”मन पर्छ मलाई
आत्माको त्रास र आँखाको
भ्रमलाई निभाउँदै
पैतला मुनिको आलस्यलाई
फ्याँकेर आएको
इच्छा लाग्छ हेर्न तिम्रा कर्मयोगी
हातहरू सिर्जनाको माटोमा रोपिएको,
अनि,
वर्तमानका पानाहरूमा
वर्तमानकै कथाहरू कोरिएको
त्यसैले,
सडेका इतिहासका पानाहरू टक्टकाउँदै
मेरो भाकामा तिमी राग बनेर आऊ
मेरो विश्वासको फूलमा पराग बनेर आऊ ।”
-नयाँ आवाज साप्ताहिक प्रकाशित
