Skip to content

आँखामा छाँया सार्वजनिक


आँखामा छायाँ बोकेर बाँच्नु गार्‍हो त हुन्छ नै, अँझ दु:खमा हाँस्नु त मुस्किल मात्र हैन असम्भव जस्तो नै हुन्छ। पीडामा पनि मनभित्र बस्ने भनेको आखिर याद रहेछ। जस्तोसुकै दु:खसुखमा आफ्नो बन्ने भनेकै वास्तवमा याद नै हुन्छ। गीतमा यादको बर्णन गरिएको दु:खसुख लुकेको कथा समेटिएको छ।

आफूसँग अरु केही नभए पनि साथमा याद हुन्छ बाचूँन्जेल मायामा यादले बाँच्न सिकाउने रहेछ। गीतले यस्तै भन्छ किनकि फूलको रूप राम्रो हुन्छ नै त्यसैले झल्कोमा लुक्ने सपना मान्छेहरूमा हुनुपर्छ। सायद यसैले होला तीन दशकभन्दा बढी साहित्यमा लागेर साहित्यभित्र रमाउने कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर”को रचनामा गायिका संगीता रायमाझीको सुन्दर आवाजमा बुद्ध सायमीको संगीत/एरेन्जमा, रोशन कुमारको निर्देशनमा दिप गुरुङको छायांकनमा “आँखामा छाँया बोकेर बाँच्नु छ सधैं हाँसेर” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

फरक तरिकामा भिडियो फरक शैलीमा तयारी भएको देख्न सकिन्छ भने चोट पीडाले भरिएको गीत एक पटक सुनेपछि फेरि सुनु सुनु लाग्ने मनभित्र वास बसे जस्तो हुने यस भिडियोको सम्पादन रियान शाहको रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *