Skip to content

कला/साहित्य समाचार

सम्बन्ध सूत्र हाइकु पुस्तक सार्वजनिक

सत्र अक्षरमा लेखिने नेपाली साहित्यमा सबैभन्दा छोटो सीमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरी तीन हरफमा, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शब्द रहेको जापानी शैलीको लधुत म विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन जगत अटाउने थोरै शब्दमा धेरै कुरा बुझ्न सकिने ”सम्बन्ध सूत्र” संयुक्त हाइकु सङ्ग्रह १७४+१६+४ पृष्ठको सो पुस्तक बेलबारी-१ मोरङमा एक भव्य समारोहबीच बेलबारी नगरपालिकका अध्यक्ष ज्ञानेन्द्र सुबेदीद्वारा लोकार्पण गरिएको छ ।

नेपाल र अमेरिकाबाट एकैदिन “टुसाएको गगन”को विमोचन

हिजो २०७६ साल कार्तिक १६ गते नेपाल र अमेरिकामा एकैसाथ एकै समय आविष्कार भारतीकृत् हाइकू-सेन्र्यु सङ्ग्रह “टुसाएको गगन”को लोकार्पण भएको छ । शब्दार्थ प्रकाशनबाट प्रकाशित यस पुस्तकमा ५२५ हाइकू एव म सेन्र्यु रहेका छन् । यस सङ्ग्रहमा विष्णु बहादुर सिंह, कृष्ण बजगाईं र दिनार रनादीको भूमिका रहेको छ ।

20191030_NandaLalAcharya-News-01

सप्तरीमा महाकविको सम्झनामा साहित्यक गोष्ठी

प्रदेश सभा सदस्य एवम नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताएका छन् ।

प्रगतिशील लेखक सङ्घ सप्तरीले महाकवि देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा सप्तरीको कञ्चनरुपमा आयोजना गरेको कार्यक्रममा मण्डलले भाषा र साहित्य नै हाम्रो पहिचान रहेको हुँदा महाकविले परिकल्पना गरेको विषय सम्बोधन र सम्वर्धन हुँदै गएको धारणा व्यक्त गरे । देवकोटाका सिर्जनाहरू साहित्यका अनुरागीहरुको लागि मार्गदर्शक भएकाले उनका रचनाबाट वर्तमान सात्यिकारहरुले धेरै सिक्न सक्ने मण्डलले चर्चा गरे ।

इनास अवार्ड-२०७६ सम्पन्न सुरेन्द्र महर्जन इनास सम्मानबाट सम्मानित

नेपाल बाहिर छरिएर रहेको नेपाली कलाकारहरूले स्थापना गरिएको छैटौं इनास फिल्म अवार्ड-२०१९ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले कवि, गीतकार एवं साहित्यकार श्रीसुरेन्द्र महर्जन अमरलाई युवा साहित्य सम्मानद्वारा सम्मानित गरेको छ ।

20191011_AjitChhetri-News

युएईमा साहित्यिक श्रष्टालाई सम्मान गरिने

युएई/सगरमाथा साहित्य प्रतिष्ठानले एक कार्यक्रमका बीच दुई जना साहित्यकर्मीलाई सम्मान गर्ने भएको छ । कार्यक्रम युएईको आबुधाबीमा यही अक्टोबर १८ तारिखमा हुँदैछ ।

सम्मानित हुन लाग्नु भएका साहित्यकर्मी युएईमा रहनु भएका गजलकार टक गुरुङ र झापामा कार्यरत कवि एब म सञ्चारकर्मी मायामितु न्यौपाने हुनुहुन्छ । कार्यक्रममा भाग लिन न्यौपाने युएई आइसक्नुभएको छ ।

20191002_AcharyaPrabha-News-01

अनेसास कोलोरोडो च्याप्टरको रचना बाचनसँगै “मायाको नाकाबन्दी”ले अमेरिकाको नाका फुकायो

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको नव गठित कार्यकारिणी समितिको आयोजनामा भ्यु पोइण्ट क्लब हाउस थ्रोण्टोनमा गरिएको पहिलो रचना वाचन कार्यक्रमको अवसर पारेर आचार्य प्रभाको गीति सङ्गालो “मायाको नाकाबन्दी”को अमेरिकामा फेरि नाका खोलिएको छ ।

नयाँ नेतृत्व चयन गर्दै विनेसामको नेपाल शाखा पुर्नगठन

विश्वभरका साहित्यकारहरू एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराका साथ स्थापना भएको विश्व नेपाली साहित्य महासंघको नेपाल शाखा कल्पना पौडेल ‘जिज्ञासु’ को अध्यक्षतामा पुर्नगठन भएको छ ।

साहित्यकार अमरको तीज गीत सार्वजनिक

कहिले दशैं कहिले तिहार त कहिले तीज साँच्चिकै नेपालीहरूको चाडपर्व पनि धेरै हामी नेपाली भाग्यमानी नै हो जुन देशमा चाडपर्वको रौनक धेरै नै रहेको छ । विसंगति र बिकृति विरुद्ध तीखो प्रहार गर्दै तीजको अवसरमा तीज गीत लिएर कवि, गीतकार, एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचना रहेको “छमछ्मी नाच्ने कमर भाँच्ने” तीज गीत सार्वजनिक भएको छ ।

‘म कला, संस्कृति र साहित्यप्रेमी हुँ’–वडाध्यक्ष चलाउने

कोहलपुर नगरपालिका वडा नम्बर १०का वडाध्यक्ष निम बहादुर चलाउने ‘निरज’ले आफू कला, संस्कृति र साहित्यप्रेमी भएको बताएका छन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर, बाँकेले नगरपालिकाको वडा नं. १० स्थित बन्दामा आयोजना गरेको रचना वाचन शृङ्खलामा उनले यस्तो बताएका हुन् ।

सुरेन्द्र अमरको भजन सार्वजनिक

भजन गायनमा कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जन”अमर” को रचनामा “ईश्वरकै छ साथ” भजनको भिडियो सार्वजनिक भएको छ ।

श्रीसिपातिनधारा जनता माध्यमिक विद्यालयमा बृहत सांगीतिक कार्यक्रम

श्रीसिपातिनधारा जनता माध्यमिक विद्यालयको ७१औं वार्षिकोत्सब कार्यक्रम इन्द्रावती-९ भोटसिपा गाईखर्कमा बृहत सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

आँखामा छाँया सार्वजनिक

आँखामा छायाँ बोकेर बाँच्नु गार्‍हो त हुन्छ नै, अँझ दु:खमा हाँस्नु त मुस्किल मात्र हैन असम्भव जस्तो नै हुन्छ। पीडामा पनि मनभित्र बस्ने भनेको आखिर याद रहेछ। जस्तोसुकै दु:खसुखमा आफ्नो बन्ने भनेकै वास्तवमा याद नै हुन्छ। गीतमा यादको बर्णन गरिएको दु:खसुख लुकेको कथा समेटिएको छ।

20181007_BijayThapa-news01

जापानमा कृसु क्षेत्रीको हाइकुसंग्रह ‘नीलो आँसु’को लोकार्पण

जापानमा हालै सम्पन्न भएको हाइकु महोत्सवमा नेपालका चचिर्त साहित्यकार तथा कूटनीतिक व्यक्ति कृसु क्षेत्रीको नवीनत म हाइकु संग्रह नीलो आँसुको लोकार्पण भएको छ।

साहित्यकार कृष्ण धरावासीको राधा मेरिल्याण्डको पुस्तकालयमा

साहित्यकार तथा उपन्यासकार कृष्ण धरावासीले लेखेको चर्चित उपन्यास राधा अमेरिकाको पुस्तकालयमा उपलब्ध हुन् थालेको छ । उनले लेखेको राधा उपन्यास को अंग्रेजीमा अनुवाद गरिएको राधा अमेरिकाको मेरिल्याण्ड राज्यको एक पुस्तकालयले राख्न प्रारम्भ गरेको छ ।

चितवनमा हरिभक्त कटुवालको ३८औं स्मृति दिवस सम्पन्न

कविडाँडा साहित्य समाज, चितवनको आयोजनामा हरिभक्त कटुवालको ३८औं स्मृति दिवसको अवसरमा अनि हरिभक्त फर्किएनन् नामक वृत्तचित्र प्रदर्शन र उनका रचना पाठ सम्पन्न गरियो ।

भरतपुरमा अवस्थित होटल ग्लोवलमा आयोजित कार्यक्रममा स्रष्टाहरू सरिता तिवारी, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलिया, सरला जोशी, चेतराज रेग्मी, रामकृष्ण अनायास र विजय विजयले उनका कविता पाठ गर्नुभएको थियो ।

सुरेन्द्र महर्जन “अमर” सृजना साँझ-२०७५ सम्पन्न

नेपाली भाषा, साहित्य र चित्र कला क्षेत्रमा तीन दशकभन्दा बढी समर्पित रहेर निरन्तर भाषा, साहित्य र कला क्षेत्र आफ्नो कर्म ठान्ने कवि, गीतकार, चित्रकार गायक एवं साहित्यकार “सुरेन्द्र महर्जन”अमर” एकल सृजना साँझ-२०७५” सम्पन्न भयो।

प्रथम दुई दिने बृहत रामेछाप संस्कृति, कला तथा साहित्य सम्मेलन सम्पन्न

यही २०७५ भाद्र ८ र ९ गते रामेछापको मन्थलीमा प्रथम २ दिने ‘बृहत् रामेछाप संस्कृति, कला तथा साहित्य सम्मेलन –२०७५’ एक भव्य समारोहबीच सम्पन्न भयो ।

सम्मेलनको पहिलो दिन ८ गते विभिन्न जात जातिहरूको मौलिक झाँकी प्रदर्शन, कलाका विभिन्न क्षेत्रमा जिल्लाभित्र क्रियाशील कवि, लेखक, कलाकार, चित्रकार, गायक र मूर्तिकारहरूलाई सम्मान वितरण, कवि धन योञ्जनको ‘एकल कविता वाचन’ आयोजना भएको थियो भने भोलिपल्ट ९ गते बहुभाषिक साहित्य सम्मेलन, ‘कला, साहित्य र संस्कृतिको विकासमा स्थानीय तहको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम समेत आयोजना भयो ।

अमेरिकामा ‘महको म’ पुस्तक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकामा ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथामा तयार पारिएको ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यको जर्मन टाउन नामक शहरमा सम्पन्न भएको हो |

गत अगस्त ४ तारिख शनिबार २०१८ मेरिल्याण्ड राज्यमा बरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठसँग चर्चित पत्रकार प्रेम बानियाले उनको ‘महको म’ विषयमा अन्तरक्रिया गरेका थिए ।

सुरेन्द्र महर्जन”अमर” को “अदभूत” सार्वजनिक

नेपाली भाषा, साहित्य र कला क्षेत्रमा निरन्तर साहित्य सृजना गर्दै पाठक माझ कहिले गीत, कहिले कविता, कहिले उपन्यास विविध विषयमा कलम चलाउँदै आउनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को अठारौं कृति “अदभूत” उपन्यासको अडियो सार्वजनिक भएको छ ।