Skip to content

हास्यव्यङ्ग्य कविता

शुभकाना कुकुहरुलाई !!

अब आएको छ तिहार,
अस्तिसम्म दशैं पल्टिएको थियो
राम्रै खानपिनको राम्रो प्रबन्ध थियो
हड्डी मात्र हैन ह्याकुलाकै प्रबन्ध थियो

Read More »शुभकाना कुकुहरुलाई !!

साँढेसँग डराउछन्

कोही नेता आप झै पाकेका
कोही जोतेको गोरु झै थाकेका
युवाहरू चाहिं
कोही बिदेश भागेका
कोही राजनीतिबाट छेउ लागेका
तर देश चाहिं
यस्तै बुढा गोरुले पो हाँकेका ।

कुनसाङ्काका

उमेर धेरै भाका छन्
भोज भतेर खाका छन्
जिन्दगीको यात्रामा
धेरैतिर धाका छन् ।
कोही कता गाका छन्
कोही कता गाका छन्
दुखेसोको बाटोमा
धेरै दुःख पाका छन् ।।
कोही हरेस खाका छन्
कोही चरेस खाका छन्
आफ्नो घर भत्काई
अर्काको घर छाका छन् ।।
जेठा माइला थोरै छन्
साइँला काइँला मोरै छन्
धेरै छोरा के पाउँथे
एउटै मात्र पाका छन् ।।
काइँला राइँला हराए
कान्छा मात्र कराए
अझै आउन चाहन्छन्
तर बन्द नाका छन् ।।
हब्बाहरु छाका छन्
कोही अन्कल भाका छन्
अङ्कल हुन बाँकी चैं
कुन्सान काका भाका छन् ।।
सुभाङबाट आका छन्
काठकाडौलाई खाका छन्
अब कता जाने हुन्
एउटै कुन्साङ काका छन् ।।

कागजमै

कागजै सब गरौला
भन्ने महानगर पालिका
तर गर्ने छैन कुनै तालिका
जता हेर्यो फोहरै फोहरको ताज छ
पच्चिस वर्षदेखि यो शहरमा
यही फोहरकै राज छ
अव्यवस्थित घरहरुको फसल छन्
बाटोभरि जात्राको जस्तो पसल छन्

भन धरहरा

भन धरहरा
तिमी कता हरायौ
मसित डरायौ कि
अन्त कतै मन परायौ ?
भन कता हरायौ ?

बाले सानोमा
तिमीलाई देखाउन ल्याउदा
साच्चै तिमीलाई कति मन पराएकोथे
आज लक्का जवान भएर
तिमीलाई भेट्न आउँदा

पुग्यो भन्ने कोही छ (साउन विशेष)

यो पैसो त
जति धेरै कमायो उति धेरै नपुग्नेरैछ
भन्नुस त
अहिलेसम्म पैसोले पुग्यो भन्ने कोही छ ?

सय रुपैया नहुनेलाई हजारले पुग्दैन
हजार कमाउनेलाई लाखले पुग्दैन
यो पैसो त जति कमायो उति अभाव हुनेरैछ
भन्नुस त
अहिलेसम्म पैसोले पुग्यो भन्ने यहाँ कोही छ ?

सरकार सुतला होइस्याछ (बाङ्गा कविता)

बस्नुस् न बस्नुस्
सरकार राती पार्टी गरेर ढिला सुतिस्याछ
खत्र्याक्क आवाज आयो
साहेत म्याम साहाब भर्खर उठिस्याछ
अपराह्न भए कि यहाँ
बदेल आउछ सुकुटी आउछ
व्हिस्की आउछ वाइन आउछ

खेल टुडिखेल खेल

खेल टुडिखेल खेल
त पनि त धुन्दकारी होस
खेल षडेन्कारी खेल ।

के के दिन्छन नेताले भन्दै
डाँडाकाँडाबाट जनता जुराउँछस्
नेतागण ढिला आउँदा
घामले सेकाउदै घण्टौं कुराउँछस्

IndraThapa

आनीबानी सब तेरो (भोटे सेलोमा)

छोरी पढ्न गएकी
तीन वर्ष दशमा रहेकी
चारौँ सालमा दस पास
ज्वाइन गरी क्याम्पस

क्याम्पसमा पढ्दै छ
वैंश त झनझन चढ्दै छ ।

SurajKaphle

म राजा

गनथन….. फतरफतर……
जहिल्यै दिमाग खराब के !
आज चक्मा पाउँछे,
तीज रे रातो साडि धपक्कै !
छेवैमा गएँ,
गमक्क भएँ,
घाँटी फुल्यो,
राज स्वभाव खुल्यो,
मोटो स्वरमा बोलियो ।

म नेपाली

असाध्य भोकले गलीरुँदा पनि खुशी हुने।
प्रचण्ड गर्मीमा पिरोलिँदा पनि खुशी हुने।
असङ्य रोगले थलापरे पनि खुशी हुने।
बाँचिरहे पनि खुशी मरे पनि खुशी हुने।

दिमागमा सनक चढी आबाशमा डडाउँदा।
पनि खुशी
घुँडा धसी अकार्थमा ठटाउँदा।
हजार पिरमा पनि खुशी
अनि लघारिँदा पनि खुशी
कुरा धुती उचा लिँदा पछारिँदा।

खानमिले पनि खुशी नमिलेनी खुशी हुने।
करोडमा पनि खुशी हजारमा खुशी हुने।
हिमालमा पनि खुशी पहाडमा खुशी हुने।
मधेशमा पनि खुशी पर अझै खुशी हुने।

क्रान्तिको उत्कर्ष बिन्दु

पहिले मन्त्र सिकेँ ठूलागुरु सँगै क्रान्ति कसोरी भनी।
भित्र्याएँ हतियार ली गुरुसँगै बालेँ मसाल दनदनी।
पड्काएँ बम गाउँमा झुपडीमा क्रान्ति सफलहोस् भनी।
ठूला मालिकका महलतिर नजर लाईन कहिल्यै पनि।
देखाएँ खुब शान गाउँघरमै हुँ क्रान्तिकारी भनी।

त्यैबेला अरु दुष्टले बल गरी मालिक लघारी दिए।
ठाडै बोल्न मिलेन त्यस बखतमा हो हो भनी साथ दिएँ।

मालिकको अबशान खप्न नसकी सारै भयो छटपटी।
थन्क्याएँ हतियार पसेँ शहरमै मन पोल्दथ्यो भत्भती।
केही बर्ष बिते यताउति गरी मेसो मिलाई रहेँ।
पल्ला मालिकको लिईमत ठूला मालिक रिझाई रहेँ।

मेरो अन्तिम लक्ष्य हो थलिएको दरबार ब्युताउँने।

शुभ बिबाह

साउनको महिनामा खेति गर्ने बेला।
बिबाहको लगन जुर्यो फेरी यसै बेला।
बेहुली बनिन् कमल फुल बेहूला बने शेर।
जन्तजान हतार भयो हाम्लाई यति खेर।

बेहुलीको दोश्रो बिहे पहिलो छोडी आको।
बेहुलाको कैयौचोटी बिहे हुँदै आको।

बल्ल बल्ल बर खोजी मायाप्रिति लाको।
फेरि माया छुट्ने होकि बानी पर्दै आको।
पहिलो केटो मन पराएँ साह्रै राम्रो देखी।
नमान्नेभो मेरो कुरा गर्न लाग्यो सेखी।

दोस्रो बर त्यस्तै परे कसो गर्ने होला।
फेरिपनि तेस्रो बिहे गर्नु पर्छ होला।

कोदाको झोल

पहाड मधेश हिमाल भोट
शहर बजार गाउँ टोल।
संसारभरी फैलेको
सर्वब्यापी “कोदाको झोल।”
दिनभरि काम गरी
हातमा पार्यो कुखुराको मोल।
साँझदेखि बिहानमा
पिएर सक्यो भैंसीको मोल।

जय गणतन्त्र

सुरक्षाकर्मीले पनि गन देखाउने
क्रान्त्रिकारीले पनि गनै देखाउने
कार्यकर्ताले पनि गनै देखाउने
गुण्डागर्दिले पनि गनै देखाउने
जस्ले पनि गन देखाउने तन्त्र
हैन यो कस्तो गणतन्त्र !
जय गणतन्त्र ।

साँढे भूकम्प

ब्यालेन्स नभाको जस्तो
घरी घरी मिसकल गर्ने
कहिले बजियाले त
रिचार्ज गरी फुल कल गर्ने
लड्ने भारतीय र तिक्कति पिलेट रे
उतै हल्लाउनु नि जति हल्लाए पनि
फेरि बजियाले किन
नेपालतिर बल गर्ने ?

लोल (lol)

भन्नेले भन्छन मिठो कोदा को झोल
खानेले भने मिठो गुन्द्रुक को झोल
तर मलाई मिठो यै स्वदिस्ट लोल ।

दुइतिर ठाडो लौरो बीचमा गोल
तीन अक्षरको शब्द सबैले बोल
स्पेलिङ एस्को एल ओ एल लोल ।

छोटो र फाटेको

गाउँ घरमा पनि सुनिदैन आजकाल कुखुरा बासेको
ड्राइभरको छेउमा बसेकी त्यो केटी के सारो हाँसेको?

बगैचाहरू लभगर्ने कै अखडा बन्यो अरु त के कुरा
मन्दिर परिसार भित्रै देखिन थाले पिरती गाँसेको