Skip to content


आधुनिक युगको नेपाली माटोमा जन्मी हुर्की पाश्चात्य शैलीमा नेपाली चित्रकलाको विधामा नयाँ आधुनिक स्रष्टा चन्द्रमानसिंह मास्के (वि.सं. १९५६-२०४१) लाकृतिहरू राष्ट्रिय धरोहरको रुपमा रहेका छन् ।

नेपाली दृश्य-चित्रहरूको ऐतिहासिक पृष्ठभूमिलाई विचार गर्‍यौं भने यस विधाको शुरुवातबारे यसै हो भन्न अति अप्ठ्यारो छ । यदि दृश्य-चित्रको धारणालाई प्राकृतिक दृश्यको दृष्टिकोणबाट विचार गरियो भने दृश्य-चित्रको अवधारणा धार्मिक चित्र (बौद्ध तथा शैव)को विकास सँगसँगै भएको मान्नु पर्ने हुन्छ, किनभने कुनै देवीदेवताको चित्रको पृष्ठभूमिमा आकास, बादल र सागर वा चौरको साथै कहिले काहीँ चन्द्रसूर्य पनि आकासमा कोरेको पाउँछौंं । यस विधाको अवधारणासित हुबहु मिल्ने खालको कुनै पनि युगमा कोरिएको चित्र अहिलेसम्म प्रकाशमा आएको छैन । तर यसै परिपेक्ष्यमा मिल्दो जुल्दो पाल (सन् २००४) ले व्याख्या गरिएको फिलाडेलफिया कला सङ्ग्रहालयमा अवस्थित सत्रौं शताब्दीको ८३×४३.५ से.मी. साइजको कपडामा स्रष्टाको नाम उल्लेख नगरी कोरिएको गोसाइँकुण्डको तीर्थयात्रा विषयवस्तुको झण्डै झण्डै काठमाडौँ उपत्यकाबाट गोसाइँकुण्डसम्मको चित्रमय पथप्रदर्शक चित्रले मल्लकालदेखि नै नेपाली चित्रकलाको इतिहासमा दृश्य-चित्रको अवधारण विकास भइसकेको पुष्टि हुन्छ । यसै शताब्दीमा पौभा-चित्र कोर्ने चित्रकारहरूमा चित्रको विषयवस्तु बौद्धमार्गी वा शैवमार्गी देवी देवताका चित्रहरू र मण्डला चित्रहरूबाट ऐतिहासिक धार्मिक स्थलको चित्रमय पथप्रदर्शक दृश्य-चित्रहरू कोर्नेतर्फ उन्मुख भएको जस्तो देखिन्छ, किनभने सत्रौं शताब्दीको उत्तरार्द्धतिर अर्को एउटा ५०×७० से.मी. साइजको स्वयम्भू क्षेत्रको चित्रमय पथ प्रदर्शक पौभा-चित्र शैलीको चित्र पेरिसको एक निजी संग्रहकर्तासित भएको जानकारी म्याक्डोनाल्ड र स्टाल (सन् १९७९) ले प्रस्तुत गरेको चित्रले देखिन आएको छ । नेपाली चित्रकारहरूबाट पौभा शैलीमा कोरिएका मल्लकालीन दृश्य-चित्रहरू भविष्यमा अरू जानकारीमा आउने आशा गर्न सकिन्छ । नेपालका प्राकृतिक दृश्यहरू र ऐतिहासिक स्थलहरूका दृश्य-चित्रहरू पाश्चात्य शैलीमा चित्रहरू कोर्ने काममा विभिन्न बेलायती चित्रकारहरूबाट भएका थिए । यी मध्ये सबैभन्दा पहिले प्रधानमन्त्री भीमसेन थापाको कार्यकालमा ए. डब्लु डेय्भिजले कोरेका दृश्य-चित्रहरू कर्कप्याट्रिक (सन् १८११) ले प्रस्तुत गरेका छन् । यस्तै बेलायती शल्य चिकित्सक तथा चित्रकार एमए ओल्डफिल्ड (सन् १९७५) ले राणा प्रधानमन्त्री जङ्गबहादुरको कार्यकालमा नेपालका दृश्य-चित्रहरू, ऐतिहासिक महत्त्वका स्थलहरू सन् १८५१-१८६४ सम्ममा छत्तीस थान चित्रहरू कोर्नु भएका थिए । हाल ती सबै चित्र लण्डनको इण्डिया अफिस लाइब्रेरीमा संरक्षित छन् । सन् १८७७ मा राइटले आˆनो पुस्तकको लागि