एकल गजल वाचन तथा स्रष्टा सम्मान कार्यक्रम
कोहलपुर–२, बाँके ।
२०६७ माघ १५ गते शनिबार ।
शहिद दिवसको अवसर पारेर शनिबार पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा कोहलपुरकी नारी गजलकार सन्तोषी विष्टको एकल गजल वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । प्रमुख आथिति कथाकार महेश विक्रम शाह रहनु भएको सो कार्यक्रममा नेपालगंजका विरष्ठ समालोचक डा.गोपालप्रसाद शर्मा अधिकारीलाई सम्मान गरियो । २५ वटा गजलका साथ कार्यक्रममा उर्लिएकी सन्तोषी विष्टले प्रायः सबै बौद्धिक स्तरका गजलहरू वाचन गरेकी थिईन् ।
भाषा, साहित्यमा योगदान पुर्याए बापत समालोचक डा.गोपालप्रसाद शर्मा अधिकारीलाई सम्मान–पत्र र पुरस्कार राशीले सम्मान गरिएको हो । २०६२ सालमा स्व. तुलसीराम ढाकालको स्मृतिमा स्थापित ‘तुलसीराम साहित्य पुरस्कार–२०६६’ ले डा.शर्मालाई सम्मान गरिएको हो ।



प्रकाश पौडेल माइला

भाद्र १० गते विहिवर २०६७।
