धरावासी दाइ,
हजुरले मलाई अह्राउनु भएको थियो, “नेपालीसाहित्यमा हिमाली क्षेत्र ओझेलमा छ । त्यसलाई पारिलो बनाऊ । हिमाली जीवनलाई साहित्यिक फाँटमा बसाल ।”
तर दाजु, मैले पनि तपाईं, जगदिश घिमिरे र कर्ण शाक्यले जस्तै देखे भोगेको तथा थाहा भएको मात्र लेख्ने प्रण गरेँ । राम्ररी थाहा नभएको बिषयमा कसरी लेखौं ?
वर्तमान सस्ता लेखकहरूले लेख्नको लागि लेखे झैँ, छपाउनको लागि छापे झैँ, गरेर निरिह पाठकहरूको सोझोपनलाई बलत्कार गदैँ, उनीहरूको मानसिक श्रमदाम तथा अमूल्य समय नष्ट गराउनु पुण्यकर्म लागेन मलाई ।
त्यसैले दाजु, पहिले कमाएर मात्र खर्च गनेर्छू । सन्तान एउटै होश् तर असल ।
जयबहादुर घिमिरे
श्रीशिशुरक्षा प्रा.वि. पावाखोला–३ संखुवासभा
०६७।१०।२०
