अनेसास कोलोरोडो च्याप्टरको रचना बाचनसँगै “मायाको नाकाबन्दी”ले अमेरिकाको नाका फुकायो

20191002_AcharyaPrabha-News-01


अमेरिका (कोलोराडो)
सेप्टेम्बर ३०, २०१९

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको नव गठित कार्यकारिणी समितिको आयोजनामा भ्यु पोइण्ट क्लब हाउस थ्रोण्टोनमा गरिएको पहिलो रचना वाचन कार्यक्रमको अवसर पारेर आचार्य प्रभाको गीति सङ्गालो “मायाको नाकाबन्दी”को अमेरिकामा फेरि नाका खोलिएको छ ।

उक्त रचना वाचन कार्यक्रममा सभापतिको आसनमा वर्तमान अध्यक्ष्य तारा अधिकारी हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा अनेसास केन्द्रीय पूर्व अध्यक्ष ज्ञानेन्द्र गदाल, अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष्य पदम विश्वकर्मा, बोर्ड अफ ट्रष्टीका सदस्य डा .विजय राज शर्मा, गीतकार साबू गदाल, कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष्य कृष्ण मुरारी ढुङ्गेल, सामाजसेवी तथा व्यवशायी रमेश गुरुङ र अ.ने.सा.स कोलोराडो च्याप्टरकै निवर्तमान अध्यक्ष्य आचार्य प्रभा हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन किरण अधिकारीले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष्य मिना पौडेलले गर्नुभएको थियो । कार्यक्रमको प्रथम चरण रचना बाचनबाट शुरु गरियो ।

कार्यक्रमको दोश्रो चरणमा गीतकार आचार्य प्रभाको “मायाको नाकाबन्दी” गीति सङ्ग्रहलाई सम्पूर्ण अतिथिहरू र च्याप्टरकी अध्यक्ष्य तारा अधिकारीको बाहुलीबाट सार्वजनिक गरिएको थियो भने फेरि कार्यक्रमको अर्को भागमा रचना वाचन नै गरिएको थियो । रचना बाचनलाई केहीक्षण बिट मारेर गीतकार ज्ञानेन्द्र गदालज्युले “मायाको नाकाबन्दी” र सर्जकको विषयमा केही चर्चा गर्नुभएको थियो । सोही अवसरमा सर्जक आचार्य प्रभाले पनि आफ्नो सृजना र सङ्ग्रहको बारेमा केही शब्द बोल्नुभएको थियो सोही अवसरमा अ.ने.सा.स, कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष कृष्णमुरारी ढुङेलद्वारा वर्तमान च्याप्टरकी अध्यक्ष तारा अधिकारिलाई पूर्व समितिद्वारा प्रकाशित स्मारिका प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा कोलोराडोबासी सम्पूर्ण साहित्यप्रेमीहरुको उपस्थितिले भरिएको थियो । कार्यक्रममा रचना बाचन गर्नुहुनेहरुमा किरण अधिकारी, छवि रसाईली, राम प्रसाद मरासैनी, निर्मला अर्याल, साबु गदाल कार्की, ज्ञानेन्द्र गदाल, डा विजय राज शर्मा, प्रमिला शर्मा, देव भट्टराई, राजु सिटौला, केशब आचार्य, निर्मल प्याकुरेल, कृष्ण मुरारी ढुङ्गेल, आचार्य प्रभा, पदम विश्वकर्मा, रमेश गुरुङ, बासुदेव खनाल, समिर आचार्य, दामोदर लुइँटेल, लाल प्रसाद चौंलागाईं, हरिराम अधिकारी, गित गायनमा मनोज काजी तुलाधर, इन्दिरा रेग्मी, लाल प्रसाद चौलागाईं, रमेश कोइराला र हरी अधिकारी हुनुहुन्थ्यो ।

सोही कार्यक्रममा अ.ने.सा.स. पूर्व केन्द्रीय अध्यक्ष्य तथा बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष्य पदम विश्वकर्माले आफ्नो रचना बाचनको क्रममा सर्जक आचार्य प्रभाको अ.ने.सा.स. कोलोराडोप्रतीको योगदान र लेखन समर्पणबारे आफ्नो मन्तव्यमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै संस्थाकी अध्यक्ष्य तारा अधिकारीले कार्यक्रम बिसर्जन गराएको जानकारी दिनु भयो ।

कार्यक्रमको अन्तिम चरणमा आचार्य प्रभाको गीत सङ्ग्रह “मायाको नाकाबन्दी”केही पुस्तकहरू संस्थाको सहयोग स्वरुप बिक्रीमा राखिएको थियो । सोही बेला केही पुस्तकहरू बिक्रि भएर नगद कोषाध्यक्ष्यलाई जिम्मा लगाइएको थियो भने संस्थाको सहयोग स्वरुप पदम विश्वकर्माज्युले २०० डलर र डा विजय राज शर्माज्युले १०० डलर प्रदान गर्नुभएको थियो । यसरी अनेसास कोलोराडो च्याप्टरको प्रथम रचना बाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *