Skip to content

प्रा. रामकुमार पाँडेको प्रमुख आतिथ्यतामा अनेसास जापानको साहित्य शृंखलामा हुने


प्रकाश पौडेल माइला
टोकियो जापान ।
२५ सेप्टेम्बर, २०१०।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले नियमित साहित्य शृंखला अन्तर्गत यही सेप्टेम्बर २९ तारिख बुधबारको दिनमा एक साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ। आयोजक संस्थाका महासचिब पुस्करजंग थापाद्वारा जारी विज्ञप्ति अनुसार, कार्यक्रम टोकियो शहरको सिन-ओकुबो स्थित नेपाली खाजा घरको सभाकक्षमा हुनेछ।

अनेसास जापानले बिगत केहि वर्ष देखि हरेक तीन-तीन महिनाको फरकमा शृंखलाबद्ध साहित्यिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यसै सन्दर्भमा यस पटकको कार्यक्रम शृंखला एघारको रुपमा रहेको हो, विज्ञप्तिमा उल्लेख छ ।

“पेन” (P.E.N.) जापानको आयोजनामा हुन गइरहेको अन्तराष्ट्रिय “पेन” सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्त्व गरेर आउनु भएका साहित्यकार प्रा. रामकुमार पाँडेले शृंखला एघारको प्रमुख आतिथ्यता गर्नुहुनेछ । कार्यक्रममा “पेन” सम्मेलनमा सहभागी हुन टोकियो आउनुभएका अन्य स्रष्टा तथा जापानमै रहनुभएका “पेन” नेपालका सदस्यको पनि सहभागिता रहने भएको छ । स्मरण रहोस् विश्वका १०४ देशबाट “पेन” सम्मेलनमा भाग लिनको लागि “पेन” पदहिकारीहरू हाल टोकियोमा हुनुहुन्छ ।”पेन” नेपालको तर्फबाट सहभागिताको निम्ति टोकियो पाल्नुहुने नेपाली टोलीमा प्रा पाँडेका अतिरिक्त मुरारी सिग्देल र भीष्म उप्रती पनि हुनुहुन्छ ।

कार्यक्रममा वर्ल्ड हाइकु एसोसियसनका पदाधिकारी (जापानी नागरिक)को समेत बिशेष सहभागिता रहने छ । साथै साहित्य शृंखलामा प्राध्यापाक पाँडेद्वारा लिखित एक पुस्तिका तथा अनेसासको मुखपत्र “अंतर्दृष्टि”को रमेश विकल बिशेष अङ्कको लोकार्पण कार्यक्रम पनि रहेको जानकारी आयोजकबाट प्राप्त भएको छ ।

सेप्टेम्बर २९ तारिख बुधबारको दिनमा हुन गईरहेको सो कार्यक्रममा जापानमा रहेका नेपाली स्रष्टाका अतिरिक्त देश-बिदेशका स्रष्टाका रचनाहरू समेत बाचन गरिने भएकोले साहित्यलाई माया गर्नुहुने सम्पूर्ण स्रस्टा लगायत साहित्य अनुरागी महानुभावहरूमा रचना सहित न्यानो उपस्थितिको लागि पनि आह्वान गरिएको छ । उपस्थित हुन असमर्थ स्रस्टाहरूको रचना पनि बाचन गरिने भएकाले इच्छुक महानुभाबहरूले rachanasankalan@googlegroups.com मा ईमेल मार्फत पठाउन अनुरोध गरिएको छ ।

कार्यक्रम – साहित्य शृंखला ११
मिति – सेप्टेम्बर २९ बुधबार
समय – साँझ ६ बजे
स्थान – नेपाली खाजा घरको सभाकक्ष
आयोजक – अनेसास, जापान
आकर्षण – दुई कृतिको लोकार्पण

2 thoughts on “प्रा. रामकुमार पाँडेको प्रमुख आतिथ्यतामा अनेसास जापानको साहित्य शृंखलामा हुने”

  1. हार्दिक धन्यवाद स्नेही भाई
    हार्दिक धन्यवाद स्नेही भाई प्रकाश पौडेल माइलालाई ।
    हार्दिक धन्यवाद स्नेही भाई प्रकाश पौडेल माइलालाई, यो जापानमा हुनलागेको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले नियमित साहित्य शृंखला गर्न लागेको सूचनालाई प्रकाश पौडेल भाईको सहयोगमा मझेरी डट कम मा प्रकाशन भएको कारणले मजस्ता कुनाकाप्चामा खाँदिएर बसेका साहित्यमा अभिरूची राख्नेमान्छेहरूलाई पनि जाकारी गराउनु भएकोमा मलाई साह्रै खुसीलागेर त्यही अनुरोध मूलक सूचनालाई साभार गरेर पल्लव साहित्य प्रतिष्ठान, चितवनले हालसालैमात्र सञ्चालनमा ल्याएको वेवसाइटः http://www.pallawa.com.np मा राखेको छु । कृपया हेरेर सुझाव दिनुहोला । र सम्वभ भए रचनको पनि अपेक्षा गर्दछु ।

    मझेरीको नियमित पाठक एवम् http://www.pallawa.com.np सञ्चालक,
    – उही गोर्खेसाइँलो ।

  2. आज, यस कार्यक्रममा सहभागी
    आज, यस कार्यक्रममा सहभागी हुने मौका मिल्यो । पाँडे सरलाई मैले पहिलो पटक भेटेको हुँ । वहाँको सादा, सफा विचारले प्रभावित हुने ममात्र हैन कार्यक्रमका सबै थिए। वहाँका केही रचनाहरू शिघ्र मझेरीमा राखिनेछ; प्रतिक्षा गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *