पद्य कविता
दुःखमा काटेँ जुन समय
भावना
दुःखमा काटेँ जुन समय, तिमीले सुखै–सुखमा काटिछौ
लाएकी थियौ जुन माया, तिमीले अहिले अर्कैमा साटिछौ ।।
बेलेको आगो ताप्थे अरुले, तिमीले पनि त त्यसै ग¥यौ
अर्काको मन भाँचेर जानु, कसरी भनौं बेसै ग¥यौ ।।
पुरानो गाँडो चुटाईकन, मायाको नयाँ डोरी बाटिछौ
लाएकी थियौ जुन माया, तिमीले अहिले अर्कैमा साटिछौ ।।
म बिना बाँच्न भन्थ्यौ सक्दिन, त्यसैले तिम्रो भर परेथेँ
… सुवाष युक्त फुलै–फुलले, सपनाको सुन्दर घर भरेथेँ ।।
खाएथेँ मैले मायामा कसम, तिमीले बाहिर–बाहिर चाटिछौ
लाएकी थियौ जुन माया, तिमीले अहिले अर्कैमा साटिछौ ।।
दुःखमा काटे जुन समय, तिमीले सुखै सुखमा काटिछौ

फर्केर आउन्नौ तिमी मेरो मनले भन्दै छ
ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी,
न त बगेको आँशु रोक्न सकियो
पसिनाको धारा बगाई धनी बन्ने आशा लिई,