Skip to content

दुर्जनहरूको भीडमा म एउटा सज्जन


लाखौँ दुर्जनहरूको भीडमा म एउटा सज्जनको
आवाज सुन्छ होला र ?
चाहे होस् असल विचार
चाहे होस् राष्ट्रिय स्वतन्त्रताको कुरा
म एक्लै छु म विवश छु
राष्ट्रघातीहरूसँग मिल्न
म निरीह छु मेरो साथमा कोही छैन
दुर्जनहरूको भीडमा म कता कता हराइरहेछु
राक्षसहरूको भीडबाट
मुक्त हुन म
रोइरहेछु कराइरहेछु
तर पनि म
विवशतामा अल्झिएको छु
दुर्जनहरूको कुहिरोले म घेरिएको छु
म म जस्तै सज्जनहरूको खोजीमा
चारैतिर भौतारिरहको छु
आफ्ना सहादत प्राप्त
दाजुभाइको उद्धेश्य पुरा गर्न
म दृढ छु आफ्ना दाजुभाइको
रगतले सिंचित माटोलाई
उर्वरभूमि बनाउन चाहन्छु
नेपाल आमालाई
सजाएर एकादेशको
कथा बनाउन चाहन्छु
आफूलाई इतिहासमा अमर
नामबाट परिचित गराउन चाहन्छु
तर म एक्लो छु हजारौँ
दुर्जनहरूको भीडमा
आफूलाई पनि एक
दुर्जन बनाउन बाध्य छु
म विवशतामा अल्झिएको छु
विवशतामा… ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *