कल्पनाहरू यथार्थ नहुनुको पीडामा
कैयन वर्तमानहरू भोगिसकेछु,
कल्पनाहरूकै बीचमा पनि
कैयन इच्छाहरू मारिसकेछु,
सत्यसँगै गाँसिएका मेरा चेतनाहरू
नयन अनि मनले भोगेका कल्पनामा
आज,
मैले पुनः जीवनको तृप्ति पाएको छु
स्वच्छ अवनीको अथाह गहराईमा
रंगीन बादलको मनपर्दो आकृति पाएको छु
आशाको चम्किलो उज्यालोमा
जीवनको नयाँ कल्पना पाएको छु
काल्पनिक यथार्थको राम्रो इच्छामा ।
