कहिले दशैं कहिले तिहार त कहिले तीज साँच्चिकै नेपालीहरूको चाडपर्व पनि धेरै हामी नेपाली भाग्यमानी नै हो जुन देशमा चाडपर्वको रौनक धेरै नै रहेको छ । विसंगति र बिकृति विरुद्ध तीखो प्रहार गर्दै तीजको अवसरमा तीज गीत लिएर कवि, गीतकार, एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचना रहेको “छमछ्मी नाच्ने कमर भाँच्ने” तीज गीत सार्वजनिक भएको छ ।
राम कार्कीको संगीत रहेको उक्त तीज गीतमा राम कार्की, सुरेश थापा, अनिता दंगाल र शान्ता कार्कीको स्वर रहेको छ ।
भिडियोको निर्देशन सुरेश थापाले गरेको हो भने अभिनयमा दर्शने भनी चिनिने हाँस्य कलाकार सुरेश थापा, शान्ता कार्की, अनिता दंगाल, किरण नेपाल, भूवन के पोखरेल र अस्मिता कार्की आदिको बेजोड प्रस्तुत रहेको छ ।
भिडियो इडिट एस के थापा र सिनेमाग्राफी नवराज खड्काको रहेको छ ।
