रहन देऊ मलाई एकान्तमा
घोच्न देऊ काँडाले मनमा,
चाहना छैन सुख जीवनमा
नगर चिन्ता मेरो जीवनको,
घारे यातना नै सहन देऊ
मलाई एक्लै नै रहन देऊ ।
चाहना छैन मलाई हार बनुँ म
या त प्रेम उपहार बनुँ म,
या त शिशाको ऐना बनुँ म
म हुँ एक बटुवा मलाई जीवनको,
यात्रा मै बहन देऊ
मलाई एक्लै नै रहन देऊ ।।
मन रोएको यस उजाड मरुभूमिमा
आँसुका धारा बगाउन नै देऊ
मलाई एक्लै नै रहन देऊ
केवल मलाई एक्लै नै रहन देऊ ।
-कलाकार पाक्षिक, २०४४ फागुनमा प्रकाशित
