पद्य कविता
त्यसैले त भन्दै छु ।
त्यो हिउँ जस्तो स्तम्भमय शरिर,
जब म टक्क उभिएर टोलाउँछु ।
ठाउँ,ठाउँमा रहेका बुटा,बुच्चाहरुले
उनको स्पन्दनका लागि धाईरह्छन् ।
अनयासै रसाएको गहका आँसु
ताल बनेर भरिएका आँसुका खोबिल्टा,
अनि भित्र भित्रै जलेका बेदनाका घाउहरु,
बयान,
लहरीकन हावामा फरफराउने रेशम,
सुगन्धमयी फुलले छर्ने निश्वार्थ सुबाष जस्तै,
या चाँदनी रातमा चम्कने कुनै असरुपी होस् ।
जे होस नागले लुकाएको मणि जस्तो,
अझ मृग नयनको त कुनै मोल नै छैन,
जसको अगाडी नौ लखा हार पनि फिक्का हुन्छ,
लत्रेको त्यो प्रत्येक लहरामा लाग्छ मलाई
उनको हाँसो,अनि त्यो सुन्दर मुहार,
जसको पथमा सावित्रीको भान हुन्छ,

आयो हुरी आँधी बनेर,
निर्भयी निर्दयी अघोरी यी मानव ।
मोटरसाइकलमा सरर
मलाई आज म आफै दुखे मेरो पार्टी दुख्यो
पुराना बर्षहरूमा बग्यो धेरै रगतको खोला
हुरीले डाली भाँचे छ आमा
जन्म दिने माता जननी