नेपाली भाषा, साहित्य र चित्र कला क्षेत्रमा तीन दशकभन्दा बढी समर्पित रहेर निरन्तर भाषा, साहित्य र कला क्षेत्र आफ्नो कर्म ठान्ने कवि, गीतकार, चित्रकार गायक एवं साहित्यकार “सुरेन्द्र महर्जन”अमर” एकल सृजना साँझ-२०७५” सम्पन्न भयो।
ओ.एस नेपालको प्रस्तुति अप्सराजको इभेण्ट तथा जिम्मामा आयोजक एसियन गजल लाउन्ज एण्ड बार सुमेरु मार्ट सातदोबाटो, ललितपुरमा आयोजना भएको उक्त कार्यक्रम सुरेन्द्र महर्जन”अमर”द्वारा रचना गरिएको एक दर्जनभन्दा बढी गीतहरू विभिन्न गायक/गायिकाहरूबाट कार्यक्रममा गायन प्रस्तुत गरिएको अनि अमरद्वारा रचना गरिएको गीतहरूक म्युजिक भिडियो देखाइएको र स्वयं रचनाकार सुरेन्द्र महर्जन”अमर”द्वारा आफै बनाइएका चित्रकारिताका विभिन्न सृजनाका आर्टहरू, उहाँद्वारा रचित एवं गाइएको गीतहरू, कविता, हाइकु, तान्का, मुक्तक, उपन्यासका पंक्तिहरू कार्यक्रममा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा एन शाक्य, संगीता रायमाझी, सोनी राजभण्डारी, इन्टरटेनर राजु श्रेष्ठ, सुरेन्द्र महर्जन, मुना रोक्का, बबी दाहाल लगायत एक दर्जनभन्दा बढी गायक/ गायिकाहरूबाट कार्यक्रममा अमरद्वारा रचना गरिएका गीतहरू अन्जु पन्त, मिलन अमात्य, शिव परियार, बानीका प्रधान, रिमा गुरुङ होडा, महेश सेवा, योजना पुरी, सुमित्रा सुनुवार, सविन लिम्बु, मदनकृष्ण श्रेष्ठ, सोनी राजभण्डारी, राम अवाले, सुरेन्द्र महर्जन, दिना थामी, रमण थामी, शान्ता कार्की, रानु कार्की, कर्म ग्याल्छेन बम्जन, ममता पोखरेल गौतम, शिखा भारती, राजु श्रेष्ठ, लगायतका एक दर्जनभन्दा बढी गायक/गायिकाहरूबाट अमरका रचनामा गायिएका सुन्दर गीतहरू कार्यक्रममा प्रस्तुत गरिएको थियो।
सृजनाकार अमरका सुन्दर चित्रण कार्यक्रम स्थलमा प्रदर्शनी गरिएको थियो भने गायक/गायिका मात्रले मात्रै नभै कार्यक्रममा उपस्थित साहित्यकारहरूले अमरद्वारा रचना गरिएका गीत, कविताहरू उद्घोषण गरिएको थियो। साहित्यकार, गीतकार एवं पत्रकार पुष्पराज बुढाथोकी”साँउतेली”ले अमरका विषयमा आफ्नो मन्तव्य राख्दै कहिल्यै नथाक्ने जहिल्यै पनि अगाडि बढ्ने समय जस्तो समयको संज्ञा दिंदै अमरको उज्ज्वल भविष्यको कामना गर्दै अमरकै सृजना प्रस्तुत गर्नुभयो।
ओ.एस नेपालको तर्फबाट विवेक कार्कीले जो हार्दैन उसैले बाजी जित्ने कुरामा दुई मत नभएको बताउनु भयो। किनभने विगत तीन दशकभन्दा बढी साहित्य सृजना, चित्र लेख्न मात्र नभएर गायनमा पनि उतिकै सुन्दर आवाज दिने अनि अहिले आएर बन्दै गरेको नेपाली कथानक गीति चलचित्रमा आफ्नो प्रतिभा स्वरुप अभिनय पनि गरिसकेका साहित्यकार, कवि, गीतकार एवं गायक अमरले ओ.एस नेपाल लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४बाट सम्मान गरिएको र उहाँकै रचनाका तीन कृति अमर-२ (गीति एल्बम), मतिनाया खँ (नेवारी गीति एल्बम) र अदभूत (उपन्यास) ओ.एस नेपालद्वारा प्रकाशन गरेको पनि जानकारी दिनु भयो। कार्यक्रममा सुरेन्द्र महर्जनले अब चाँडोभन्दा चाँडै अब १९ औं कृति लिएर फेरि पाठक माझ प्रस्तुत हुने जानकारी पनि गराउनु भयो ।
