Skip to content


रुमलिरहेथ्यो डाँफे चरी यो निलो आकाशमा
गन्तव्य विहिन स्वतन्त्र मन वैंशको सफरमा,

थिएन शब्द व्याख्या गर्ने उसको रुपलाई
अभेद्य गथालो टाल्न खोजेथें मेरो यौवनलाई,

मुखको बोली ओंठको लाली मिलेथ्यो मनैमा
जोडी नै बनेथ्यौं चखेवा झैं यौवनको लहरमा,

पोख्न खोजें मायाको व्यथा कसैले सुन्न चाहेन
रहेको बादल पलायन भइदियो त्यो पनि फर्केर आएन,

चखेवाको माया ओइलिएको फूलमा के बाँकिरहन्थ्यो र !
बगेको पानी फेरि उँभो कहिले पो बगेको छ र ?

trichandra.shrestha@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *