Skip to content

हास्यव्यङ्ग्य कविता

बिउटी पार्लर धाउँन थालि

आजकल तल्लो घरकी भुन्टी निक्कै
बिउटी पार्लर धाउँन थालि
अस्तिसम्म खोज्नुपर्ने उसलाई दिउँसै
बत्ती बालि बालि

कपाल स्ट्रेट, ल्याब्रे ओठमा लिपस्टिक
गालामा पाउडर लाली
आज भोलि भेट्दा छुट्टाउनै नसकिन
गोरी हो कि काली?

ठुल ठूला आँखा बाहिर निस्केला जस्तो
कालो गगल्सले ढाकिछे
सुँगुरको जग्गर जस्तो त्यो घना कापल
ट्रिमगरेर सर्लक्क पारिछे

कचल्टेको तिग्रा देखाई मिनी-स्कर्टमा
हाइहिल मात्र लाउँन थालि
घाँस दाउरा पंधेरो गर्नछोडी आजकल
बाजार मात्र धाउँन थालि

मोबाइल हातमा उसको चौबिसै घण्टा
खेलाउने कस्तो बानी?
भुन्टीको पनि पक्कै शुरुभयो जस्तो छ
फेसबूकमा प्रेम कहानी

स्वर्गमा केही कविहरुका गनगन

(केही हास्य कविताका टुक्राहरु)
विष्णु नवीनः
प्रकृति पनि कति पापी
सुन दियो, नुन दियो
घाम दियो जुन दियो
खानी दियो पानी दियो
हरिभक्तेलाई पनि दियो
हामी आमाबाबुलाई नानी दियो
धेरैलाई धेरै थोक दिएर पनि
गरिबलाई अघाउँजी किन माड दिएन
म जस्ता जँड्याहालाई
छाद्ने पाध्ने गरी किन जाँड दिएन ?

मोडन भक्त

एक हुल मुन्द्रेहरूको बथान
अट्टाहास हाँसोमा
थोरै अस्लिन शब्दहरू मिसाउदै
पैताला भेट्नै लागेको कट्टु समाएर
जंगल सफारी लजभित्र
प्रवेश गर्छन् ।

त्वमेव डलर च रुपैयाँ त्वमेव (गाइजात्रा – २०७१)

त्वमेव डलर च रुपैयाँ त्वमेव
त्वमेव सर्वम त्वम देव देव
त्वमेव प्रेम च रस त्वमेव
त्वमेव बुद्धि च त्वम देव देव
त्वमेव साडी च गहना त्वमेव
त्वमेव लिपिस्टिक त्वम देव देव

स्वर्गमा केही कविहरुका गनगन

(केही हास्य कविताका टुक्राहरु)
विष्णु नवीनः
प्रकृति पनि कति पापी
सुन दियो, नुन दियो
घाम दियो जुन दियो
खानी दियो पानी दियो
स्वास्नी हामी आमाबाबुलाई नानी दियो
धेरैलाई धेरै थोक दिएर पनि
गरिबलाई अघाउँजी किन माड दिएन
म जस्ता जँड्याहालाई
छाद्ने गरी किन जाँड दिएन ?

साम्सद ज्वाइँ

ऊ ज्वाइँ जाऊ
माथि छिटो जाऊ
मोज गर्न जाऊ
भोज गर्न जाऊ
तर मार्न जाऊ
जित्यौ यो चुनाउ
फेरि आयो दाउ
तिम्रो भयो भाउ
गाउँ खायौ आजसम्म
अब देश खाऊ ।

सांसद हराएको सूचना

सभापति महोदय,
हामीले पठाएको सांसद हरायो भन्ने सुनिन थालेको छ
सांसद करायो भन्ने सुनिन थालेको छ ।
चारै महिना अघि हामीले ता तहाँकोमा पठाएकै थियौं ।
ऊ त्यहीं कतै हुनु पर्ने हो !
कता गयो त हामीले चुनेर पठाएको सांसद ?
के भएछ त उसलाई ?

मलाई पनि पद चाहियो

हिजो म्याउँम्याउँ गर्ने त भयो
मलाई पनि पद चाहियो
पदमा बस्नेलाई हुने
खुशीको गद गद चाहियो

तपाईँहरूभन्दा छुट्टै माथि
आसन गर्न मन लाग्यो
माइकमा मुख बंग्याई बंग्याई
भाषण गर्न मन लाग्यो

भाले-तान डे

कविको मिठो कविता जस्तो
नेताको भाषण अनि झुटो आश्वासन जस्तो
हिन्दी फिल्म धेरै हेरेर
आकाशको तारा झारेर ल्याउने कसम जस्तो
जडयाँको रक्सी खाएपछि निस्कने साहित्य जस्तो
छैन मेरो बिचार अनि भावना त्यति सस्तो
तर पोल्ट्री फार्ममा भा’को सबै भालेको कसम

गोरू जात्रा

गाईको जात्रा हुन्छ, हुन्छ नारी दिवस
तीज हुन्छ, यो हुन्छ, त्यो हुन्छ
तर खोइ गोरू जात्रा, खोइ पुरूष दिवस ?
त्यसले साथी यो गाईजात्रा मानी
कोरेको छु एउटा कविता गोरूजात्रा ठानी

न बिर्सें तिमीलाई, न पाये तिमीलाई…

न बिर्सें तिमीलाई, न पाये तिमीलाई…
ए व्हिस्की दिलमा सजाये तिमीलाई …

त्यो यात्रा सुनौलो, अनी साथ तिम्रो…
त्यो रस्की रसिलो, अनी छव्याला सुकुटीको साथ मिठो…
सम्झेर भेट्न भट्टी गये तिमीलाई…
न बिर्सें तिमीलाई, न पाये तिमीलाई…
ए व्हिस्की दिलमा सजाये तिमीलाई …

आयो समिपै जब तिमी मेरो ओठ्मा…
यो दिल को धड्कन अनी हलचल सुनाये तिमीलाई…
न बिर्सें तिमीलाई, न पाये तिमीलाई…
ए व्हिस्की दिलमा सजाये तिमीलाई …

रमाये एकैछिन, ठाडो घांटी लगाये तिमीलाई…
बील तिर्दा आसु झर्यो, अनी आसु पुछ्दै फेरी पिये तिमीलाई…
न बिर्सें तिमीलाई, न पाये तिमीलाई…

लठ्ठिएको जवानी

देखी रा ‘ को, न देखने लाई
बबुरो पीर किन् सल्कायो
सल्लो बत्ति बाली जङल्
साँझ बिहान किन लट्ठायो ?
के जानोस त्यो प्रीति मिठो
युवा बुडो किन खुट्टायो
मर्द हो! मर्द साथि ! ,!
बे फ्वाँक मै, त्यो बौलायो !

गर अब राज

भगाई राजा खायौ आफै
सत्ता बाडीचुँडी
टुहुरो पारेउ राँडो देश
फुँडी जग जगी
भाल्टाङ् भुल्टुङ
खान् छैन् हिडे खाडी तिर
सुकुमारी नानीहरु
नाचने घरका द्वार
प्रचन्डे तिम्रो यो
कस्तो समाज्बाद ?
भाई छोरा फुटायर
गर अब राज.

नेताज्यूको मन्त्र

नेताज्यूको मन्त्र

देशमा एउटै रोगी नभए डाक्टर के गर्थे/
शुशानले देश चले पत्रकार के गर्थे //
अपराधी र भ्रष्ट्रचारी लाई खै कहा समेट्ने
इ नभए न्यायाधिस र वकिल के गर्थे
हत्या हिसां पनि त चाहियो नि देशमा
यै नभए पुलिश प्रसासनको के गर्थे ।

डाक्टर रत्नपार्कमा बसेर भिख माग्थे की ।
पत्रकार समाचार नभेटेर भोकै मर्थेकी ।
न्याधिस वकिलको अध्यन के काम ।
पुलिस प्रशासन झिगां मारेर बस्थे की ।

त्यसैले
शुशासनको ठाउँमा कु जोडीदा नी
मेरो देश शुन्दर शान्त विशाल छ ।
सबैलाई समेट्ने लोकतन्त्र आको छ ।

त्यही भएर त,
हत्या, हिंसा, भ्रष्टार, रोगी, भोगी, प्रत्रकार
डाक्टर वकिल कुशासन

धोबीखोलाय नमः (प्रेम ओलीका हाव्य कविता)

  • by

फोहरको भारी बोकेर
धोबी खोला
कहिले टाउको
कहिले कुन ठाउको
खस खस कनाउदै थियो
पसिनाले भिजेर हो कि केले हो
ठस ठस गनाउदै थियो ।