तिमीसँग आँखा जुध्ने बित्तिकै
माया बसि हाल्यो
एउटा सुन्दर संसार श्रृजना गर्ने
सपना देख्न थाल्यो
मैले………..
तिमीमा विश्वासको बीज
यसरी रोपी दिएँ कि-
अब म बिना तिमी हरपल बाँच्न सक्दिनौं
मेरो विश्वासको खाँबोलाई नाघ्न सक्दिनौं
अचानक…………..
बेतोडले एउटा हुरी आयो
त्यसमा मैले विवशताको आँसु बहाएँ
तिम्रो कोमल हृदयमा घन ठोकी दिएँ
आफ्नै उत्पिडनमा आफैं पिल्सिए ।
अब त लाग्छ-
तिम्रो आँखा भिजाएकोमा
तिमीलाई तड्पाएर
तिम्रो दिल शिशा झैं
चकनाचुर पारिदिएकोमा
सिर्फ सिर्फ एउटा सजायँ भोग्दैछु
उदास आँखाहरु तेर्स्याएर
प्यासी एकदम प्यासी
अब त लाग्छ-
स्वार्थको निम्ति
मृत्यु पनि आफ्नै लागि मात्र जन्माउन
कोशिस गर्दै छु, निरन्तर…………….. ।

-नयाँ आवाज साप्ताहिक, २०४४ भाद्र ३१ गते प्रकाशित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *