Skip to content
SuryaKumarKshetri


न त बगेको आँशु रोक्न सकियो
न त खुशीलाई नै जोख्न सकियो
भार भयो आफैलाई यो जिन्दगी
न त सधैँभरि भोग्न सकियो ।

रहरहरू झर्दछन् कोपिलामै
न त फक्रेको यहाँ देख्न सकियो
छाती मै छन् पीडाहरू मनका
न त कसैलाई नै पोख्न सकियो ।

सूर्यकुमार क्षेत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *