध्वनिबाट विभिन्न रागहरूको निर्माण गरिएको कुरा सामवेदमा प्रस्तुत गरिएको भेटिन्छ ।

अलिनो समय र स्वादिलो गीत

  • by

स्वरसम्राट नारायणगोपाल नहुनुको पीडा भोग्ने वगे्रल्ती छन् तर आम गीतकारहरू जो जो नारायाणगोपालको स्वरमा आफ्ना गीति गेडाको माधुर्य चाख्न चाहन्थे, ती गीतकारहरूको ‘कल्पित-पीडा’ शब्दमा वणिर्त हुन सक्दैन । तिनै गीतकारहरूको चर्को भीड हुन्छ ‘किम्ची रेष्टुरेन्टमा’ । शायद नारायाणगोपाल हुन्थे भने धेरै गीतकारका गीतलाई ‘दनक’ लगाउँथे होलान् ।

मैथिली लोकगीतमा विवाह प्रसङ्ग

  • by

लोकगीत लोककण्ठमा परम्परागत रूपमा जातीय जीवनको यथार्थ दर्शन हुन्छ । यसको अध्ययनले कुनै पनि देशको सभ्यता, संस्कृति, धर्म – नीति, रीति-थिति, कला-साहित्य, सामाजिक संरचनाको सूक्ष्म अनुभूति हुन्छ । यो शास्त्रीय आडम्वरबाट लोक जीवनको स्वभाविक उदगार हुन्छ । जन्मदेखि मृत्युसम्मका विभिन्न पक्षबारे यसमा गहन चित्रण गरिएको हुन्छ ।

नेपाली गीतसङ्गीतका आदिगायक सेतुराम प्रधान

  • by

सेतुराम काठमाडौँको असन कमलाक्षीमा संवत् १९४० साल मङ्सिरमा जन्मेका थिए । यी कृष्णधर प्रधान र हरिदेवी प्रधानका तीन सन्तानमध्ये कान्छा छोरा थिए । उनका दाजु कृष्णदास प्रधान पनि सङ्गीतमा धेरै झुकाउ राख्थे । साथै सेतुरामकी दिदी राममाया पनि गायनमा रुचि राख्थिन् । सेतुराम चाहिँ गायनकलामा मन वचन र कर्म ले नै समर्पित थिए । त्यसैले बुबा कृष्णधर प्रधानले सेतुरामलाई यस क्षेत्रमा लाग्न थप वातावरण पनि तयार पारिदिएका थिए ।

जीवन बन्न नसकेको ‘नाटक’

  • by

सेक्सपियरले भनेका छन्, “जिन्दगी एउटा नाटक हो ।” झन्डै सेक्सपियर शैलीकै नाटकबाट रंगमञ्चमा पाइला हालेका कलाकारहरूले साँचो अर्थमा नाटकलाई जिन्दगी बनाउन सके त ? हरपि्रसाद रमिाल लामो समयदेखि रोगले थलिएका छन् । श्यामदास वैष्णवले पनि रंगमञ्चमा नटेकेको दुई दशक नाघ्यो । मदनदास श्रेष्ठ भन्छन्, “१६ वर्षयता म मञ्चमा ओर्लिएको छैन ।”

चलचित्रको पर्दामा

  • by

तिहार नेपालीहरूको महान चाड हो । पाँच दिनसम्म भव्य रूपमा मनाइने तिहारलाई यम पञ्चक पनि भन्ने गरिन्छ । दीप र ज्योतिसँग प्रत्यक्ष सम्बन्ध रहेको तिहारलाई दीपावली वा दिवाली पनि भन्ने चलन छ । काग तिहार, कुकु

बडादसैँको राग मालश्री

  • by

दसैँको शारदीय र सुरम्य ऋतुमा मात्र होइन, चैतको सानो दसैँमा समेत नेपाली जनमानसले हर्ष उल्लाससाथ दसैँ पर्व मनाउँछन् । बडादसैँको आगमनअघि नै दसैँ पर्व मनाउने तयारी हुन थाल्छन् । दसैँको घटस्थापनादेखि नै जन

बर्खेच्याउको नियति ?

  • by

“नारायणगोपाल हुने रहर त सबैले पाले तर नारायणगोपालले हासिल गरेको तालिम र कठोर अभ्यासतिर कसैले ध्यान दिएनन्,” संगीतकार दीपक जंगमका यी शब्दहरूभित्र लुकेको छ, आजको पुस्ताको गायकीको यथार्थ । यसभन्दा ठ

उपत्यकाभित्रका भक्तिगीत तथा भजनहरू

काठमाडौँ उपत्यकाभित्र भजनको परम्परा लिच्छविकालदेखि नै भएको हुनुपर्दछ । किनभने केही लिच्छविकालीन अभिलेखहरूमा ईश्वर प्रार्थनाका हरफहरू फेला परेका छन् । उदाहरण स्वरूप हाँडीगाउँ सत्यनारायण स्थानको अभिलेखलाई लिन सकिन्छ । उक्त अभिलेखको ७३ औँ हरफमा “भगवत्तो द्धैपायनस्य स्तोत्रङकृत मनप्ररमेण” भनी अनुपरम भन्ने व्यक्तिले भगवान् द्धैपायन अर्थात् कृष्णको स्तुति गरेको पाइन्छ ।

स्वरबिनाको अभिनय

अभिनयमा स्वरको महफ्वपूर्ण स्थान रहेको हुन्छ । स्वरको आरोह अवरोह नै अभिनय अभिव्यक्तिको सशक्त माध्यम हो । त्यसैले सबल स्वरका धनी अभिनयीहरूको कला यात्रा चिरकालिक हुने गर्दछ । भारतको हिन्दी चलचित्र संसारतिर हेर्ने हो भने त्यहाँ स्व. पृथ्वीराज कपुर, स्व. बलराज साहनी जस्ता इतिहास जितेका अभिनेताहरूदेखि लिएर स्व्. नरगिस, स्व्. नीनाकुमारीजस्ता संवेदनशील स्वरका धनी अभिनेत्रीहरूले आफ्नो बसल स्व्रको माध्यमले छोडेका छाप अविस्मरणीय बनेको छ ।

सृष्टि र सङ्गीतको मूलरूप

ज्ञानवाचक, सत्तावाचक, लाभवाचक र विचारवाचक विदधातुबाट वेदशब्द बन्ने भएकाले वैदिकमन्त्रहरूलाई विविध ज्ञानको भण्डारको रूपमा लिने गरिएको छ । आदिकल्पमा सृष्टिसत्ता सञ्चालनका लागि स्वयं सृष्टिकर्ता ब्रहृमाजीको मुखबाट उत्पन्न भएकाले वेदका मन्त्रहरू विनिर्गत स्वरूपका हुन् भन्ने भनाइ महाभारतमा आएको छ ।

सीमित आदिवासी असीमित लोकबाजा

  • by

सिमान्तकृत आदिवासी जनजातिका प्रदर्शनकारी लोककलामध्ये जातीय लोकबाजा पनि एक हो । हुन त भेक, भाका र जातीय भाषामा आधारित गीत, नाच, लोकनाटक आदि प्रदर्शनकारी लोककला अन्तर्गत नै पर्दछन् । जसको समग्र अध्ययन-संरक्षण हुनसकेको छैन ।

कृतिमा चलचित्रः कति न्याय कति अन्याय ?

  • by

साहित्यिक कृतिहरू बनेका चलचित्रहरू विवादमा अल्झिने परम्परा नयाँ हैन । कुशलताका साथ बनाउन सकेमा यस्ता चलचित्रहरू कालजयी चलचित्रको रूपमा आउन सक्छ । अन्यथा आलोचनाको पात्र मात्र बन्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । विश्व प्रसिद्ध ‘ओस्कार अवार्ड’ मा सर्वोत्कृष्ट चलचित्रलगायतका आठवटा र विश्वका अन्य प्रतिष्ठित पुरस्कारहरूमा समेत वर्चस्व कायम गर्न सफल भएको चलचित्र ‘स्लमडग मिलेनियर’ पनि एउटा साहित्यिक कृतिमा आधारित चलचित्र हो । भारतीय मूलका साहित्यकार विकास सरूपको ‘क्यु एण्ड ए’ मा बनेको ‘स्लमडग मिलेनियर’लाई दाँजेर हेर्ने हो भने मूल कृति र चलचित्रमा आकाश जमिनको अन्तर रहेको पाइन्छ । यो स्वाभाविक पनि हो । साहित्य भनेको लेख्य माध्यम हो । चलचित्र श्रव्यदृश्य माध्यम हो । यी दुवै अभिव्यक्तिका सशक्त माध्यमहरू हुन् ।

अभियान कटुवाल संगीतको

  • by

हरिभक्त कटुवाल भन्थे, “हामीले हाम्रै माटो-ढुंगाको गीत गाएर अरूलाई आफूतिर तान्नुपर्छ ।”
भिपेन हजारकिा भन्छन्, “पहिला तिमी आफ् नै कल्चरलाई हेर, आफ्नै सभ्यताको गीत गाऊ । ”

लोकसाहित्यको आत्मा हो सोरठी

  • by

सोरठी लोकसाहित्यको कथावस्तु कुनै लामा घण्टौँ लाग्ने पनि हुन्छन् र कुनै छोटा र छरिता मिठासपूर्ण हुन्छन् । यहाँ कुनैका कथावस्तु त केवल घटनाको सानो डोरोमा मात्रै पनि विरचित हुन सक्छन् । जे होस्, कुनै न कुनै कथाको आधार हुन्छ-हुन्छ ।

अब रोयल्टी संकलन युद्धस्तरमा

  • by

“धेरै माया दिँदा रै’छन् …।” ललिता कुँवरको गीत र अर्जुन नेपालीको संगीतमा स्वरूपराज आचार्यले गाएको यो एउटै गीत ८० हजारभन्दा माथिल्लो संख्यामा ‘डाउनलोड’ भइरहेछ । आनन्द अधिकारीका बास्ना एल्बमका सबै गीतहरू गन्ती गर्ने हो भने एक लाख नाघ्ने उनले हिसाब निकालेका छन् । ‘नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई’ अञ्जु पन्तले गाएको यस गीतलाई पनि ५० हजारभन्दा बढी नै ग्राहकले आफ्नो मोबाइलमा भरे ।