Skip to content

कला/साहित्य समाचार

महासचिवको बिदाइ

  • by

नवोदित साहित्यिक मोवाइल पुस्तकालय(दोहा, कतार)ले संस्थाका महासचिव महेश्वर नेपालको संस्थागत बिदाइ गरेको छ । उनले संस्थामा पुर्याएको योगदानको प्रशंसा गर्दै एक कार्यक्रमका बिच कदर पत्र प्रदान गरिएको हो ।

कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष तिर्थसंगम राईले कदर पत्र हस्तान्तरण गरे भने अन्य कार्यसमितिका पदाधिकारीहरूले मायाको चिनो स्वरुप क्याननको डिजिटल क्यामरा प्रदान गरेका थिए ।

अमेरिकामा अन्तराष्ट्रिय कविता महोत्सव सम्पन्न : रामबहादुर तामाङ प्रथम

आज भजिनियाको वेस्टफिल्ड स्थित होतेल मरियटको सभाकक्षमा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आयोजित दोस्रो अन्तराष्ट्रिय कविता महोत्सव सम्पन्न भयो।

नुवाकोटका रामबहादुर तामांगको ‘सम्बोधन’ प्रथम, क्यानाडा, मिसिसांगाका भावना पोखरेलको ‘चराहरू’ दोस्रो र पोखराका शरण आँसुको ‘असमय’ तृतीय भएको थिए। यसरी पुरस्कृत हुने कविहरूमध्ये प्रथम हुने रामबहादुर तामांगले एक हजार अमेरिकी डलर सहितको हेमसरिता पाठक भानुभक्त काव्य पुरस्कार, दोस्रो हुने भावना पोखरेले तीन सय डलर सहितको शर्मा मुठभरी मोतीराम काव्य पुरस्कार र तृतीय हुने शरण आँसुले दुई सय डलर सहितको बसुन्धरा गणेश रोका देवकोटा काव्य पुरस्कार र प्रमाण पत्र पाउनुहुनेछ।

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११, जून)

  • by

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरको नियमित कवि गोष्टी सधैं झैँ यो पटक पनि बिजयदेव अधिकारी र तारा अधिकारीज्यूको आतिथ्यमा सफलतापुर्वक यही शनिबार २५ जुनमा सम्पन्न भयो ।

20110619_RudraMishra_News_03

यात्राको विमोचन सम्पन्न

  • by

रुद्र मिश्र, क्वालालम्पुर, मलेसिया
असार ५, २०६८ (जुन १९, २०११ आईतबार)

यात्रा साहित्य मञ्च फाक्चामारा, तेह्रथुमको प्रकाशनमा गनिन्द्र विवशको सम्पादन रहेको विश्वव्यापी साहित्य संगालो “यात्रा” भाग-१को विमोचन आज सम्पन्न भएको छ । कार्यक्रम मलेसियाको क्वालम्पुरस्थित चौतारी रेष्टुरेण्टको सभाहलमा आयोजना भएको हो ।

पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथि साहित्यकार एवं कार्टुनिष्ट मणि राई “गोठाले” र अनाममण्डली मलेसियाका अध्यक्ष तथा विमोचन कार्यक्रमका सभापति श्रीजन श्रीले संयुक्त रुपमा गर्नुभएको थियो ।

20110615_RajeshworDhakal_01

नवोदित साहित्यिक मोबाइल पुस्तकालयको अधिवेशन सम्पन्न

  • by

राजेश्वर ढकाल, तीर्थ संगम राई,
दोहा, कतार ।

“भाषाको उत्थान नेपालीको पहिचान सचेत र शिक्षित समाजको निमार्ण हाम्रो अभियान” भन्ने मूल उद्धोषका साथ स्थापना भएको नवोदित साहित्यिक मोबाइल पुस्तकालय कतार-२०६६ को प्रथम अधिवेशन १० जुन २०११ का दिन टप फर्म रेष्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ ।

20110612_SanchuTamang_News

तामाङ डाजाङको ९७ औं साहित्यिक शृंखला सम्पन्न

  • by

जेठ २८, २०६८
काठमाण्डौं ।

बिगत दश वर्षदेखि तामाङ साहित्यिक कार्यक्रम सन्चालन गदै आएको तामाङ डाजाङले ९७ औं साहित्यिक शृंखला सम्पन्न गरेको छ । सो कार्यक्रम राजधानीको आर आर क्याम्पसमा आज सम्पन्न भएको हो ।

कार्यक्रममा तामाङ भाषामा लेखिएका कविता, गीत, लघुकथा, निबन्ध, गजल जस्ता विविध विधाका रचनाहरू बाचन भएका थिए ।

20110606_KapilAnjan_News_01

बर्दियामा युगल गजल वाचन कार्यक्रम सम्पन्न

  • by

जेठ २१ गते, २०६८
भुरीगाउँ, बर्दिया ।

२१ गते शनिबार, भुरीगाउँ, बर्दियामा युगल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ ।

बाँकेका गजलकार कपिल अन्जान र बर्दियाका गजलकार गोल्डेन उद्भासको युगल गजल वाचन कार्यक्रमको प्रमुख आतिथ्यमा बर्दियाका छन्दकवि इन्द्रराज पौडेल, खगेन्द्र गिरी, महानन्द ढकाल, सागर गैरे, प्रकाश गिरी, लगायतका बर्दिया जिल्ला बाहिरबाट आएका गजलकारहरूको आतिथ्य र मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान शाखा बर्दियाका अध्यक्ष रेशम थापाको सभापतित्वमा सम्पन्न भयो ।

अनेसास नवोदित दोस्रो वाचन शृंखला सम्पन्न

  • by

राजेश्वर ढकाल
दोहा, कतार ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारको सयुक्त आयोजना “अनेसास र नवोदित दोस्रो वाचन शृंखला” १३ मे शुक्रबार सम्पन्न गरेको छ । चर्तित ढुङगेलको संयोजकत्वमा भएको कार्यक्रममा नेपाली नियोगका द्वितीय सचिव तथा बरिष्ठ साहित्यिकार जय छाङ्छाले प्रमुख श्रोताको भूमिका निभाएका थिए ।

कथाकार देवकुमारी थापा अब रहनु भएन

  • by

हाम्रो साहित्यिक आकाशबाट फेरि एउटा नक्षत्र झरेको छ, कहिल्यै नउदाउने गरी । कथाकार तथा साहित्यकार स्व. देवकुमारी थापाको पाषाण शरीर माटोमा बिलिन भए पनि वहाँका कृतिहरू नेपाली साहित्यकाशमा अजर, अमर छन् ।

वहाँको ८२ बर्षको उमेरमा बिराटनगरको आफ्नै निवास स्थानमा निधन भएको हो ।

साहित्यकार थापा जन्म भारतको दार्जीलिङमा जन्मुभएको थियो । दार्जीलिङ्को नेपाली साहित्यिक बातावरणले वहाँलाई पनि नेपाली साहित्यमा आकर्षित गर्यो, र कालन्तरमा वहाँ बिशेष गरी कथा लेखनमा समर्पित हुनु भयो ।

20110429_DeshSubba_news_01

वरिष्ठ साहित्यकार ईन्द्रबहादुर राईको अति व्यस्त हङकङ भ्रमण

  • by

देश शुब्बा, हङ्कङ् ।

नेपाली महासंघ हङकङको निमन्त्रणामा हङकङ आउनु भएका डा. इन्द्रबहादुर राई हङकङमा पाइला टेकेदेखि नै अति व्यस्त हुनु भयो । उनको भिडियो खिच्ने, आवाज रेकर्ड गर्ने, फोटो खिच्ने, साहित्य, कला र दर्शनको कुरा सुन्ने ताँती नै थियो । अति व्यस्तताले कतिपय कार्यक्रम रद्द गर्नु परेको थियो । एकैदिनमा ४ वटासम्म कार्यक्रममा राई उपस्थित भएका थिए । उनको कार्यक्रम तालिका निम्नानुसार थियो—

20110411_TirthaSangamRai_News-01

अनेसास नवोदित साहित्यिक वाचन शृंखला शुआरम्भ

  • by

तीर्थ संगम राई
दोहा, कतार ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कतार च्याप्टर र नवोदित साहित्यिक मोबाईल पुस्तकालय, कतारको संयुक्त आयोजनामा संचालन भएको साहित्यिक वाचन शृंखलाको पहिलो शृंखला यही ०८ अप्रिल २०११ नेशनल स्थित टपफम रेष्टुरेण्टमा भब्यताका साथ सम्पन्न भयो । साहित्यलाई जसरी सम्मान गरिन्छ त्यसरी नै सम्मानपूर्वक श्रवण पनि गरिनु पर्छ भन्ने उदेश्यका साथ यो शृंखलात्मक वाचन सुरु गरिएको हो ।

दोहामा छरिएर रहेका सिर्जनाधर्मीहरूको निश्चित मिलनबिन्दु र हरेक शृंखलामा वाचन गरिएका उत्कृष्ट रचनाहरूलाई रचनाकारको स्वरमा रकर्ड गर्दै, एक अर्कामा सिर्जना आदान प्रदान गर्ने अर्को उदेश्य रहेको छ । हरेक महिनाको दोस्रो शुक्रबार पारेर थालनी गरिएको यो पहिलो शृंखलाका संयोजक दीपक भेट्वाल रहनुभएको थियो । हरेक महिना फरक-फरक संयोजक रहने यस शृंखलामा आगामी महिना र शृंखलाका लागि संयोजक चर्चित ढुंगेल चयन भएका छन् ।

20110402_DeshSubba_News

वरिष्ठ साहित्यकार ईन्द्रबहादुर राई हङकङ आउने

  • by

देश सुब्बा, हङकङ ।
मार्च २९, २०११ ।

नेपाली साहित्यमा विचार, समालोचना, सृजना, प्रयोग र अनुवादमा लामो समयदेखि निरन्तर समर्पित साहित्यकार ईन्द्रबहादुर राई हङकङ नेपाली महासंघको अप्रिल २२, २०११ मा हुने साहित्यिक कार्यक्रममा भाग लिन हङकङ आउने भएका छन् । उक्त कार्यक्रममा कविता गोष्ठी, हङकङबाट उत्पादित विचार गोष्ठी र ईन्द्रबहादुर राईको विचार प्रस्तुत हुने कार्यक्रम छ । हिजो नेपाली महासंघको कार्यालयमा विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यकार, संगीतकारको सामूहिक बैठकले यस सम्बन्धमा वृहत छलफल गरेको थियो । हङकङ नेपाली महासंघले विगत वर्षखि विविध कार्यक्रम गर्दै आइरहेको छ । त्यस मध्ये साहित्यिक कार्यक्रम यो पहिलो हो ।

20110330_AcharyaPrabha_News

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११, मार्च)

  • by

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टर अन्तर्गत संचालन भइरहेको कवि गोष्ठी “साहित्य संगम” मार्च २०११ अंक २६ मार्चमा आयोजना भयो । कार्यक्रम हरि अधिकारी तथा मीना पौडेलज्युको आतिथ्यमा वहाँहरूकै निवास स्थान हेन्डरसन कोलोराडोमा भब्यताका साथ सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रमको संचालन अनेसास, कोलोराडो च्याप्टरका अध्यक्ष श्री पदम विश्वकर्माले गर्नु भएको थियो ।

20110322_KrishnaKShresthaKals_01

“धन कमाउने सपना” गजल-संग्रह बिमोचित

अनाममण्डलीबाट प्रकाशित कृष्ण के श्रेष्ठ “काल्स” दवारा लिखित “धन कमाउने सपना” नामक गजल संग्रहको बिमोचन कार्यक्रम २८ गते पद्य कन्या क्याम्पस बागबजारमा समपन्न भयो । अनाममण्डलीको अध्यक्ष घनेन्द्र ओझाको सभापतित्वमा समपन्न उक्त कार्यक्रममा प्रमुख अतिथिद्वय गजलकार प्राज्ञ बूँद राना, साहित्यकार धनराज गिरी, साहित्यकार बुलु मुकुराङले संयुक्त रुपमा उक्त गजल संग्रहको लोर्कापण गर्नु भयो ।



20110314_AcharyaKeshav_news

गोरखापत्र दैनिकका कार्यकारी सम्पादक आचार्यको ‘अग्रणी महिला’

  • by

आचार्य केशब
मार्च १४, २०११।
काठमाडौं ।

अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा पत्रकार तथा साहित्यकार निर्मलकुमार आचार्यले ‘अग्रणी महिला’ कृति सार्वजनिक गर्नुभएको छ ।

समाजसेवा, ज्ञान, विज्ञान, साहित्य, कला, राजनीति, चिकित्सा, खेलकुद, चलचित्र आदि विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएका सङ्घर्षशील ५५ जना नारीका विषयमा यो कृति केन्द्रित छ । यसबाहेक कृतिमा १५० जनाभन्दा बढी प्रथम नेपाली महिलाको चर्चासमेत गरिएको छ ।

20110228_DeshSubba

रेखा कविता, मुसायरा गजल र विचारको सँगम

आइतबार २७ तारिख
हङकङ् ।

हङकङको चुनवानमा गरिन्दै आएको साहित्यिक छलफल याउ मा तेइको म्याक डोनाल्डमा सम्पन्न भयो । छलफलमा कवि टंक सम्बाहाम्फे, बिमल राई, गजलकार विष्णुनन्द चाम्लिङ, समालोचक तथा कवि दाजु गुरुङ्, गायिका तथा गीतकार शुशिला थुलुङ र म देश सुब्बा उपस्थित भएका थियौँ । यो हङकङलाई उज्यालो बनाउने हाम्रो नियमित कार्यक्रम हो । यो क्रम ५ वर्षदेखि निरन्तर गरिरहेका छौँ । यसले हङकङलाई बौद्धिक जमातमा निकै उज्यालो बनाएको छ । यो वैचारिक मञ्चनको चौतारी । यसमा धेरै भन्दा धेरै साहित्यकार, पाठक, समालोचक बोलाउँदै आएका छौँ । तर पनि समयले तिहुनभुटुन साटेर खानुपर्ने ठाउँमा भनेको जस्तो नहुँदोरहेछ ।


बायाँबाट सुशीला गुरुङ, दाजु गुरुङ्, देश सुब्बा, विष्णुनन्द चाम्लिङ, बालकको साथमा टंक सम्बाहाम्फे

20110223_INLS_Israel_News-01

इजरायलमा साहित्यिक बनभोज तथा पुस्तक विमोचन

  • by

फेब्रुवरी २०, २०११
अनेसास, इजरायल

नेपालमा प्रजातन्त्र दिवसको अवसर पारेर इजरायलमा रहनुभएका साहित्य अनुरागीहरूको साहित्यिक बनभोज र नियात्रा तथा संस्मरणकार नयेन्द्र चेम्जोङको नविनतम् कृति “मोड”को विमोचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रम अनेसास इजरायल च्याप्टरद्वारा तेलअभिभ नजिकै रामात गान भन्ने ठाउँको लुना पार्कमा आयोजना गरियो ।

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११, फेब्रुअरी) तथा सरस्वती पूजा

  • by

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा फेब्रुवरी १२ तारिख शनिबारको दिन सरस्वती पूजा सम्पन्न भयो ।

20110212_ManojKafleyNews

अनेसास कुवैत च्याप्टरको बृहत साहित्यिक गोष्टी सम्पन्न

  • by

मनोज मनसुन, कुवैत
फेब्रुअरी १२, २०११

मिति २०६७ साल माघ २८ गते तदनुसार ११ फेब्रवरी २०११ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कुवैत च्याप्टरले बृहद रुपमा साहित्य गोष्टी सम्पन्न गर्यो । अभि जमान स्मृति ट्रस्टको प्रायोजन तथा अनेसास कुवैत च्याप्टरको आयोजनामा सम्पन्न उक्त गोष्टीमा कुवैतका लागि नेपाली महामहिम राजदुत वरिष्ट साहित्यकार कथाकार श्रीमधुवन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अभि जमान स्मृति ट्रस्टका संचालक, अनेसास कुवैत च्याप्टरका संरक्षक, स्पन्दन मासिक साहित्यिक बुलेटेनका सम्पादक वरिष्ट साहित्यकार कवि होम क्षेत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त साहित्य गोष्टीको सभापतित्व संस्थाका संस्थापक अध्यक्ष श्रीराजन रिमाल अभिलाषी ज्युले गर्नुभएको थियो । जेष्ट्य अतिथिका रूपमा भारतमा नेपाली राजनीतिका महानायक श्रीचन्द्रबहादुर क्षेत्री हुनुहुन्थ्यो ।

20110201_GorkheSailo_SirjanshilSahityaNews

सिसासको सातौँ बाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

शिर्द्धार्थनगर माघ १६, गते आइतबार ।
शहीद दिवस २०६७ ।

सिर्जनशील साहित्य समाज, भैरहवाले शहीद दिवसको अवसरमा आफ्नो संस्थाको सातौँ बाषिर्कोत्सव, स्रस्टा सम्मान पुरस्कार वितरण, कृति विमोचन तथा साहित्य गोष्ठी कार्यक्रम भैरहवा स्थित लुम्बिनी निर्माण व्यवसायी सङ्घको प्रेक्षालयमा आयोजना गरेको थियो ।

संस्थाका अध्यक्ष श्री छवि ज्ञवालीको सभापतित्व र प्राज्ञ श्री बूँद रानाको प्रमुख आतिथ्यतामा श्रीतेजप्रसाद पन्तको स्वागत भाषणबाट सुरु भएको उक्त कार्यक्रमको उद्घोषण कार्य श्री नारायणप्रसाद भण्डारीले गर्नुभएको थियो । उक्त कार्यक्रमका विशेष अतिथि एवम् अतिथिहरूमा प्रमुख जिल्ला अधिकारी श्रीतारानाथ गौतम, स्थानीय बिकास अधिकारी, डा. कुस्माकर न्यौपाने कास्की, हिरालाल ज्ञवाली बुटवल, काजीरोशन बाग्लुङ, गोर्खेसाइँलो चितवन, पुष्प अधिकार अञ्जलि चितवन, कृष्णदेवी शर्मा श्रेष्ठ नवलपरासी, कृष्णप्रसाद कोइराला पाल्पा, तानसेन, दलबहादुर गुरुङ, पाल्पा तानसेन, मुक्तिीनारायण पौडेल स्याङ्जा, नारायणप्रसाद भण्डारी, पाल्पा तानसेन र केही स्रष्टा कपिलवस्तु बाट पनि उपस्थिति हुनुहुन्थ्यो । यसैगरी स्थानीय स्रष्टाहरूमा डा. कपिलदेव लामिछाने, डा.गोविन्द बल्लभ भट्ट, रामबहादुर श्रेष्ठ, मोदनाथ शास्त्री, रमादेवी शर्मा, बिष्णुप्रसाद भण्डारी, हिरालाल ज्ञवाली, मणिराम भट्टर्राई, रुद्र ज्ञवाली, सुरज घिमिरे दीपशिखा, गङ्गा अभिलाषी, बिद्या बेलबासे, लक्ष्मी केसी, लक्ष्मी लामिछाने लगायतका १६७ जना स्रष्टा एवम् द्रष्टहरूको उपस्थिति रहेको थियो ।