Skip to content

आनीबानी सब तेरो (भोटे सेलोमा)

IndraThapa


छोरी पढ्न गएकी
तीन वर्ष दशमा रहेकी
चारौँ सालमा दस पास
ज्वाइन गरी क्याम्पस

क्याम्पसमा पढ्दै छ
वैंश त झनझन चढ्दै छ ।

जाँच आयो आई.ए. को
छोरीको मन चैँ बिहेको
बाउलाई थाहा खोइ छ
छोरी त जवान भोइ छ

कुर्ता दिन्छु भेष्ट किन्छे
पाइन्ट दिन्छु पेन्ट लिन्छे ।

भन्छु पढ् है राम्ररी
फेसबुक खोल्छे दिनभरि
रक्सी पनि खान्छे रे
चुरोट पनि तान्छे रे

बाटामा साइड हान्छे रे
फिलिम हेर्न जान्छे रे ।

आई छोरी जाँच दे’ र
साथमा ब्वाइ फ्यान ले’र
टुलुुटुलु हेर्छु छक् परी
कुरा खेल्छ मन भरि

उनरको मन जुदेछ
छोरी ता पोइल कुदेछ ।

भन्छु मनले थुक्थुक
आमा चैँ रुन्छे सुक्सुक
आमाको रुवाइमा शंका भो
शंकाले लंका हानी गो

भन्छु म त लौ नरो
आनीबानी सब तेरो ।

-इन्द्र थापा
शिक्षक; संस्कृत मावि, सखडा, सप्तरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *