Skip to content

नेपाल र अमेरिकाबाट एकैदिन “टुसाएको गगन”को विमोचन


हिजो २०७६ साल कार्तिक १६ गते नेपाल र अमेरिकामा एकैसाथ एकै समय आविष्कार भारतीकृत् हाइकू-सेन्र्यु सङ्ग्रह “टुसाएको गगन”को लोकार्पण भएको छ । शब्दार्थ प्रकाशनबाट प्रकाशित यस पुस्तकमा ५२५ हाइकू एव म सेन्र्यु रहेका छन् । यस सङ्ग्रहमा विष्णु बहादुर सिंह, कृष्ण बजगाईं र दिनार रनादीको भूमिका रहेको छ ।

अमेरिकी डायस्पोरामा रहेर नेपाली मन हाइकूको मध्यमबाट पोखिएको यस पुस्तकलाई अमेरिकाको म्याडिसन शहरमा मदन पुरस्कार एव म पद्माश्री पुरस्कार पुरस्कृत नेपाली साहित्यकी एक नारी हस्ताक्षर उपन्यासकार नीलम कार्की निहारिका, कवि दिनार ‘रनादी’, अप्सरा गिरी भारती, आभा भारती एव म नेपाली अमेरिकन मैत्री सङ्घका अध्यक्ष अबिमन पसछेम्बाट विमोचन भएको थियो । यस्तै काठमाण्डौंमा त्यही दिन वरिष्ठ साहित्यकार ठाकुर शर्माको सभापतित्वमा लेखका हजुरआमा चिरन भारती, वरिष्ठ कवि कणाद महर्षी, महाकाव्यकार द्वय बाजुराम पौडेल एव म बुनू लामिछाने, कवि एव म समीक्षक डा लेख निरौला, हाइकुकार कवि विष्णु बहादुर सिंह तथा वडा-७का वडाध्यक्ष शुद्धकुमार डङ्गोलले विमोचन गर्नुभएको थियो ।

काठमाण्डौङ्को कार्यक्रम सञ्चालन तिलिस्मी प्रभासले काव्यिक शैलीमा गर्नुभएको थियो र बुनू लामिछानेले पनि काव्यिक शैलीको स्वागत मन्तव्य दिनुभएकोथियो । यस पुस्तकका भूमिकाकार विष्णु बहादुर सिंहले “‘टुसाएको गगन’ सुन्दर चेतना, प्राकृतिक विम्ब प्रचुर प्रयोग भएको अमेरिका बसेर नेपाली हाइकूको क्षत्रमा गहकिलो योगदान” हो भन्नुभएको थियो । त्यस्तै डा लेख निरौलाले यस पुस्तकको समीक्षात्मक मन्तव्य दिन्दै,”सुत्रात्मक, मन्त्र जस्ता भान हुने बीम्बपूर्ण रसिला हाइकू यस पुस्तकमा रहेको र ती हाइकूहरुले देशको माया, बिकृति, संस्कृति, समाजको यथावत चित्रण प्राकृतिक विम्ब-प्रतीकका मध्यमबाट पस्केको छ” भन्नुभएको थियो । सभापति ठाकुर शर्माले “‘टुसाएको गगन’को साश्वत पक्ष रहेको र दीर्घकालीन हाइकूहरू कवितात्मक, सुत्रात्मक, सान्दर्भिक र सुन्दरशैलीको रहेको” कुरा औँल्याउनु भएको थियो ।

अमेरिकामा विमोचन कार्यक्रम नेपाली अमेरिकन मैत्री सङ्घको १५औं साहित्य साँझ अन्तर्गत विजय मल्ल साहित्य पुरस्कारसँगै गरिएको थियो । मित्र पौडेलद्वारा सञ्चालित त्यस कार्यक्रममा दर्शकदीर्घाबाट क्रमरहित भएर विमोचनपूर्व हाइकूकारका मन परेका दस हाइकू दर्शकले वाचन गरेका थिए । कवि तथा साहित्यसेवी दिनार ‘रनादी’ले “हाइकूको म्याडिसनमा बिस्तारै रस बस्दै गएको र यस पुस्तकमा रहेका उत्कृष्ट हाइकूको समायोजनले अँझै हाइकू लेखन खारिन्दै जाने” कुरा प्रष्ट्याउनु भएको थियो । त्यसै कार्यक्रममा प्रमुख अतिथि नीलम कार्की निहारिकाले नेपाली साहित्याकाशको हिजो-आजमा प्रकाश पार्दै हाइजिन(हाइकूकार)लाई अन्य बिधामा पनि कलम चलाऊन आग्रह गर्नुभएको थियो । उहाँले म्याडिसन सँच्चैनै नेपाली साहित्यको निमित्त उर्वर भूमि भएको कुरा पनि दोहोर्याउनु भएको थियो ।

नेपालको विमोचन कार्यक्रममा मञ्चमा आसिन वरिष्ठ साहित्यकारसँगै कात्यायन, प्रध्युम्न जोशी, खगेन्द्र खोल्सघरे, विनयकुमार शर्मा नेपाल, राम प्रसाद पन्त, प्रमोद गिरी लगायत लगभग सयजना श्रोताहरू पनि उपस्थित हुनुहुन्थ्यो भने अमेरिकाको विमोचन कार्यक्रममा पनि कृष्ण प्रधान, राजेन्द्र अर्याल, सिता अर्याल तथा नाफाका सबै पूर्व अध्यक्षहरू कृष्ण सिजापती, श्रीधर रानाभाट, अयोध्या बाटाजू, पूर्ण श्रेष्ठ तथा सन्तोष लामिछाने लगायत लगभग सयजना साहित्यप्रेमी श्रोताहरूको बाक्लो उपस्थिति थियो । यस विमोचन कार्यक्रमलाई इनेपलिज डट कमले फेसबुक मार्फत प्रत्येक्ष प्रसारण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *