सिंह दरबार – देशै कुम्ल्याई भकारीमा ठुस्या छ कि छैन केर्नु
(मतदान)
गाउँ पसे होस् गर्नुस सिंह दरबार बस्नेसँग
तासको घर बाड़ी हिड्ने स्वर्ण महल ओढ्नेसँग
आश्वासनको मिश्री देखाई भोक बाँडी हिड्नेसँग
गाउँ पसे होस् गर्नुस सिंह दरबार मास्नेसँग
सोधी खोजी गर्नु होला फेरि त्यहाँ जाने सँग
नारा मात्र बाँडी हिड्ने जाली फटाहा ढोंगी सँग
के के गर्छन अब जाँदा सोध्नु पर्छ तिनी सँग
गाउँ पसे होस् गर्नुस देशमा दशा ल्याउने सँग

चर्किएका भित्ताहरू चुहिने तिनै छाना मिनु,
रुमलिरहेथ्यो डाँफे चरी यो निलो आकाशमा
१ ए-कता
अनेकौ सपनाहरू
टाढा टाढासम्म जान्छ चिठी
साँझ डुबे पश्चिम घाम, फर्की सके पूर्व ।
असफलताका लताहरू मौलाईरहेछन् कता कता
यो संसारमा आज म बेहोसीमा बाँचिरहेछु