नेपालको ऐतिहासिक स्थलहरूका पेन्सिल स्केचहरू नेपालीहरूबाट भएको भनिएको हुनाले, ती स्केचहरू सायद भाजुमान चित्रकारबाट अथवा भाजुमानकै समकालीन चित्रकार वर्गबाट भएको अनुमान गर्न सकिन्छ । नेपाल उपत्यकाको ऐतिहासिक स्थलहरूका दृश्यहरू कोर्ने काम अर्को बेलायती चित्रकार तथा गभर्मेन्ट स्कुल अफ आर्ट, कलकत्ताका प्राचार्य पर्सी ब्राउनले सन् १९१० मा प्रधानमन्त्री चन्द्रशमशेरको कार्यकालमा नेपाल आउँदा पानी रङमा कोरिएका दृश्य-चित्रहरू आˆनै पुस्तकमा समावेश गरिएका छन् । यी बेलायती चित्रकारहरूले नेपाली ऐतिहासिक स्थलहरूका चित्रहरू ऐतिहासिक महत्त्व भएका छन् । यस खालको चित्रमय प्रस्तुति कुनै पनि नेपालको सामाजिक इतिहासका पुस्तकहरूमा पाउन प्रायः असम्भव नै हुन्छ । यसैको निरन्तरताको रूपमा यो विधा राणाकालीन समयमा भीमसेनस्थानवासी हर्कनारायण चित्रकारले आˆनो भारतको तीर्थस्थल भ्रमणको सम्झना स्वरूप कोर्नु भएका जगन्नाथ, रामेश्वर र मथुरँ वृन्दावनका दृश्य-चित्रहरूलाई मान्नु पर्ने हुन्छ । यी दृश्य-चित्रहरू हर्क नारायणले वि.सं. १९३० र १९३१ सालमा कोर्नु भएको थियो । केही दशक पहिलेसम्म यो चित्र काष्ठमण्डपको दक्षिणतर्फको सिंह सत्तलको माथिल्लो तल्ला भजनकोठामा झुण्ड्याएको थियो तर हाल यहाँ छैन । यसै बखत सिंहदरबार परिसरभित्रको नाचघर र अन्य राणा दरबारहरूमा भएका रङ्गमञ्च सिँगार्नका लागि भारतबाट आयातित दृश्यहरू ती रङ्गमञ्चहरूमा सजाइएका पर्दाहरूमा बखतमान चित्रकार, दीर्घमान चित्रकार, आनन्दमुनि शाक्य, चतुररत्न आदिबाट दृश्य-चित्र विधाको अवधारणाको सेरोफेरोको काम मान्नमा कुनै विरोधाभास नहुने देखिन्छ । नेपाली परम्परागत शैलीको दृश्य-चित्रको यस्तो ऐतिहासिक पृष्ठभूमिमा नेपालमा खास दृश्य-चित्र विधाको काम चन्द्रमानसिंह मास्केले वि.सं. १९८२ साल मङ्सिर महिनामा ललितकलामा औपचारिक अध्ययन पूरँ गरी नेपाल र्फकदा भीमफेदीको सिमलटारमा कोरिएको दृश्य-चित्रलाई नेपाली चित्रकलाको इतिहासमा प्रशिक्षित चित्रकारको पहिलो पाश्चात्य यथार्थवादी शैलीको दृश्य-चित्र मान्न कुनै अत्युक्ति नहोला । यस दृश्य-चित्र तेल रङ्गमा बनाइएको बुझिन्छ । यो दृश्य-चित्र धेरै समय पहिले नै जर्मनी पुगेको कुरँ सुप्रसिद्ध चित्रकार चन्द्रमानसिंह मास्केसित अशोक श्रेष्ठ (वि.सं. २०४०) ले लिएको अन्तरवार्ताबाट जानकारी हुन्छ । विश्वको चित्रकलाको इतिहासमा पश्चिमी देशहरूमा चित्र लेखनमा दूरान्तरको सिद्धान्त करिब करिब पध्रँैं शताब्दीमा प्रयोगमा आयो भने नेपाली चित्रकलाको इतिहासमा बीसँैं शताब्दीको पूर्वार्द्धमा मात्र औपचारिक रूपमा प्रशिक्षित नेपाली चित्रकार चन्द्रमानसिंह मास्केले आरम्भ गरेको पुष्टि हुन्छ । यस विकसित शैलीमा दृश्य-चित्र लेखनको निरन्तरता अर्को प्रशिक्षित चित्रकार तेजबहादुर चित्रकारले दिनुभयो ।

चित्रकार मास्केको सङ्ग्रहित कृतिहरूमा प्राकृतिक दृश्य-चित्रहरूमध्ये पुरानोलाई छनोट गर्दा पोखराको माछापुच्छ्रे हिमालको दृश्य-चित्र, त्यसपछिको मुक्तिनाथ मन्दिर जाने बाटोमा पर्ने दृश्य-चित्र हुन आउँछ । यसपछिको “गोकर्णको भत्केको पुल” नामक दृश्यचित्र सङ्ग्रहमध्येबाट पर्न आउँछ । यी तीनै दृश्य-चित्रहरू उहाँले वि.स. १९८६ सालमा कोर्नु भएको थियो । उहाँका उच्चकोटीका दृश्य-चित्रहरूमध्ये अर्को ऐतिहासिक महत्त्व बोकेको काठमाडौँ सुन्धारँ स्थल हो । उक्त स्थल वि.सं.ं १८९० सालको भूकम्प पहिलेको दृश्यावलीलाई स्मरण गराउँछ ।

उहाँले वि.सं. २०२० तिर कोर्नु भएका स्वयम्भूको दृश्य-चित्र अति नै सुन्दर र उच्चकोटीको चित्र हो । यस विषयवस्तुको पहिलो चित्र पानी रङ्गमा जुद्ध म्याच फ्याक्ट्रीको क्यालेन्डरको लागि कोर्नु भएको हो । उक्त चित्र आफैलाई चित्त बुझ्दो भएकोले फेरि तैल रङ्गमा ठूलो साइजमा रचना गर्नु भएको हो । यो चित्र बनाउनको लागि उहाँले जुन ठाउँ रोज्नु भयो त्यो कलाकारिक रचनाको दृष्टिकोणबाट अति नै उपयुक्त भएकोले उहाँको विषयवस्तुलाई छनौटमा सघाउ हुन गयो । सो स्थलबाट चित्र कोर्नका लागि स्वयम्भूको मनोहर दृश्यावली वस्तुको साथै यहाँ भएका पुरातात्त्विक महत्त्वका वस्तुहरू, विशाल स्वयम्भू स्तूप, प्यागोडा शैलीको मन्दिर, शिखर शैलीमा बनेको प्रतापपुर मन्दिरको साथै विभिन्न आकार प्रकारका चैत्यहरू समेट्न सकिएको छ । उक्त ठाउँमा प्राकृतिक रूपमा भइरहने बाँदरहरूका चहलपहल, भक्तजनमा बाँदरका प्रतिक्रिया र लामाको प्रस्तुतिले चित्रको रचनालाई अझ जीवन्तता दिइएको छ । उहाँको यो प्रस्तुतिलाई उहाँले प्रयोग गर्नु भएका उचित रङहरूमा छनौट गर्ने सीपले पनि चित्रको उत्कृष्टता बढाएको हो ।

यस्तै पनौतीको नालामा अवस्थित चार तले भगवतीको मन्दिर साँच्चै नै पुरातात्त्विक महत्त्व बोकेको पर्यटकीय दृष्टिकोणले त्यति प्रचारमा नभएको स्थललाई चित्रकार मास्केले त्यहाँको दृश्यावलीलाई कोरेर महत्त्व दिनु भएको छ । यस चित्रको अवलोकनले चित्रकार मास्केले दृश्य-चित्रको लागि छनोट गर्ने स्थलमा समेत कलात्मक विशेषता बोकेकोलाई महत्त्व दिने गर्नु भएको प्रस्ट हुन्छ । उहाँको यो अर्को धार्मिक महत्त्व बोकेको दृश्य-चित्र उच्च कोटीको कृति हुन पुगेको छ । यस चित्रमा दुरान्तरको प्रभावको प्रस्तुति र यथार्थतालाई प्रभावकारी तवरबाट प्रस्तुत गर्नलाई सुहाउँदो रङको प्रयोगले चित्रलाई निकै जीवन्तता दिएको छ । यसबाहेक यस चित्रमा मास्केले विषयवस्तुलाई सुहाउँदो गरी अन्तरजातीय मानव आकृतिहरूको प्रस्तुति पनि उत्तिकै आकर्षक छ ।

उहाँले कोरेका दृश्य-चित्रहरू अमेरिका, रसिया, बेलायत, स्वीटजरल्याण्ड, फ्रान्स र जर्मनीका चित्र सङ्ग्रहकर्ता र सङ्ग्रहालयमा सजाइएका छन् ।

शनिबार, गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *